Dictionary

All Word

46501 धोकाबाजी ना. धोका दिने काम; बेइमानी; धोकेबाजी।
46502 धोकाया ना. तरकारी खान हुने एक जातको साग।
46503 धोकाहा वि. १. असुहाउँदो किसिमबाट पिउने वा खाने; धोक्ने; धोकुवा।
46504 धोकाहा वि. २. धेरै खाने वा पिउने।
46505 धोकिनु क.क्रि. धोक्ने काम गरिनु।
46506 धोकुवा वि. नसुहाउँदो किसिमबाट धेरै खाने वा पिउने; धोकाहा।
46507 धोके वि. धोका दिने; धोका हुने।
46508 धोके गोदाम ना. ज्यादै आवश्यकता वा अभाव भएका अवस्थामा मात्र चलाउने गरी राखिएको मालसामान, अन्नपात आदिको गोदाम; बचतभकारी।
46509 धोकेबाज वि. धोका दिने; धोकाबाज।
46510 धोकेबाजी ना. धोका दिनेकाम; बेइमानी।
46511 धोको ना. १. कुनै विषयवस्तुप्रति मनमा उठ्ने प्रबल इच्छा; चाह; अभिलाषा।
46512 धोको ना. २. धि।
46513 धोक्राधोक्री ना. सानाठुला धोक्राहरूको समूह, धोक्रा र धोक्रासमानका वस्तुहरूको समूह।
46514 धोक्रिनु अ.क्रि. धोक्रोजस्तो भएर फुल्नु; बेसरी मोटाउनु।
46515 धोक्रे वि. १. धोक्रो बोक्ने।
46516 धोक्रे वि. २. धोक्रा बुनेर बेच्ने काम गर्ने।
46517 धोक्रे वि. ३. धोक्रोजस्तो परेको; भद्दा र मोटो कदको।
46518 धोक्रे वि. ४. धोक्रोजस्तो गुँड बनाएर त्यसभित्र बस्ने (किरो)।
46519 धोक्रे वि. ५. धोक्राको मुखजस्तो मोहोता भएको (सुरुवाल, पाइजामा, पाइन्ट)।
46520 धोक्रे वि. ना. ६. तिर्जा खरिद गर्ने ठेकेदार।
46521 धोक्रे किरो ना. झुसैझुसले बनेको धोक्रोजस्तो गुँडमा बस्ने एक जातको बिखालु किरो।
46522 धोक्रे खटिरो ना. धोक्रे किराको झुस बिकेर निस्कने खटिरो।
46523 धोक्रे चरो ना. सिउर रातो र शरीर खैरो रङको हुने भँगेरोभन्दा पनि सानो एक प्रकारको चरो।
46524 धोक्रे फूल ना. नरम रुखका ठुलठुला पात हुने, धोक्राजस्ता आकारका ठुला र सेता फूल फुल्ने, चिस्यानमा हुने एक जातको बोट।
46525 धोक्रे सुरुवाल ना. धोक्राजस्ता ठुलठुला मोहोता हुने सुरुवाल; हात्तीपाइले सुरुवाल; पाइजामा; पाइन्ट।
46526 धोक्रो ना. सिस्नो, अल्लो, सनपाट आदिका सुतबाट तयार गरिएको अनाज आदि भरेर बोकिने ठुलो थैलो, बोरा।
46527 धोक्र्याइ ना. धोक्र्याउने क्रिया वा प्रक्रिया।
46528 धोक्र्याइनु क.क्रि. बेसरी खाइनु।
46529 धोक्र्याउनु स.क्रि. बेसरी खानु; पेटमा अटेसमटेस हुने गरी हसुर्नु; कन्ठ्याउनु।
46530 धोखा ना. हे. धोका।
46531 धोखेबाज वि. हे. धोकाबाज।
46532 धोखेबाजी ना. धोकेबाजी।
46533 धोती ना. १. कमरदेखि मुनि बेरेर लगाइने, लमाइपट्टिका दुई किनारामा सानो पारीजस्तो भएको, एक छेउको फुर्को अगाडिदेखि टाङमुनिबाट छिराएर पछाडि लगेर सिउरिने नसिलाएको वस्त्र।
46534 धोती ना. २. लामो ठुलो कछाड।
46535 धोती ना. ३. लँगोटी।
46536 धोती ना. ४. लमाइका दुई किनारामा पारी भएको स्त्री जातिले पहिरिने सारी।
46537 धोतीपाटा ना. १. पुरुष वा स्त्रीले फेर्ने धोती।
46538 धोतीपाटा ना. २. धोएको लुगा।
46539 धोतीसरो ना. पानीसरोका जस्ता लामो र खस्रो पात हुने एक जातको काठ नहने बिरुवा।
46540 धोत्रिनु अ.क्रि. १. कुनै वस्तु पुरानो र खोक्रो हुनु; रुखभित्रको चुरो मकाएर धोत्रो हुनु।
46541 धोत्रिनु अ.क्रि. २. कुनै विकारबाट वा जवानीका कारणले स्वर ठुलो हुनु।
46542 धोत्रे वि. १. खोक्रो भएको; धोत्रो पसेको; धोद्रे (काठ, मुला आदि)।
46543 धोत्रे वि. २. ठुलो खोक्रो स्वर भएको (मानिस)।
46544 धोत्रे चरो ना. पहेँलो र खैरो रङको एक जातको चरो।
46545 धोत्रे रुख ना. भित्र खोक्रो परेको रुख; ध्वान्द्रे रुख।
46546 धोत्रे बोली ना. स्वर भासिएर बिग्रिएको बोली।
46547 धोत्रे स्वर ना. सर्दी वा कुनै विकारबाट ठुलो भएको स्वर।
46548 धोत्रो ना. १. जमिन, रुख आदिमा भित्र परेको लामो, ठुलो प्वाल; मुला, गाजर आदिको भित्र हुने खोक्रोपन; धोद्रो।
46549 धोत्रो ना. वि. २. भित्रपटि खाली भएको; खोक्रो।
46550 धोत्रो ना. ३. शारीरिक विकार वा जवानीले स्वर बिग्रिई ठूलो भएको; धोत्रिएको; खसिएको; धोद्रो ( स्वर, बोली )।