Dictionary

All Word

45801 धाँज/धाँजो/धाँदो ना. १. चिम्ट्याहा माटो भएको जमिन सुकेर चरचरी चिरिएको ठाउँ; धरातल चर्किंदा बनेको छिद्र।
45802 धाँज/धाँजो/धाँदो ना. २. जमिन, भित्तो आदि फुटेर वा फाटेर परेको लामो चिरो; धाँज।
45803 धाँधली ना. १. नराम्रो उद्देश्यले कुनै कुरा भत्काउने, बिगार्ने तथा नास गर्ने काम; उपद्रव; विध्वंस।
45804 धाँधली ना. २. निर्धारित नीति - नियमबेगर लापर्बाहीका साथ कुनै काम गर्ने प्रक्रिया।
45805 धा ना. १. सङ्ख्यावाचक तथा परिमाणवाचक शब्दका पछाडि जोडिएर अधिकतम, प्रकार, चोटि, खण्ड आदि बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै- बहुधा, द्विधा, शतधा आदि)।
45806 धा ना. २. धारण गर्ने, धारक।
45807 धा ना. ३. बृहस्पति।
45808 धा ना. ४. ब्रह्मा।
45809 धा ना. ५. सङ्गीतमा धैवत स्वरको वाचक शब्द।
45810 धा ना. ६. मृदङ्ग, तबला आदिको एक बोल।
45811 धा ना. ७. देब्रेतिर गजाले र दाहिनेतिर नाङ्गा हातले ठोकेर बजाइने विशेषतः बौद्धमार्गीहरूमा प्रचलित एक प्रकारको ढोलकजस्तो बाजा।
45812 धाइ ना. धाउने काम।
45813 धाइनु क.क्रि. धाउने काम गरिनु।
45814 धाइफाल ना. दौडेर भाग्ने काम; हतारिएर आउने वा जाने काम।
45815 धाइलरी / धाइलौरी ना. केटाकेटीहरूले गट्टा खेल्दाखेरि भन्ने शब्द; गट्टाका खेलमा प्रतिद्वन्द्वीलाई रिन लगाउँदा भन्ने बोली (धाइलरी एक, धाइलरी दुई आदि)।
45816 धाई ना. बालकलाई दुध खुवाउने, स्याहारसुसार गर्ने स्त्री; बालककी सुसारे; धाईआमा।
45817 धाईआमा ना. धाईको काम गर्ने आमासमानकी स्त्री; उपमाता; धाई।
45818 धाईरुख ना. नयाँ लगाइएका वृक्षहरूको संरक्षणार्थ बाँकी राखिएका पुराना रुख।
45819 धाउ ना. खानिबाट निकालिएको फलाम, पित्तल आदिको कच्चा वस्तु; नखारेको खनिज वस्तु; काँचो धातु।
45820 धाउनु अ.क्रि. कुनै काम सिद्ध गर्न बारबार जानु टाढाको बाटो जानु वा आउनु; छिटो छिटो जानु।
45821 धाउनी ना. धावा गरेर कुनै काम गर्ने प्रक्रिया; धाउने काम; ध्याउन्ना।
45822 धाक ना. १. भित्र कुनै पनि सार नभएको र बाहिरचाहिँ बढाइचढाइ गरिएको फोस्रो कुरो; बोक्रे रबाफ; आडम्बर।
45823 धाक ना. २. कुनै वस्तु वा विषयको मनमा परेको प्रभाव; हैकम।
45824 धाकधुक ना. साधारण विषयलाई बढाईचढाई ठुलो देखाउने काम; फाइँफुट्टी, धाकपाक।
45825 धाकपाक ना. फाइँफुट्टी; रोबरवाफ; धाकरवाफ।
45826 धाकरवाफ ना. रोबरवाफ; धाकपाक।
45827 धाकधाकिलो वि. धाक भएको; हैकम भएको; धाकी।
45828 धाकधाकिलो वि. स्त्री. धाकिली।
45829 धाकधाकी वि. बोक्रे रवाफ देखाउने; अस्वाभाविक फुइँ लगाउने; धाक लगाउने।
45830 धागा तलुवा वि. विशेष किसिमले बुनेर धागाकै तलुवा राखिएको (नेपाली जुत्ता)।
45831 धागाधागी वि. साना र ठुला धागाहरूको समूह।
45832 धागी ना. धागो (प्रायः बालबोलीमा)।
45833 धागो ना. १. रुवा आदिलाई चर्खा वा मेसिनमा कातेर बनाइएको डोरो; सुत; सूत्र।
45834 धागो ना. २. आइमाईले चुल्ठामा लगाउने बत्तु आदि जडिएको सुतहरूको गुच्छो।
45835 धागो ना. ३. विशेष किसिमको सूत्र।
45836 धागो ना. ४. माकुराले जाल बनाउन निकालेको मसिनो डोरो।
45837 धाङर ना. हे. धाँगर/धाँगड।
45838 धातधुत ना. कसैका साथमा रहेका वस्तु जबरजस्ती खोस्ने वा लछलाछ गर्ने काम; खोसखास; धुतधा।
45839 धातविक वि. १. धातुसम्बन्धी; धातुको।
45840 धातविक वि. २. धातुनिर्मित; धातुले बनेको।
45841 धाता ना. १. सृष्टि गर्ने देवता; विधाता; ब्रह्मा।
45842 धाता ना. २. पालन गर्ने देवता; विष्णु।
45843 धाता ना. ३. संहार वा कल्याण गर्ने देवता; शिव।
45844 धाता ना. ४. सूर्यका बाह्र रूपमध्ये एक।
45845 धाता ना. ५. उनन्चास वायुमध्ये एक।
45846 धाता ना. वि. ६. पालन गर्ने; पालक।
45847 धाता ना. ७. रक्षा गर्ने; रक्षक।
45848 धाता ना. ८. धारण गर्ने।
45849 धातु ना. १. अपारदर्शक, विशेष प्रकारको चमक र गुरुत्व रहने, ताप र विद्युत्को सञ्चार हुन सक्ने कुटेर लम्याउँदा वा बढाउँदा नटुक्रिने सुन, चाँदी, पित्तल, तामा, फलाम आदि खनिज पदार्।
45850 धातु ना. २. शरीरमा रहने रस, रगत, हाड, मासु, बोसो, मासी र वीर्य गरी जम्मा सात तत्त्व।