Dictionary

All Word

46701 ध्वारध्वारी/ध्वारध्वार्ती क्रि.वि. छिटछिटो कपडा आदि च्यातेर वा उधारेर।
46702 ध्वार्र क्रि.वि. १. पानीको धारो भुईंमा खस्ता शब्द आउने किसिमले।
46703 ध्वार्र क्रि.वि. २. कपडा च्यात्दा वा उघार्दा शब्द उत्पन्न हुने गरी।
46704 ध्वार्र क्रि.वि. ध्वनि।
46705 देवनागरी मर्णमालाका नासिक्य व्यञ्जनवर्णमध्ये बिसौं व्यञ्जन, वर्त्स्य, सघोष, अल्पप्राण नासिक्य व्यञ्जन ध्वनि तवर्गको अन्तिम वा पाँचौँ अक्षर लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न, निहुरमुन्टी न।
46706 अव्य. क्रियापदको अगाडि, पछाडि वा बिचमा आएर निषेध बुझाउने शब्द (नगर्नु, नखानु, नजानु, भन्दिन, गर्दैनथ्यो, गर्दैन होला इ.)।
46707 अव्य. २. कार्य वा विषय आदिको अभाव वा निषेध बुझाउने शब्द, अहँ, नाइँ।
46708 अव्य. पू.स. ३. शब्दको अगाडि लागेर उल्टो अर्थ बुझाउने शब्द ( नकाम, नराम्रो, नजाती इ.)।
46709 अव्य. संयो. ४. दुई शब्द वा वाक्यका बिचमा प्रयोग भएर दुवैलाई जोड दिने शब्द (रुनु न हाँस्नु, देख्नु न सुन्नु, उनी न जान्छन् न बस्छन् आदि)।
46710 अव्य. निपा. ५. शब्द वा वाक्यलाई जोड दिन प्रयोग गरिने शब्द (उदा.- हेरूँ न के गर्छ ! )।
46711 अव्य. ६. प्रश्न गर्दा वा सही थाप्न लाउँदा वाक्यको बिचमा वा अघिल्तिर प्रयोग गरिने शब्द ( उदा.- उसले न भन्या हो ! न उसले भन्या हो ! )।
46712 नकचरिनु अ.क्रि. नकचरो हुनु, नकच्चरिनु।
46713 नकचरो वि. हे. नकच्चरो।
46714 नकचऱ्याइ ना. नकचरिने भाव, क्रिया वा प्रक्रिया।
46715 नकचऱ्याइनु क.क्रि. नकच्चऱ्याइनु।
46716 नकचऱ्याउनु स.क्रि. नकच्चऱ्याउनु।
46717 नकचऱ्याहट ना. नकच्चऱ्याहट।
46718 नकच्चरिनु अ.क्रि. नकच्चरो हुनु, निर्लज्ज हुनु,बेसरम बन्नु।
46719 नकच्चरो वि. बोली- व्यवहारमा मर्यादाको ख्याल नराख्ने, लाज नभएको, निर्लज्ज, बेसरम,नकचरो।
46720 नकच्चऱ्याइँ ना. नकच्चरो हुनाको भाव वा अवस्था।
46721 नकच्चऱ्याइ ना. नकच्चरिने स्वभाव, क्रिया वा प्रक्रिया।
46722 नकच्चऱ्याइनु क.क्रि. लज्जित तुल्याइनु।
46723 नकच्चऱ्याउनु स.क्रि. अरूलाई लज्जित गराउनु, सरम लाग्ने पार्नु।
46724 नकच्चऱ्याउनु स.क्रि. २. जानेको कुरालाई पनि नजानेको जस्तो गरी सोध्नु, बुझ पचाएर बोल्नु।
46725 नकच्चऱ्याहट ना. नकच्चरिने भाव, क्रिया वा अवस्था।
46726 नकटा वि. नकटो।
46727 नकटा हाँस ना. मुखमा छिर्केमिर्के रङ भएको कालो हाँस।
46728 नकटी वि. नाक काटिएकी।
46729 नकटी वि. २. इज्जत नभएकी, नकच्चरी, निर्लज्ज।
46730 नकटी वि. ३. छाँट नमिलेकी, बेछाँटकी।
46731 नकटो वि. नाक काटिएको, नेप्टो।
46732 नकटो वि. २. अमर्यादित बोली- व्यवहार भएको, नकच्चरो, निर्लज्ज।
46733 नकटो वि. ३. छाँट नमिलेको, बेछाँटको।
46734 नकटो छकटो वि. नेप्टो र नकच्चरो।
46735 नकटो छकटो वि. २. छाँट नमिलेको र उत्ताउलो।
46736 नकडा ना. गोरुका नाकमा हुने एक प्रकारको रोग।
46737 नकबजनी ना. घरको भित्तो फोरेर चोर्ने काम।
46738 नकरा वि. बोलीको ठेगान नभएको, झुटो, ढँटुवा।
46739 नकरा वि. २. प्रमाण नभएको, कच्चा।
46740 नकर्मी ना. फलामको काम गर्ने कालिगड, कालिगड,लोहार।
46741 नकल ना. कुनै वस्तुको आकारप्रकारसित मिल्ने गरी बनाइएको अर्को वस्तु, अनुकृति।
46742 नकल ना. २. कसैले गरेको कुनै कामको अनुकरण गर्ने प्रवृत्ति, अनुकरण।
46743 नकल ना. ३. कुनै मूल लेख जस्ताको तस्तै सारेको कागज, प्रतिलिपि।
46744 नकल ना. ४. अभिनय।
46745 नकल ना. ५. स्वाङ।
46746 नकल ना. ६. अनावश्यक शृङ्गार।
46747 नकल ना. ७. ढाँचाकाँचा, नक्कलझक्कल।
46748 नकलची ना. सकलबमोजिम नकल लेख्ने व्यक्ति, प्रतिलिपिकार,लिपिक, लेखनदास।
46749 नकलझकल ना. अनावश्यक वा उत्ताउलो किसिमले गरिएको शृङ्गार।
46750 नकलझकल ना. २. ढाँचाकाँचा, नक्कलझक्कल।