Dictionary

All Word

45901 धान्य ना. १. धान।
45902 धान्य ना. २. धान आदि अनाज; अन्न।
45903 धान्य ना. ३. धनियाँ।
45904 धान्य ना. ४. एक प्राचीन अस्त्रविशेष।
45905 धान्यकल्क ना. धानका गेडाबाट उक्किने बोक्रो; भुस।
45906 धान्यकूट ना. १. धान थुपारिएको रास।
45907 धान्यकूट ना. २. धान राखिएको घर; धनसार।
45908 धान्यपञ्चक ना. १. शालि, ब्रीहि, शूक, शिवी र क्षुद्र गरी जम्मा पाँच प्रकारका धान।
45909 धान्यपञ्चक ना. २. वैद्यशास्त्रअनुसार आमातिसार तथा उदरशूलको उपचारका निम्ति प्रयोग गरिने औषधी।
45910 धान्यपूर्णिमा ना. मङ्सिर महिनामा पर्ने पूर्णिमा; मार्ग शुक्ल पूर्णिमा।
45911 धान्याम्ल ना. चामलका पिठामा कोदो हालेर अमिल्याई बनाइने एक प्रकारको मद्य; जाँड; बियर।
45912 धाप्नु स.क्रि. १. खोपी, डन्डीबियो आदिका खेलमा सो खेल हान्नका निम्ति फड्कनु।
45913 धाप्नु स.क्रि. २. कसैलाई स्याबासी वा धन्यवाद दिँदा हत्केलाले हल्का धाप दिनु।
45914 धाप्नु स.क्रि. ३. पशुहरूलाई शान्त पार्नाका निम्ति पिठिउँमा लबटाले हलको गरी हान्नु।
45915 धाप १ ना. १. खोपी आदि खेलमा नियमित रूपले हालिने फड्को।
45916 धाप १ ना. २. कसैलाई स्याबासी, धन्यवाद आदि दिँदा पिठ्यूँमा हानिने स्नेहपूर्ण हल्का लबटो।
45917 धाप १ ना. ३. पशुहरूलाई शान्त गर्नका निम्ति पिठिउँमा दिइने चपेटाको हल्का प्रहार।
45918 धाप २ ना. पानी जमेर वा धेरै हिलो भएर गाडिने र भासिने ठाउँ; दलदल।
45919 धापको किलो वि. दृढता नभएको; जता पनि ढल्किने; अस्थिर।
45920 धापिनु अ.क्रि. ज्यादा हिँडाइ वा धावासँग गरिएका कामले थकित हुनु; धपेडिनु।
45921 धाम ना. १. बस्ने, ओतिने र अडिने ठाउँ; गृह; घर।
45922 धाम ना. २. बसोबासका निम्ति सुरक्षित स्थान; वासस्थान।
45923 धाम ना. ३. शरीर; देह; जिउ।
45924 धाम ना. ४. शोभा; सुषमा; श्री।
45925 धाम ना. ५. तेज; किरण; प्रभाव।
45926 धाम ना. ६. देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ; स्वर्ग; पुण्यस्थान; तीर्।
45927 धामन ना. हरियो - पहेँलो झल्का भएको सेतो रङको ज्यादै लामो र ज्यादै छिटो दगुर्ने, पुच्छरमा विष हुने, कसैलाई नडस्ने एक जातको सर्प; धामिन (यसको पुच्छर जसको जुन अङ्गमा पर्छ त्यो मासु गलेर मर्छ। यसले गाई-भैंसी आदि र स्वास्नीमान्छेलाई बेह्रेर उनीहरूको थुन वा स्तनबाट दुध चुस्छ र उनीहरू मर्छन् भन्ने जनधारणा मधेसतिर रहेको छ। )।
45928 धामा १ ना. १. कुनै उपलब्धि हासिल गर्नका निम्ति गरिने कडा परिश्रम, मिहिने।
45929 धामा १ ना. २. कठिनाइ; कठोरता; मुस्किल।
45930 धामा २ ना. धाईआमा।
45931 धामिन ना. हे. धामन।
45932 धामिनी ना. धामन सर्प।
45933 धामी ना. १. भूत, प्रेत, बोक्सी, डाइनी, लागो आदिको आशङ्कामा सो रोग निको गराउन शरीरमा देउदेउता वा भूतप्रेत आदिको प्रवेश गराएर तन्त्रमन्त्र प्रयोग गरी झारफुक गर्ने व्यक्ति; झाँक्री।
45934 धामी ना. २. धिमाल जातिको ग्रामदेवताको पुजारी।
45935 धामीधमिनी ना. १. स्त्री धामी।
45936 धामीधमिनी ना. २. धामीकी पत्नी।
45937 धार ना. १. नदी वा समुद्रको पानीको प्रवाह; पानी आदिको बगाइ।
45938 धार ना. २. वर्षाकालमा जम्मा गरिएको पानी।
45939 धार ना. ३. एक्कासि बर्सिएको मुसलधारे वर्षा।
45940 धार ना. ४. कुनै हतियारको काट्ने तिखो र पातलो भाग; किनारा।
45941 धार ना. ५. पानी आदिको मध्य भाग; बिच; अन्तर।
45942 धार ना. ६. कुनै वस्तुको रेखा; डोरो।
45943 धार ना. वि. ७. लिने, थाम्ने वा बोक्ने (जस्तो- कर्णधार, सूत्रधार इ.)।
45944 धारक वि. १. धारण गर्ने।
45945 धारक वि. २. रोक्ने; छेक्ने; अवरोध उत्पन्न गर्ने।
45946 धारक वि. ३. ऋण लिने; कर्जा खाने; रिनी।
45947 धारक वि. ४. कुनै वस्तु कतै लिएर जाने; वाहक।
45948 धारक वि. ना. ५. कलश; घडा।
45949 धारण ना. १. कुनै वस्तु राम्ररी लिने, समाउने वा बोक्ने काम; ग्रहण गराइ (जस्तो- वस्त्रधारण, कवचधारण इ.)।
45950 धारण ना. २. शरीरमा लुगा, कपडा आदि लगाउने काम; पैराइ।