Dictionary

All Word

46101 धीरता ना. १. धीर हुनाको भाव, अवस्था वा गुण; धैर्य।
46102 धीरता ना. २. जुनसुकै परिस्थितिमा पनि स्थिर रहने प्रक्रिया; स्थिरता।
46103 धीरत्व ना. धीरता।
46104 धीरप्रशान्त वि. नाट्यशास्त्रअनुसार वीर एवं शान्त स्वभाव भएको (काव्यको नायक)।
46105 धीरललित वि. धीरता, वीरता तथा ललितपना भएको र निश्चिन्त, अतिभावुक एवं विलासी प्रवृत्ति भएको (काव्यको नायक )।
46106 धीरा वि. आफ्ना नायकमा परस्त्रीसँग लसपस भएका चिह्नहरू देखेर व्यङ्ग्यात्मक रूपले रिस पोख्ने (नायिका)।
46107 धीराधीरा वि. नायकका शरीरमा परस्त्री समागमका लक्षणहरू देखेर रिसले रूँदै उसको चित्तवृत्तिलाई विचलित तुल्याउने (नायिका)।
46108 धीरोदात्त वि. साहित्यशास्त्रका अनुसार दयालु, क्षमाशील, बलवान्, धीर, दृढप्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने खालको (नायक)।
46109 धीरोद्धत वि. प्रचण्ड, चञ्चल, अहङ्कारी, आत्मश्लाघी तथा अरूको गर्व सहन नसक्ने (नायक)।
46110 धीवर ना. १. घाटमा नाउ तार्ने व्यक्ति; माझी; मलाहा।
46111 धीवर ना. २. पुराणअनुसार एक प्राचीन देश वा त्यस देशका निवासी।
46112 धुनु स.क्रि. १. कुनै वस्तुमा रहेको फोहरमैला, दागकसर आदि सफा पानीले पखाल्नु; सफा गर्नु; प्रक्षालन गर्नु।
46113 धुनु स.क्रि. २. बिहान उठेर मञ्जन, कुल्ला आदि गरी सबै मुख पखाल्नु; मुखारी गर्नु।
46114 धुनु स.क्रि. ३. टाढाका साइनुको जुठो हटाउन मुख पखाल्नु।
46115 धुनु स.क्रि. ४. मनमा रहेको दाग, क्लेश आदि सबै निकाल्नु।
46116 धुइँधुइँ क्रि.वि. अत्यन्त क्रियाशील भई कुनै वस्तु खोज्ने गरी।
46117 धुइँधुइँती क्रि.वि. धुइँपत्ताल गरेर; धुइँधुइँ।
46118 धुइँपत्ता/धुइँपत्ताल ना. ज्यादै लागिपरेर कुनै कुरा खोजी गर्ने काम; पातालै उधिनुँला भनेजसो गरेर खोज्ने काम।
46119 धुइरनु अ.क्रि. १. मानिस वा अन्य प्राणी चारैतिरबाट एकै ठाउँमा जम्मा हुनु; धुइरो लाग्नु, भिड लाग्नु।
46120 धुइरनु अ.क्रि. २. एउटैमाथि धेरै जना जाइलाग्नु।
46121 धुइराइ ना. धुइरने क्रिया वा प्रक्रिया।
46122 धुइराइनु क.क्रि. धुइरने पारिनु; धुइरन लाइनु।
46123 धुइराउनु प्रे. क्रि. धुइरो लाग्नु; धुइरनु।
46124 धुइरो ना. १. चारैतिरबाट एकै ठाउँमा जम्मा हुने क्रिया; ताँतीलगाइ।
46125 धुइरो ना. २. धेरै जना एकै जनामाथि जाइलाग्ने काम।
46126 धुइरो ना. ३. भिड।
46127 धुइऱ्याइ ना. धुइरिने वा धुइरो लाग्ने क्रिया- प्रक्रिया।
46128 धुइयाइनु क.क्रि. धुइरो लाग्ने पारिनु; धुइरिन लगाइनु।
46129 धुइऱ्याउनु प्रे. क्रि. धुइरिने पार्नु; धुइरिन लाउनु।
46130 धुकचुक ना. कुनै विषयप्रति भएको मनको संशय; शङ्का; सन्देह, यसो गर्ने कि उसो गर्ने भन्ने सोचाइ।
46131 धुकचुकाइ ना. धुकचुकाउने भाव, क्रिया वा प्रक्रिया।
46132 धुकचुकाइनु अ.क्रि. धुकचुकाउने होइन; धुकचुक लागिनु।
46133 धुकचुकाउनु अ.क्रि. धुकचुक लाग्नु; सन्देहमा पर्नु।
46134 धुकचुकाहट ना. धुकचुकाउने भाव, अवस्था, क्रिया वा प्रक्रिया।
46135 धुकचुकाहा वि. धुकचुक गर्ने स्वभाव भएको।
46136 धुकचुकी ना. धुकचुकाउने क्रिया वा प्रक्रिया।
46137 धुकचुके वि. धुकचुक गर्ने; धुकचुकाउने।
46138 धुकधुक क्रि.वि. १. कडा परिश्रमले वा भय- त्रासले गर्दा मटु चल्ने गरी।
46139 धुकधुक क्रि.वि. ना. २. धुकधुकी।
46140 धुकधुकाइ ना. धुकधुकाउने क्रिया वा प्रक्रिया।
46141 धुकधुकाइनु क.क्रि. धुकधुक होइनु।
46142 धुकधुकाउनु अ.क्रि. मुटु चल्नु; मुटु चल्दा आवाज आउनु।
46143 धुकधुकाहट ना. धुकधुकाउने भाव, अवस्था वा क्रिया-प्रक्रिया।
46144 धुकधुकी ना. १. मुटुको स्पन्दन वा आवाज; मुटुको धड्कन।
46145 धुकधुकी ना. २. प्राण, सास।
46146 धुकधुकी ना. ३. हृदय।
46147 धुजा १ ना. कपडा, कागज आदि च्यातिएर वा काटिएर बनेको ससानो टुक्रो; चिरो; धरो, धुर्को।
46148 धुजा २ ना. कपडा, कागज आदि च्यातिएर टुक्रैटुक्रा वा चिरैचिरा भएको अवस्था।
46149 धुजा पाती ना. कपडा, कागज आदि चिरो र बोट बिरुवाको पाती; देउदेउताका स्थानमा चढाइने कपडाका धुजा र पाती।
46150 धुजिनु अ.क्रि धुजा हुनु; टुक्रा पर्नु; चिरिनु।