Dictionary

All Word

45701 धर्माधिकरण ना. १. धर्मसम्बन्धी अधिकार भएको अड्डा; न्यायालय।
45702 धर्माधिकरण ना. २. धर्मसम्बन्धी न्याय गर्ने व्यक्ति; न्यायाधीश।
45703 धर्माधिकरणिक ना. १. धर्मको निर्णय गर्ने अधिकार प्राप्त व्यक्ति; धर्माधिकारी।
45704 धर्माधिकरणिक ना. २. न्याय जान्ने र न्याय दिने व्यक्ति; न्यायाधीश।
45705 धर्माधिकार ना. १. धर्म र अधर्म केलाई त्यसको यथोचित न्याय दिने अधिकारी।
45706 धर्माधिकार ना. २. न्यायाधीश।
45707 धर्माधिकार ना. ३. दानको उचित प्रबन्ध गर्नका निम्ति नियुक्त गरिएको राजकर्मचारी।
45708 धर्माधिकार ना. ४. धर्मशास्त्र, ऐनकानुन, रीतिथिति वा चालचलनबमोजिम न्याय भएको छ- छैन भनी जाँचबुझ गर्ने र सो नभएमा यथोचित रूपमा धर्म र न्यायको व्यवस्था गर्नका निम्ति भएको प्रमुख अधिकार।
45709 धर्माधिकार ना. ५. राजालाई धार्मिक सल्लाह दिने व्यक्ति।
45710 धर्माधिकार ना. ६. धर्मशास्त्रका आधारमा न्याय गर्ने व्यक्ति।
45711 धर्माधिकारी ना. धर्मअधर्मको निर्णय वा व्यवस्था गर्ने व्यक्ति; धर्माधिकार।
45712 धर्माधिकृत / धर्माध्यक्ष ना. १. न्यायाधीश।
45713 धर्माधिकृत / धर्माध्यक्ष ना. २. धर्माधिकारी।
45714 धर्माधिकृत / धर्माध्यक्ष ना. ३. विष्णु।
45715 धर्माधिकृत / धर्माध्यक्ष ना. ४. यमराज।
45716 धर्मान्तर ना. आफ्ना पुर्ख्यौली धर्मबाहेकको कुनै धर्म; अर्को धर्म।
45717 धर्मान्तरण ना. आफ्नो धर्म छाडेर अर्को धर्म ग्रहण गर्ने काम।
45718 धर्मान्ध वि. स्वधर्ममा अन्धो सुरले विश्वास राख्ने र अर्काको धर्ममा द्वेष तथा तिरस्कारको भावना राख्ने।
45719 धर्मार्थ क्रि.वि. धर्मका निम्ति; पुण्यका लागि।
45720 धर्मावतार ना. १. धर्मका साक्षात् स्वरूप; अत्यन्त धर्मात्मा व्यक्ति।
45721 धर्मावतार ना. २. युधिष्ठिर।
45722 धर्मासन ना. धर्म र अधर्मको उचित न्याय गर्नका निम्ति बसिने आसन; न्यायाधीशको आसन।
45723 धर्मिणी ना. १. धर्मपत्नी; गृहलक्ष्मी; स्वास्नी।
45724 धर्मिणी ना. वि. २. धर्म गर्ने (आइमाई)।
45725 धर्मिष्ठ वि. धर्ममा अड्ने; धर्मात्मा; पुण्यात्मा।
45726 धर्मी वि. १. धर्म जान्ने एवं धर्म गर्ने; पुण्यात्मा।
45727 धर्मी वि. २. कुनै विशिष्ट धर्म वा गुण भएको।
45728 धर्मी वि. (जस्तो- तापधर्मी, द्रवधर्मी, प्रत्ययधर्मी)।
45729 धर्मी वि. ३. कुनै मत वा धर्मको अनुयायी।
45730 धर्मी वि. ना. ४. कुनैधर्म वा वृत्ति भएको वस्तु।
45731 धर्मी वि. ५. धार्मिक व्यक्ति।
45732 धर्मोन्मत्त वि. धर्मले उन्मत्त भएको; धर्मान्ध।
45733 धर्मोन्माद ना. १. धर्मका सम्बन्धमा हुने घमन्ड।
45734 धर्मोन्माद ना. २. आफ्नो धर्मलाई माथि उठाउन अरू धर्मको नाश गर्ने काम।
45735 धर्मोपाध्याय ना. धर्मका उपाध्याय; धर्मशिक्षक; पुरोहि।
45736 धर्म्य वि. १. धर्मको अनुकूल रहेको; धर्म वा न्यायले युक्।
45737 धर्म्य वि. २. धर्मसम्बन्धी।
45738 घर्षण ना. १. एकले अर्कालाई हियाएर गरिएको व्यवहार; अपमान; मानहानि।
45739 घर्षण ना. २. एकाएक जोरसँग झम्टने काम; आक्रमण।
45740 घर्षण ना. ३. दमन गर्ने काम; दबाब।
45741 धर्षणीय वि. घर्षण गर्न उचित; धर्षण गर्न सकिने।
45742 धर्साधर्सी ना. सानातिना थुप्रै धर्सा; सानाठुत्स धर्साहरूको समूह।
45743 धर्सो ना. १. धर्को; रेखा।
45744 धर्सो ना. २. पात, डाँठ आदिको नसो।
45745 धव ना. १. फेदतिर अलिअलि पातलो बोक्रो उक्किएर जाने, औलतिर हुने एक जातको रुख; बोट धयँरो।
45746 धव ना. २. पोइ; लोग्ने।
45747 धव ना. ३. स्वामी; मालिक।
45748 धवल वि. १. सेतो वा सुकिलो।
45749 धवल वि. २. कुनै कसर नभएको; निर्मल; स्वच्छ।
45750 धवल वि. ३. राम्रो सुन्दर; मनोहर।