Dictionary

All Word

45601 धर्म ना. १. व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति; प्रकृति; स्वभाव।
45602 धर्म ना. २. स्वाभाविक गुण; सहज वृत्ति।
45603 धर्म ना. ३.स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्य कार्य; पुण्य कर्म।
45604 धर्म ना. ४. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार; लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो- मानवधर्म, नारीधर्म, युगधर्म इ.)।
45605 धर्म ना. ५. असल आचरण; सदाचार; नियम।
45606 धर्म ना. ६. पुण्यः सत्कर्म।
45607 धर्म ना. ७. ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म।
45608 धर्म ना. ८. कुनै महापुरुषले चलाएको मत; सम्प्रदाय।
45609 धर्म अच्छेर ना. साँचो कुरो; हित हुने कुरो; भलो कुरो।
45610 धर्म कचहरी ना. प्राचीन कालमा पाप, दुष्कर्म, भ्रष्टाचार आदि निवारण गर्नका निम्ति थापिएको अदाल।
45611 धर्मकर्म ना. धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसारको पुण्यकर्म; धार्मिक कार्य गर्ने काम; धर्मलाई नै परम कर्तव्य सम्झने काम; धार्मिक कार्य।
45612 धर्मकार्जे ना. धर्मसम्बन्धी कार्य; पुण्यकार्य; धर्मकार्य।
45613 धर्मकार्य ना. पाठपूजा स्नानध्यान, दान, यज्ञ, तीर्थव्रत आदि कार्य; धर्मकर्म।
45614 धर्मकृच्छ्र ना. धार्मिक दृष्टिले कुनै काम गर्दा उचित - अनुचित छुट्ट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट।
45615 धर्मकोश ना. १ धर्मका विविध लक्षणको व्याख्या भएका शास्त्रहरूको समुदाय।
45616 धर्मकोश ना. २. कर्तव्य वा सदाचार एवं आचारविचारहरूको समुदाय।
45617 धर्मक्षेत्र ना. धर्मको क्षेत्र; कुरुक्षेत्र।
45618 धर्मग्रन्थ ना. १. जातीय वा सामाजिक आचारविचार, नीतिनियम, व्यवहार, उपासना, व्रत आदिका लक्षण लेखिएको ग्रन्थ; धर्मका आधारभूत तथ्यहरू भएको ग्रन्थ, धर्मशास्त्र; धार्मिक श्रद्धा वा विश्वासयुक्त कुनै ग्रन्थ वा पुराण आदि।
45619 धर्मघर ना. धर्मका निम्ति बनाइएको घर; धर्मको शिक्षादीक्षा आदि दिनेलिने घर।
45620 धर्मचर्या ना. धर्मको आचरण; धार्मिक व्यवहार; धर्मपालन।
45621 धर्मचारी वि. १. आफ्ना धर्मअनुसार आचरण गर्ने; निरन्तर स्वधर्ममा लागिरहने।
45622 धर्मचारी वि. ना. २. तपस्वी।
45623 धर्मचारी वि. 3. सन्न्यासी।
45624 धर्मचिन्तन ना. धर्मका सम्बन्धमा गरिने मनन वा विचार।
45625 धर्मच्युत वि. आफ्ना धर्मबाट च्युत भएको; स्वधर्मबाट पतित भएको।
45626 धर्मज्ञ वि. धर्मका विषयमा ज्ञान भएको; धर्मजान्ने; धर्मविद्।
45627 धर्मतः क्रि.वि. धर्मपूर्वक; धर्मअनुसार; धर्मका दृष्टिले।
45628 धर्मतन्त्र ना. कुनै समाजको व्यवस्थाका निम्ति नीति र सदाचारसम्बन्धी नियमहरू लेखिएको ग्रन्थ; धर्मसम्बन्धी कुराको विवेचना भएको शास्त्र।
45629 धर्मत्याग ना. धर्म छाड्ने काम; धर्ममा अविश्वास गर्ने काम; धर्मबाट विमुख हुने काम।
45630 धर्मत्राता ना. धर्मको रक्षा गर्ने व्यक्ति; धर्मलाई हरतरहले जोगाएर राख्ने व्यक्ति; धर्मरक्षक।
45631 धर्मद वि. १. आफूले जानेको धर्म अरूलाई सिकाउने; धर्मदान गर्ने; धर्मदाता।
45632 धर्मद वि. २.पुण्य प्राप्त गराउने।
45633 धर्मदान ना. पवित्र भावनाले गरिने दान; धार्मिक विधिविधानअनुसारको दान; सात्त्विक दान।
45634 धर्मदारा ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी; धर्मपत्नी।
45635 धर्मद्रोही वि. १. धर्मका सम्बन्धमा द्रोह गर्ने; धर्ममा अनास्था राख्ने; नास्तिक।
45636 धर्मद्रोही वि. ना. २. असुर; राक्षस।
45637 धर्मदुवार / द्वार ना. धर्म गर्ने व्यक्ति मात्र छिर्न सक्ने तर पापी चाहिँ छिर्न नसक्ने वा बीचैमा अड्कने भनी पुराणमा वर्णित एक ढोका।
45638 धर्मध्वज / ध्वजी ना. देखावटी रूपमा धर्म गर्ने व्यक्ति; आडम्बरका निम्ति धर्म गरे झैँ गर्ने व्यक्ति; पाखण्डी; ढोंगी।
45639 धर्मनिरपेक्ष वि. कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने (राज्य, समाज)।
45640 धर्मनिष्ठ वि. धर्ममा आस्था राख्ने; धर्ममा विश्वास गर्ने; धर्मपरायण; धार्मिक।
45641 धर्मदण्डी ना. डाँडीजस्ता काठलाई काँधमा राखेर साना बियाजस्ता लट्ठीले हानेर बौद्ध संस्कृतिसम्बन्धी धार्मिक कार्यहरूमा बजाइने एक खालको बाजा।
45642 धर्मपट्ट १. राजा अथवा धर्माधिकारीले दिएको धर्मसम्बन्धी व्यवस्थापत्र।
45643 धर्मपट्ट २. धर्म वा धर्मको पुस्तक वा देवदेवीलाई साछी राखी गरिएको सम्झौतापत्र; धर्मपत्र।
45644 धर्मपत्नी ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी, धर्मदारा।
45645 धर्मपत्र ना. १. देवदेवी वा धर्मशास्त्रका पुस्तकलाई साक्षी राखेर पारस्परिक विश्वासका निम्ति लेखिएको कागज।
45646 धर्मपत्र ना. २. धर्मको व्यवस्था कसरी गर्ने भन्ने सम्बन्धमा लेखिएको पत्र; धर्मपट्ट।
45647 धर्मपथ ना. धर्मको बाटो; धर्मशास्त्रले बताएको आचरण वा नियम।
45648 धर्मपर/परायण वि. धर्ममा श्रद्धा गर्ने; धर्मका नीतिनियम वा विधिविधानको पालना गर्ने; धर्ममा निष्ठा राख्ने; धर्मनिष्ठ।
45649 धर्म परिणाम ना. १.योगशास्त्रअनुसार पञ्चमहाभूत र इन्द्रियहरूको एउटा रूप वा स्थितिबाट अर्को रूप अथवा स्थितिमा परिणत हुने वृत्ति; एक धर्मबाट निवृत्त भएपछि अर्को धर्मको प्राप्ति।
45650 धर्म परिणाम ना. २. धर्मपरिवर्तन।