Dictionary

All Word

46551 धोत्र्याइ ना. धोत्रिने किसिम वा क्रिया।
46552 धोत्र्याइनु क.क्रि. धोत्रो पारिनु; धोत्रिन लाइनु।
46553 धोत्र्याउनु प्रे. क्रि. धोत्रो पार्नु; धोत्रिन लाउनु।
46554 धोद्रे वि. हे. धोत्रे।
46555 धोद्रो ना. / वि. हे. धोत्रो।
46556 धोबिनी ना. १. धोबी जातकी स्त्री; धोबीकी पत्नी।
46557 धोबिनी ना. २. कालो र सेतो मिसिएको रङ भएको भँगेराका आकारको एक जातको चरो।
46558 धोबिने ना. एक जातको घाँसको बुटो वा जरो गुलियो हुने एक प्रकारको सानोतिनो बोट।
46559 धोबी ना. ज्याला लिई अर्काका लुगा कपडा धोएर जीवननिर्वाह गर्ने एक जाति।
46560 धोबी घाट ना. धोबीले लुगा धुने पानी भएको ठाउँ।
46561 धोबी चरो ना. धोबिनी।
46562 धोऱ्याङ ना. गर्धनदेखि पुट्ठासम्म गएको ढाडको सोझो हाड; मेरुदण्ड।
46563 धोवाइ ना. धुवाउने क्रिया वा प्रक्रिया।
46564 धोवाइनु क.क्रि. धुन लाइनु।
46565 धोवाउनु प्रे. क्रि. धुन लाउनु।
46566 धौ ना. कुनै विषयको प्राप्ति वा कुनै कार्यसिद्धिका निम्ति पर्ने कठिनाइ; मुस्किल; धेरै हतार।
46567 धौधौ क्रि.वि. १. साह्रै गाह्रोसँग; मुस्किलले मात्र।
46568 धौधौ क्रि.वि. वि. २. साह्रोगाह्रो; पुगेसपुगेस।
46569 ध्यान ना. १. कुनै विषय वा कार्यमा रुचिपूर्वक भएको एकाग्रता; तन्मयता; तल्लीनता।
46570 ध्यान ना. २. मनमस्तिष्क एकाग्र भएको स्थिति; योग, साधना।
46571 ध्यान ना. ३. चिन्तन; सोच।
46572 ध्यान ना. ४. रुचि; चासो; ख्याल।
46573 ध्यानदृष्टि ना. १. गहिरो चिन्तन; मनोयोगपूर्ण निरीक्षण वा अवलोकन।
46574 ध्यानदृष्टि ना. २. दिव्यदृष्टि।
46575 ध्यानमग्न वि. गम्भीर चिन्तनमा लीन भएको; ध्यान गरिरहेको; सोचाइमा डुबेको।
46576 ध्यानयोग ना. मन वा चित्तलाई एकाग्र पार्ने एक प्रकारको योग वा साधना।
46577 ध्यानाकर्षण ना. अरूको ध्यान आफूतिर खिच्ने काम; अरूको दिमागबाट हराइसकेको वा हराउन लागेको कुरा वा विषयलाई सम्झाउने काम।
46578 ध्यानाकर्षित वि. कुनै कामकुराप्रति ध्यान अकृष्ट भएको; ध्यानाकृष्ट।
46579 ध्यानकृष्ट वि. ध्यानाकर्षि।
46580 ध्यानी वि. १. ध्यानमा लीन भएको; ध्यानमा लागेको; साधनार।
46581 ध्यानी वि. २. ज्ञानी; चिन्तनशील।
46582 ध्यारध्यार क्रि.वि. कपडा वा कागत च्यात्दा वा उधार्दा आवाज आउने किसिम।
46583 ध्यारध्यार्ती क्रि.वि. अझ बढी ध्यारघ्यार हुने किसिमले।
46584 ध्यार्र क्रि.वि. हे. ध्वार्र।
46585 ध्येय वि. १. ध्यानमा ल्याउन सकिने; ध्यान गरिँदै रहेको।
46586 ध्येय वि. २. ध्यान गर्न योग्य; चिन्तन गर्न लायक।
46587 ध्येय वि. ना. ३. ध्यान वा चिन्तनको विषय, तत्त्व, काम वा कुरो।
46588 ध्येय वि. ४. लक्ष्य; उद्देश्य।
46589 ध्रुपद ना. देवताहरूको लीला एवं राजामहाराजाद्वारा गरिएका यज्ञादिको वर्णनलाई लिएर गाइने एक किसिमको गीत; एक राग।
46590 ध्रुव वि. १. सधैँ एउटै अवस्था वा ठाउँमा रहिरहने; स्थिर; अचल; नित्य।
46591 ध्रुव वि. २. कुनै विषयमा कुनै किसिमको संशय नभएको; निश्चित; निस्सन्देह।
46592 ध्रुव वि. ना. ३. पुराणप्रसिद्ध भगवान्का भक्त तथा राजा उत्तानपादका रानी सुनीतितर्फका जेठा छोरा।
46593 ध्रुव वि. ४. उत्तरी आकाशमा सधैँ अटल रहने प्रसिद्ध ठानिएको तारो।
46594 ध्रुव वि. ५. भूगोलका अनुसार मूमध्यरेखादेखि उत्तर वा दक्षिणपट्टि रहेको सबभन्दा टाढाको बिन्दु; देशान्तर रेखाहरू केन्द्रित भएर रहने पृथ्वीको उत्तर र दक्षिणको छेउ।
46595 ध्रुव वि. ६. आकाश।
46596 ध्रुव वि. ७. पर्व।
46597 ध्रुव वि. ८. ज्योतिषशास्त्रका अनुसार एक योग।
46598 ध्रुवता ना. १. ध्रुव हुनाको भाव, गुण वा अवस्था; स्थिरता; अचलता; दृढता।
46599 ध्रुवता ना. २. वैज्ञानिक क्षेत्रमा दुई परस्पर विरोधी तत्त्व वा दिशा भिन्न रहे तापनि तिनबाट मुक्त हुने पिण्ड, पदार्थ आदिको स्थिति वा गुण।
46600 ध्रुवतारा / तारो ना. उत्तरी आकाशमा सधैं एउटै ठाउँमा रहेको देखिने तारो।