Dictionary

All Word

45551 धराधर ना. १. पुराणअनुसार धरालाई धारण गर्ने वा पृथ्वीलाई अड्याइराख्ने भनिएका देवता, प्राणी वा वस्तु।
45552 धराधर ना. २. विष्णु।
45553 धराधर ना. ३. शेषनाग।
45554 धराधर ना. ४. पर्वत; पहाड।
45555 धराधिप ना. पृथ्वीका अधिपति; राजा; भूपति।
45556 धराधीश ना. धराका अधीश; राजा।
45557 धरान ना. १. आराले काठ चिर्नका लागि बनाइएको चिर्ने काठ अड्याउने टाँड।
45558 धरान ना. २. पूर्वी नेपालको कोसी अञ्चलमा पर्ने सुनसरी जिल्लाको एक प्रसिद्ध ठाउँ वा सहर।
45559 धरान ना. ३. कुनै विषयमा आपसी सल्लाहअनुसार गरिएको निर्णय, निधो।
45560 धराने धरानमा बस्ने; धरानमा उब्जने वा हुने; धरानको।
45561 धराप ना. १. पशुपक्षीलाई अल्झनमा पारेर समाउनका निम्ति बनाइएका खाडल, डोरी, खोर, पासो आदि।
45562 धराप ना. २. जोखिमी वस्तु।
45563 धराप ना. ३. खतरा ठाउँ।
45564 धरापिलो वि. धराप भएको; धरापजस्तो डरलाग्दो; जोखिमी; खतरनाक।
45565 धराली ना. केटाकेटीको हेरविचार गर्ने आइमाई; बालबालिकाको संरक्षण गर्ने स्त्री; धाई।
45566 धराले ना. १. धरालो।
45567 धराले ना. वि. २. धरालोसम्बन्धी; धरालाको।
45568 धरालो ना. केटाकेटीको हेरचाह गर्ने व्यक्ति; बालकको संरक्षण गर्ने व्यक्ति।
45569 धराल्नी ना. हे. धराली।
45570 धराशायी वि. १. धरामा शयन गरेको जमिनमा पछारिएको; लडेको।
45571 धराशायी वि. २. मरेको।
45572 धरि ना. समेत; लगायत; पर्यन्त; तक; पनि।
45573 धरि ना. (उदा.- उसले अरू सामान त के जुत्ताधरि माग्न छाड्दैन।)।
45574 धरित्री ना. धरती; पृथ्वी।
45575 धरिन ना. तलो थाम्नका निम्ति तेर्स्याइएको ठुलो र लामो काठ; निदाल।
45576 धरिनु क.क्रि. धर्ने काम गरिनु।
45577 धरो ना. धर; धर्को; धजो।
45578 धरोधर्म ना. कुनै कामकुरामा अरूलाई विश्वास दिलाउन धर्म साछी राखेर गरिने शपथ; धर्म भाक्ने काम; किरिया; कसम।
45579 धरोट/धरौट ना. १. पछि फिर्ता लिने गरी आफ्ना विश्वासिला व्यक्तिलाई राख्न दिएको वस्तु; नासो।
45580 धरोट/धरौट ना. २. सापट लिएका रुपियाँको जमानतस्वरूप राखिएको वस्तु; धितो; धरौटी।
45581 धरोटी ना. धरोट।
45582 धरौटी ना. हे. धरोट; धरोटी।
45583 धरौटी स्याहा ना. कसैले बुझाउन ल्याएको नगद, जिन्सी बुझेर पनि सदर स्याहामा आम्दानी चढाउन अड्काउ परेका खण्डमा त्यसको निर्णय पछि गर्ने गरी छुट्टै स्याहामा आम्दानी बाँध्ने कागज।
45584 धर्कनु अ.क्रि. कपडा आदि च्यात्तिँदा आवाज आउनु; कपडा आदि च्यात्तिनु, धरो हुनु।
45585 धर्काइ ना. धर्कने क्रिया वा प्रक्रिया।
45586 धर्काइनु क.क्रि. धर्कने पारिनु।
45587 धर्काउनु प्रे. क्रि. धर्कने पार्नु।
45588 धर्काधर्की ना. सानाठुला धर्काहरूको समुदाय; धर्साधर्सी।
45589 धर्किनु अ.क्रि. धर्कने काम होइन; धरो पारिनु।
45590 धर्के वि. धर्का परेको; धर्का भएको; डोरे।
45591 धर्के मृग ना. खैरो रङको, शरीरमा सेता धर्का हुने र भेडाका जस्ता सिङ हुने एक जातको मृग।
45592 धर्को ना. कागज, कपडा, भित्तो आदिमा कोरिएको लामो धर्सो; रेखो; डोरो।
45593 धर्ता ना. १. धारण गर्ने व्यक्ति।
45594 धर्ता ना. २. भूभार वहन गर्ने व्यक्ति।
45595 धर्ती ना. धरती; पृथ्वी।
45596 धर्ना ना. १. कुनै काम सिद्ध गर्नका निम्ति निरन्तर गरिने प्रयास; प्यादा।
45597 धर्ना ना. २. माग पूरा गराउनका निम्ति गरिने घेराउ।
45598 धर्ना ना. ३. कसैले केही देला कि वा काम पूरा गर्ला कि भन्ने आशाले ढुक्ने काम।
45599 धर्ना ना. ४. हात्ती बाँध्ने साङ्लो।
45600 धर्नाढुक ना. केही पाउने आशाले दकिरहने काम।