Dictionary

All Word

46401 धूम्र ना. ५. एक असुर।
46402 धूम्र ना. ६. शिव; महादेव।
46403 धूम्र ना. वि. ७. धुवाँका रङको; फुस्रो।
46404 धूम्रपत्रा ना. फुस्रो रङको बिरी; सानो बिरी।
46405 धूम्रपान ना. विशेष किसिमको पातलो कागज वा साल, भोर्लो, खोस्टो, फुसे आदिका पातमा सुर्ती हालेर बेरिएका चुरोट, बिडी आदि सल्काएर वा सुल्फा, चिलिम आदिमा तमाखु, गाँजा आदि डढाएर निस्केको धुवाँको सर्को मुखले तान्ने काम; धूमपान।
46406 धूम्रवर्ण वि. धुवाँका रङको; फुस्रो।
46407 धूर्जटि ना. माथि उठेका जटा भएका देवता; शिव; महादेव।
46408 धूर्त वि. १. कपटपूर्ण चलाकी जान्ने; छटेल; छट्टु।
46409 धूर्त वि. २. छलछाम गर्ने स्वभाव भएको, छली।
46410 धूर्त वि. ३. अर्कालाई ठगेर स्वार्थ पूरा गर्ने; ठग; वञ्चक।
46411 धूर्त वि. ४. धोकेबाज।
46412 धूर्तता ना. १. धूर्त हुनाको भाव वा अवस्था; धुत्याइँ।
46413 धूर्तता ना. २. धोकेबाजी; वञ्चकता; ठगीपना।
46414 धूर्वी ना. रथ, बग्गी आदिको अगिल्लो भाग।
46415 धूल ना. धुलो।
46416 धूलमैदान ना. बतासले उडाएर ल्याई थुपारेको बालुवा, पाँगो र मसिनो माटो भएको ठाउँ।
46417 धूलि ना. धुलो।
46418 धूलिधूसर / धूसरित वि. धुलोमूलो लागेर धुस्रो देखिएको वा सो लगाएर फुस्रो भएको।
46419 धूलिपटल ना. तुवाँलो।
46420 धूलिमाटी ना. १. धुलोमाटोको थुप्रो बनाई त्यसभित्र सिन्को लुकाएर खोज्ने केटाकेटीको एक खेल।
46421 धूलिमाटी ना. २. धुलो र माटाको समूह।
46422 धूलो ना. हे. धुलो।
46423 धूवाँ ना. हे. धुवाँ।
46424 धूसर वि. १. माटाको जस्तो फुस्रो रङको; खाकी।
46425 धूसर वि. २. धुलो लागेर फसो भएको; फुस्रो रङको; धुस्रो।
46426 धूसरित वि. १. धुलो लागेर फुस्रो भएको।
46427 धूसरित वि. २. ध्वाँसे रङको, धूसर; धुस्रो।
46428 धूसरित वि. ३. उज्जर नभएको; फुस्रो पारिएको; फुस्रो।
46429 धृत वि. १. धारण गरिएको।
46430 धृत वि. २. समातिएको; पक्रिएको; अँठ्याइएको।
46431 धृत वि. ३. आफ्ना अधिकारमा राखिएको; आफ्ना ऐँच वा कब्जामा लिइएको।
46432 धृत वि. ४. राखिएको; स्थापि।
46433 धृत वि. ना. ५. ग्रहण वा धारण गर्नाको भाव।
46434 धृत वि. ६. पुराणअनुसार द्रुह्यवंशीय धर्मका एक पुत्र।
46435 धृतराष्ट्र ना. महाभारतमा प्रसिद्ध, जन्मैदेखिका अन्धा एक प्रसिद्ध राजा; दुर्योधनका बाबु।
46436 धृतवर्मा ना. अर्जुनका साथ अश्वमेधका घोडाको रक्षाका निम्ति गएका त्रिगर्त्तका राजकुमारको नाम।
46437 धृतात्मा वि. १. मन बलियो भएको; स्थिरचित्त; धैर्यशाली; धीर।
46438 धृतात्मा वि. ना. २. विष्णु।
46439 धृति ना. १. धारण गर्ने भाव, गुण वा शक्ति; धैर्य; धीरता।
46440 धृति ना. २. समाउने क्रिया; ग्रहण गर्ने काम।
46441 धृति ना. ३. स्थिरता, अचलता।
46442 धृति ना. ४. गौरी आदि सोह मातृकामध्ये एक।
46443 धृति ना. ५. ज्योतिषशास्त्रअनुसार एक योग।
46444 धृति ना. ६. एक पाउमा अठार अक्षर हुने छन्दका सबै भेद।
46445 धृति ना. ७. चन्द्रमाका सोह्र कलामध्ये एक कलाको नाम।
46446 धृति ना. ८. वास्तु वा मूर्तिकलामा प्रयोग हुने, एक अङ्गुल वा मात्राको नब्बे गुना बराबरको नाप; गतिको तीन गुना बराबरको नाप; दिक्, आयुध, नाडी वा प्रादुर्भावको नौ गुना बराबरको नाप; नब्बे अङ्गुल बराबरको नाप।
46447 धृतधारी वि. धृतिमान्।
46448 धृतमान् वि. १. धैर्य रहेको; धैर्यशाली; धीर।
46449 धृतमान् वि. २. दुःख सुखमा एकरूप रहने।
46450 धृष्ट वि. १. सम्झाए - बुझाएको पटक्कै नसम्झने, नबुझ्ने वा चेतावनी दिँदा पनि कहिल्यै नचेत्ने स्वभावको; ढिठ।