Dictionary

All Word

46051 धिपधिपाइ ना. धिपधिप गर्ने क्रिया वा प्रक्रिया।
46052 धिपधिपाइनु अ.क्रि. धिपधिप गरेर बत्ती आदि बलिनु।
46053 धिपधिपाउनु अ.क्रि. बत्ती, आगो आदि धिपधिप गर्दै बल्नु।
46054 धिपधिपे वि. धिपधिप गरेर बल्ने; मधुरो गरी बल्ने (बत्ती आदि)।
46055 धिपिक्क क्रि.वि. १. बत्ती, आगो आदि क्षीण रूपमा बल्ने र तुरुन्त निभ्ने गरी।
46056 धिपिक्क क्रि.वि. २. शृङ्गार आदिले बत्ती बले जस्तै भएर; धपक्क।
46057 धिप्कनु अ.क्रि. बत्ती, आगो आदिको ज्वाला क्षीण रूपमा माथि उठ्नु वा बल्नु।
46058 धिप्काइ ना. धिप्कने क्रिया वा प्रक्रिया।
46059 धिप्काइनु क.क्रि. धिप्कने पारिनु।
46060 धिप्काउनु प्रे. क्रि. धिप्कने पार्नु।
46061 धिप्को ना. धिप्प गर्दै बलेको बत्तीको ज्वाला।
46062 धिमा ना. हे. धिमे।
46063 धिमाल ना. विशेष गरी झापा जिल्लाको पश्चिमी भागमा र मोरङ जिल्लाको पूर्वी भागमा बसोबास गर्दै आएको लिम्बू जातिसँग मिल्दोजुल्दो एक जाति।
46064 धिमाली वि. १. धिमाल जातिसँग सम्बन्धित; धिमाल जातिले मान्ने गरेको।
46065 धिमाली वि. ना. २. धिमाल जातिले बोल्ने भाषा; धिमाल जातिको मातृभाषा।
46066 धिमे ना. एकातिर गजाले र अर्कातिर हातले ठोकेर बजाइने दुईतिर छालाले मोहोरेको ढोलकजस्तो एक बाजा; धिमा।
46067 धिराज ना. महाराजाधिराज।
46068 धिरी ना. १. ठुलो दुलो भएका बाँसका मास्तिरका आँख्ला खोलेर बनाइएको पानी आदि हाल्ने भाँडो; पानी ओसार्ने बाँसको ढुङ्ग्रो।
46069 धिरी ना. वि. २. साह्रै दुब्लो र अग्लो; टिङ्गरो।
46070 धिरो वि. बरियाँत जाँदा ठुलो र चर्को स्वरमा नरसिङ्गा आदि बाजा बजाउने; उराहा।
46071 धिषणा ना. १. बुद्धि; अक्कल।
46072 धिषणा ना. २. वाक्शक्ति; वाणी।
46073 धिषणा ना. ३. प्रशंसा; स्तुति।
46074 धी ना. १. बुद्धि; प्रज्ञा; अक्किल।
46075 धी ना. २. मन; चित्त; हृदय।
46076 धी ना. ३. ज्ञान; समझ; स्मृति।
46077 धी ना. ४. कर्म।
46078 धीत वि. १. पान गरिएको; पिइएको; खाइएको।
46079 धीत वि. २. आराधना गरिएको; सन्तुष्ट पारिएको।
46080 धीत वि. ना. ३. कुनै विषयवस्तुप्रति मनमा उब्जिएको धोको; तिर्सना, तिर्खा।
46081 धीत वि. ४ इच्छा; अभिलाषा।
46082 धीत वि. ५. इमान।
46083 धितधरान ना. १. राखनधरनमा भएको विश्वास।
46084 धितधरान ना. २. चोरी नगर्ने काम।
46085 धितमर्दो वि. धित मर्ने खालको; मनको तिर्सना पूरा हुने किसिमको; सन्तोषजनक।
46086 धीति ना. १. पानी आदि पिउने काम; पान।
46087 धीति ना. २. पिउने इच्छा; तिर्खा।
46088 धीमा वि. १. बिस्तारै हिँड्ने; मन्द गतिको।
46089 धीमा वि. २. मध्यम खालको; मन्द।
46090 धीमा वि. ३. कम्ती वेग भएको; वेगहीन।
46091 धीमा वि. ४. बिस्तारो; मधुरो।
46092 धीमा वि. ५. घुर्मैलो; स्पष्ट नभएको।
46093 धीमा वि. विप. तेज।
46094 धीमान् वि. १. बुद्धिमान्।
46095 धीमान् वि. ना. २. देवताका गुरु; बृहस्पति।
46096 धीर वि. १. जस्तोसुकै आपत्विपत् वा सुखदुःख भए तापनि एकै रूपमा रहने; धैर्यशाली।
46097 धीर वि. २. गम्भीर; सहनशील।
46098 धीर वि. ३. विनयशील; नम्र स्वभावको।
46099 धीर वि. ४. सुन्दर; मनोहर।
46100 धीरचेता वि. मनमा धैर्य धारण गर्न सक्ने सामर्थ्य भएको; स्थिर चित्त भएको।