Dictionary

All Word

46351 धूत वि. २. छोडिएको; त्यागिएको।
46352 धूत वि. ३ हप्काइएको; धम्काइएको।
46353 धूत वि. ४. चारैतिरबाट घेरिएको; रोकिएको।
46354 धूप ना. १. आगामा सल्काउँदा बास्नादार धुवाँ निस्कने सुगन्धी द्रव्यविशेष।
46355 धूप ना. २. धूपधुवाँरका निम्ति छुट्ट्याइएको गाईको घिउ।
46356 धूप ना. ३. घामको प्रखर ताप।
46357 धूपघडी ना. घाम लागेका बखत कुनै वस्तुले घाम छेक्दा पर्न गएका छायाँको लम्बाइ नापेर समय सूचित गर्ने निर्देशकयन्त्र।
46358 धूपछायाँ ना. १. घामको प्रकाश पर्दा विभिन्न रङ मिसिएजसरी टल्कने एक प्रकारको रँगाइ वा बुनोट।
46359 धूपछायाँ ना. २. त्यसरी टल्कने कपडा।
46360 धूपछायाँ ना. ३. दुःख एवं सुखको परिस्थिति।
46361 धूपदान/दानी ना. १. धूप सल्काएर राखिने भाँडो; धूपदानी।
46362 धूपदान/दानी ना. २. धूप हाल्नका लागि झरझराउँदा कोइला राख्ने भाँडो; कोइल्याँटो; धुपौरो।
46363 धूपधुवाँर ना. आगामा घिउ वा अन्य कुनै सुगन्धित द्रव्य सल्काएर सुवासिलो धुवाँ निकाल्ने काम; धूप बाल्ने कार्य।
46364 धूपपात्र धूप बाल्ने भाँडो; धुपौरो।
46365 धूपबत्ती ना. १. सुवासका निम्ति धूप सल्काएपछि बालिने, घिउले भिजाएको बत्ती।
46366 धूपबत्ती ना. २. सल्काइने वा आगामा हालिने धूप र उज्यालोका निम्ति बालिने बत्ती; धूप र बत्ती।
46367 धूपबत्ती ना. ३. साधारण पूजाआजा।
46368 धूपबाती ना. धूपबत्ती।
46369 धूपित वि. १. धूप वा सुगन्धित द्रव्य सल्काएर बास्ना आउने पारिएको।
46370 धूपित वि. २. तताइएको; सेकाइएको; तप्।
46371 धूपित वि. ३. थाकेको; थकि।
46372 धूपी ना. हे. धुपी।
46373 धूम १. आगाको धुवाँ; धूम्र।
46374 धूम २. कुइरो; ढुस्से, हुस्से।
46375 धूम ३. बादल; मेघ।
46376 धूम ४. परस्परको ठुलो झगडा; रडाको।
46377 धूम ५. उपद्रव; उत्पा।
46378 धूम ६. अजीर्ण हुँदा आउने डकार।
46379 धूम क्रि.वि. ७. अचाक्ली; उधुम।
46380 धूमकेतु ना. १. पुच्छ्रेतारो; उल्का।
46381 धूमकेतु ना. २. आगो; अग्नि।
46382 धूमकेतु ना. ३. शिव।
46383 धूमचक्र ना. १. चक्राकार परेको धुवाँ वा धुवाँबाट बनेको चक्र; धूममण्डल।
46384 धूमचक्र ना. २. ठुलो झगडा; रडाको।
46385 धूमचक्र ना. क्रि.वि. ३. धूमधाम; उधुम; अचाक्ली।
46386 धूमधाम क्रि.वि. १. ज्यादै चर्को किसिमले; हुनेहुनाम्मे; अत्यन्त; ज्यादा; ज्यास्ती; धसनधान।
46387 धूमधाम क्रि.वि. वि. २. धेरै; खुब; अति; बहु।
46388 धूमधाम क्रि.वि. ना. ३. ठुलो आयोजना; रामरमिता; रामरउस।
46389 धूमपान ना. धूम्रपान।
46390 धूमपोत ना. पानीजहाज; अग्निबोट; धुवाँकस; स्टिमर।
46391 धूमवाराही ना. काठमाडौंदेखि उत्तरतिर विशालनगरमा रहेकी वाराही देवी; चार वाराहीमध्ये एक।
46392 धूमावती ना. दश महाविद्यामध्ये एक; भयङ्कर रूप र मलिन वेश भएकी एक देवी।
46393 धूमिका ना. कुइरो।
46394 धूमित वि. १. धुवाँले ढाकिएको; धुवाँ लागेको।
46395 धूमित वि. २. तन्त्रशास्त्रका अनुसार दूषित ठानिने सादा अक्षरको मन्त्र।
46396 धूमिल वि. धुवाँका आकारको; स्पष्ट नदेखिने; घुर्मैलो।
46397 धूम्र ना. १. धुवाँ; धूम।
46398 धूम्र ना. २. ध्वाँसो; धूमांश।
46399 धूम्र ना. ३. धुवाँको वा धुवाँको जस्तो रङ; ध्वाँसे रङ।
46400 धूम्र ना. ४. शिलारस नाउँको एक गन्धयुक्त द्रव्य।