Dictionary

All Word

46251 धुरुक्क क्रि.वि. २. रुवाउने गरी दुःख दिएर।
46252 धुरुधुरु क्रि.वि. साह्रै चित्त दुखाउँदै आँसु चुहाएर रुने गरी।
46253 धुर्कापानी ना. १. जीवनमा आइपर्ने दुःख, कष्ट, हैरानी आदि।
46254 धुर्कापानी ना. २. आँखाबाट चुहेको पानी; आँसु।
46255 धुर्को ना. १. कागज, कपडा आदिको लामो टुक्रो; धरो।
46256 धुर्को ना. २. कोरिएर वा दलिएर बसेको लामो रेखा; धर्को; धर्सो।
46257 धुर्त्याइँ ना. धूर्त हुनाको भाव; धूर्त बन्ने क्रिया वा प्रक्रिया; धूर्तता।
46258 धुर्पिस / धुर्मुस ना. माटो ठोकेर खँदिलो पार्ने गह्रौँ र बाटुलो फलामे साधन; बेन्चा।
46259 धुर्य वि. १. सबैभन्दा अगाडि रहने; धुरन्धर।
46260 धुर्य वि. २. सबैभन्दा माथिको; श्रेष्ठ; उत्तम; शीर्षस्।
46261 धुर्य वि. ३. भारी बोक्न लायक; भार वहन गर्न योग्य।
46262 धुर्य वि. ४. जुवामा नार्न सुहाउँदो; जोत्न लायक।
46263 धुर्य वि. ना. ५. हिमाली भेकमा पाइने लसुनजस्तो एक प्रकारको औषधी; ऋषभ।
46264 धुर्य वि. ६. विष्णु।
46265 धुर्य वि. ७. गोरु।
46266 धुऱ्याइ ना. धुरिने किसिम वा क्रिया।
46267 धुऱ्याइनु क.क्रि. धुरिन लाइनु; धुरिने पारिनु।
46268 धुऱ्याउनु प्रे. क्रि. धुरिन लाउनु; धुरिने पार्नु।
46269 धुर्रा ना. ठट्टा; दिल्लगी; हँस्सी; खिसी।
46270 धुर्सुल ना. १. फुस्रा पात हुने र फुलै सेतो फूल फुल्ने ससानो खालको एक जातको बोट।
46271 धुर्सुल ना. २. सोही बोटको फूल; धुसुरे।
46272 धुर्सेली/धुर्सेलो/धुस्र्यौली ना. भुवादार नरम पात हुने, काँसका कोपिलाका आकारको सेतो फूल फुल्ने एक जातको वनस्पति।
46273 धुलदाम ना. भारी बोकेको ज्याला; भरिया- ज्याला।
46274 धुलाइ ना. १. धुने क्रिया वा प्रक्रिया।
46275 धुलाइ ना. २. धुलाउने किसिम वा क्रिया।
46276 धुलाइ ना. ३. धोएबापत लाग्ने वा दिइने ज्याला।
46277 धुलाइनु क.क्रि. धुने पारिन; धुन लगाइनु।
46278 धुलाउनु प्रे. क्रि. धुन लाउनु; धुने पार्नु।
46279 धुलाम्मे ना. धुलैधुलाले ढाकिएको; चारैतिर धुलो भएको।
46280 धुलिखेल ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र वाग्मती अञ्चलअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको मुख्य बस्ती वा प्रसिद्ध ठाउँ।
46281 धुलिनु अ.क्रि. १. धुलो हुनु; चूर्ण हुनु।
46282 धुलिनु अ.क्रि. २. रद्दी हुनु; बेकम्मा हुनु।
46283 धुलिनु अ.क्रि. ३. नष्ट हुनु; बिग्रनु।
46284 धुले वि. १. धुलो भएको; धुलो मिसिएको; धुलोसम्बन्धी।
46285 धुले वि. २. कच्चा।
46286 धुले दर्शन ना. तीर्थमा जाने यात्रीले हिँडेर जाँदा गोडामा लागेको धुलो नपुछी वा नधोईकनै सरासर मन्दिरमा पुगेर गरिने देउदेउताहरूको दर्शन।
46287 धुले पुल ना. सामान्य रूपले काठहरू तेर्स्याएर त्यसमाथि सेउला आदि राखी धुलोमाटो हालेर बनाइएको अस्थायी पुल; हिउँदे पुल।
46288 धुले फागु ना. अबिरको साटो चीर पोलेको खरानी वा धुलोले खेल्ने फाग्।
46289 धुले बिउ ना. पानीविना बुरबुराउँदो वा धुले माटामा राखेको बिउ।
46290 धुले ब्याड ना. धुल्याइएको बुरबुराउँदो माटोमा धानको बिउ राखिने खेत वा जग्गा।
46291 धुले सखर ना. डल्ला वा चाका नपारी धुल्याइएको सखर; बुरबुराउँदो सखर।
46292 धुले साँघु ना. धूले पुल।
46293 धुले हलो ना. हिउँदमा मात्र जोत्नका लागि प्रयोग गरिने एक प्रकारको हलो।
46294 धुलो ना. १. माटो आदि मसिनिएर भएको बुरबुरे वस्तु; चूर्ण; धूलि।
46295 धुलो ना. २. घरको तलो, आँगन आदि बढार्दा निस्कने कसिङ्गर।
46296 धुलो ना. ३. कुनै गेडागेडी वा डल्लाडल्ली पिँधेर बनाइएको चूर्ण; पिठो।
46297 धुलो ना. ४. छारो।
46298 धुलोपिठो ना. १. ज्यादै मसिनो भएको वा पारिएको चूर्ण।
46299 धुलोपिठो ना. २. कुनै वस्तु फुटेर वा किचिएर विकृत भएको अवस्था।
46300 धुलोमुलो ना. धुलो र धुलो समानको वस्तु; कसिङ्गर।