Dictionary

All Word

46001 धार्नी ना. वि. २. त्यति तौलको।
46002 धार्मिक वि. १. धर्मसँग सम्बन्धित; धर्मविषयक।
46003 धार्मिक वि. २. धर्म गर्ने; धर्मप्रति आस्था राख्ने; धर्मात्मा; धर्मशील।
46004 धार्मिक कार्य ना. धर्मसम्बन्धी कार्य; पाठपूजा, तीर्थव्रत; यज्ञ, उपवास आदि कार्य।
46005 धार्मिक क्षेत्र ना. देउदेउताका मन्दिर तीर्थस्थल आदि रहेको इलाका; धार्मिक स्थल।
46006 धार्मिकता ना. धार्मिक हुनाको अवस्था, गुण वा भाव।
46007 धार्मिक सङ्घर्ष ना. धर्मावलम्बी र धर्मविरोधीहरूको बिचमा अथवा दुई भिन्नाभिन्नै धर्मका पक्षपातीहरूमा हुने परस्परको काटमार आदि कृत्य।
46008 धार्मिक स्थल ना. देउदेउताका मन्दिर, तीर्थ, धाम आदि भएको ठाउँ।
46009 धार्य वि. १. धारण गर्न योग्य; धारणीय।
46010 धार्य वि. २. सम्झन लायक; स्मरणीय।
46011 धार्य वि. ३. लगाउने खालको; पहिरूँपहिरूँ लाग्ने।
46012 धार्य वि. ना. ४. पोसाक, वस्त्र, गहना आदि।
46013 धार्ष्ट्य ना. धृष्ट हुनाको भाव वा अवस्था; ढिठपन; अटेरीपना; धृष्टता।
46014 धावक ना. १. कपडा धुने व्यक्ति; धोबी।
46015 धावक ना. २. हल्कारा।
46016 धावक ना. ३. समाचार वा सन्देशबाहक; दू।
46017 धावक ना. ४. संस्कृत भाषाका एक प्रसिद्ध कवि।
46018 धावक ना. वि. ५. धुन योग्य (वस्त्र आदि)।
46019 धावक ना. ६. दौडने; कुद्ने।
46020 धावन ना. १. छिटोसँग दगुर्ने काम।
46021 धावन ना. २. धुने वा मैला साफ गर्ने काम।
46022 धावन ना. ३. चिठी वा सन्देश लाने वा ल्याउने कार्य।
46023 धावन्ती वि. ध्याउन्ना गरेर वा परिश्रम गरेर हुने; धावा गर्नुपर्ने।
46024 धावन्ती वि. (उदा.- घोकन्ती विद्या धावन्ती खेती। - उखान।)।
46025 धावा १ ना. लिम्बू जातिका कुलदेवता।
46026 धावा २ ना. १. एकाएक झम्टने क्रिया; आक्रमण; चढाइ; हमला।
46027 धावा २ ना. २. कुनै काम सिद्ध गर्नका निम्ति गरिने दौडधुप।
46028 धावा २ ना. ३. कठोर परिश्रम।
46029 धावा २ ना. ४. धपेडी।
46030 धावित वि. १. सफा गरिएको; धोइएको; सुकिलो।
46031 धावित वि. २. दौडेको; भागेको।
46032 धावित वि. ३. गएको।
46033 धिक् वि.बो. १. तिरस्कार, घृणा आदि बुझाउने शब्द।
46034 धिक् वि.बो. २. निन्दा; गाली।
46035 धिक्कार्नु स.क्रि. कुनै खराब काम गर्नेलाई तिरस्कार वा निन्दा गर्नु।
46036 धिक्कार वि.बो. कसैले नराम्रो, मन नपर्दो काम गर्दा घृणा, निन्दा वा हेला व्यक्त गरेर भनिने शब्द; धिक्।
46037 धिक्काराइ ना. धिक्कार्ने क्रिया वा प्रक्रिया।
46038 धिक्कारिनु क.क्रि. धिक्कार्ने काम गरिनु।
46039 धिङ्न्याइँ ना. धिङ्न्याहापन; धिङ्न्याहाको चाल।
46040 धिङ्न्याहा वि. १. आफ्नै कुरा मात्र माथि पार्न खोज्ने, जिद्दीदार, ढिपीवाल।
46041 धिङ्न्याहा वि. २. काम गर्छु भनेर पनि नगर्ने, नकचरो; थेत्तरो।
46042 धिङ्न्याहा वि. ३. झगडा मात्र गर्ने र भनेको पटक्कै नमान्ने; अटेरी।
46043 धिङ्न्याहा वि. स्त्री. धिङ्न्याही।
46044 धित ना. धैर्य; विश्वास।
46045 धितधरान ना. विश्वासको भावना; इमान्दारी।
46046 धितपतेर ना. कुनै विषयप्रतिको गहिरो विश्वास, पूर्ण विश्वस्तता।
46047 धितो ना. आसामीले लिएको ऋणसम्बन्धी धनबापत साहु वा धनीलाई तमसुकमा लेखिदिएको घर, जग्गा आदि; बन्धक।
46048 धितबन्धक ना. सापटीका रूपमा रुपियाँपैसा लिएबापत समयमा बुझाउन नसके साहु स्वयम्ले भोगचलन गर्ने र समयमा बुझाउन सके ऋणीले फिर्ता पाउने कबुल गरी राखिएको घरजग्गा, गरगहना आदि।
46049 धितविना वि. धितो नराखिएको; धितोविनाको; कपाली।
46050 धिपधिप क्रि.वि. बत्ती, आगो आदि क्षीण रूपमा बारम्बार बल्दै र निभ्दै गर्ने गरी; निभ्लानिभ्लाजस्तो भएर मन्द रूपमा बल्दै।