Dictionary

All Word

45751 धवलपाण्डु ना. सेतो रङको ढुकुर।
45752 धवला वि. १. धवल बान्की वा रङकी; त्यस्तै स्वच्छ वा मनोहर।
45753 धवला वि. ना. २. सेतो गाई।
45754 धवला वि. ३. नेपालको दार्चुला जिल्लामा बसोबास गर्ने व्यासी जातिले मनाउने मुख्य चाड।
45755 धवलागिरि ना. १. मध्यपश्चिम नेपालको म्याग्दी जिल्लामा पर्ने ८,१६७ मिटर अग्लो हिमचुचुरो वा पहाड; धौलागिरि; धौलासिरी।
45756 धवलागिरि ना. २. सोही नाममा रहेको नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने एक अञ्चल; धौलागिरि अञ्चल।
45757 धवलिमा ना. सेतो हुनाको भाव; सेतोपना।
45758 धसरा ना. १. भिरालो जमिन धस्किएको ठाउँ; पहिरो गएको ठाउँ।
45759 धसरा ना. २. फुको माटो भएको खेतबारीमा लामा फड्का गरी कुद्दा परेका गाईबस्तुका खुट्टाका ठुलठुला डाम।
45760 धसाइ ना. धस्ने क्रिया वा प्रक्रिया।
45761 धसाइनु क.क्रि. धस्ने पारिनु; धसाउने काम गरिनु।
45762 धसाउनु प्रे. क्रि. घस्ने पार्नु; धस्न लाउनु।
45763 धसान ना. १. बर्सादका पानीले गल्दा भिरालो जमिनको माटो सोहोरिएर झर्ने प्रक्रिया; धस्ने काम।
45764 धसान ना. २. गिलो, फुको, हलुको वा थलथले जमिनमा गह्रौँ वस्तुले थिच्ता माटो तलतिर खाँदिने चाल।
45765 धसान ना. ३. भासिने खालको जमिन।
45766 धसान ना. ४. दलदल; धाप।
45767 धसारिनु क.क्रि. १. धस्कने पारिनु।
45768 धसारिनु क.क्रि. अ.क्रि. २. धस्कनु।
45769 धसारो माटो धस्काउँदै हिँडेको लामो फड्को; त्यसरी हिँड्दा परेको पैतालाको डाम।
45770 धसार्नु स.क्रि. माथिबाट थिच्ता माटो धस्कने गर्नु; धस्काउनु।
45771 धसिँगर / धसिङ्गर वि. ध्वाँसोजस्तो कालो र नसुहाउँदो मोटोघाटो; धुस्रोफुस्रो।
45772 धसिङ्गरे वि. १. धसिङ्गर।
45773 धसिङ्गरे वि. २. ससाना खस्रा पात हुने, चुत्राका जस्ता काला गेडा फल्ने एक जातको बोट, त्यसैको फल वा गेडा।
45774 धसिनु क.क्रि. १. धस्ने काम गरिनु; रगडिनु।
45775 धसिनु क.क्रि. अ.क्रि. २. बेसरी काममा लागिनु।
45776 धस्कनु अ.क्रि. लुगा, कपडा आदि धसिएर फाट्न आँट्नु; खिइनु; जीर्ण हुनु।
45777 धस्काइ ना. धस्कने काम।
45778 धस्काउनु प्रे.क्रि. धस्कने पार्नु; धस्कन लगाउनु।
45779 धस्किनु अ.क्रि. १. धस्कनु।
45780 धस्किनु अ.क्रि. क. क्रि. २. घोटिनु।
45781 धस्को ना. धसिएको चिह्न; लुगा आदि धसिएर जीर्ण भएको अवस्था।
45782 धस्क्याइ ना. धस्को फाट्ने वा धस्किने क्रिया-प्रक्रिया।
45783 धस्क्याइनु क.क्रि. धस्किने पारिनु।
45784 धस्क्याउनु प्रे. क्रि. धस्किने पार्नु।
45785 धस्नु स.क्रि. १. कुनै वस्तु अर्को साहो वस्तुमा घोट्ने, रगेड्ने काम गर्नु।
45786 धस्नु स.क्रि. २. घुँडा, कुहिना आदिले ठेल्ने वा थिच्ने काम गर्नु।
45787 धस्नु स.क्रि. ३. छुरा आदि शरीर वा अन्य कुनै कोमल वस्तुमा रोप्ने तथा भसाउने काम गर्नु।
45788 धस्नु स.क्रि. ४. खाँबो आदि गाड्नु।
45789 धस्नु स.क्रि. ५. उपभोग गर्नु।
45790 धस्नु स.क्रि. अ.क्रि. ६ माटो आदि तलतिर खाँदिनु।
45791 धस्नु स.क्रि. ७. खाँबो, घोचो आदि भासिनु।
45792 धस्याइ ना. धसिने किसिम वा क्रिया।
45793 धस्याइनु क.क्रि. धसिने पारिनु।
45794 धस्याउनु प्रे.क्रि. धसिने पार्नु।
45795 धस्रा ना. १. कुनै विषयमा हुने मानसिक दुर्बलता; सन्देह; शङ्का।
45796 धस्रा ना. २. मानसिक त्रास; भय।
45797 धस्रो ना. १. सागपात आदिमा हुने पातलो नसो।
45798 धस्रो ना. २. लुगा- कपडामा हुने कुनै दाग वा धर्को; धर्सो।
45799 धाँगर/धाँगड ना. १. तराई क्षेत्रमा बसोबास गर्ने एक जाति; धाङर।
45800 धाँगर/धाँगड ना. वि. २. ठुलो जिउडालको; ढड्डू।