Dictionary

All Word

45401 धप्प क्रि.वि. १. एकाएक आगो, बत्ती आदि बल्ने वा निम्ने गरी।
45402 धप्प क्रि.वि. २. लुगा, गहना आदिले सिँगारिने गरी; झिकिझकाउ; झरिट्ट।
45403 धब्बा ना. १. दाग; टाटो।
45404 धब्बा ना. २. दोष; कलङ्क।
45405 धब्बा ना. ३. आरोप; अभियोग।
45406 धमन ना. १. आगो फुक्ने काम।
45407 धमन ना. २. खलाँती चलाउने काम।
45408 धमनी ना. १. हृदयबाट विभिन्न अङ्गमा रगत जाने नाडी; शिरा।
45409 धमनी ना. २. गर्दन; गलो; घाँटी; घोक्रो।
45410 धमाधम क्रि.वि. १. कुनै काम सरासर गरिरहने गरी; लगातार; निरन्तर।
45411 धमाधम क्रि.वि. ना. २. धावाधावासँग कुनै काम गरिने क्रिया - प्रक्रिया।
45412 धमार ना. १. भइरहेको कामलाई ध्वस्त पार्ने काम।
45413 धमार ना. २. उपद्रो; उत्पा।
45414 धमार ना. ३. बलिरहेको आगामा साधुहरूद्वारा कुदने क्रिया।
45415 धमार ना. ४. धूमचक्र मच्चाउने काम।
45416 धमारी ना. १. उधुम मच्चाउने क्रियाप्रक्रिया।
45417 धमारी ना. २. उपद्रो; उत्पा।
45418 धमारी ना. ३. नचाहिँदोसँग चलाचल र खेलद्वारा धूमचक्र मच्चाउने काम।
45419 धमारी ना. वि. ४. धमारसम्बन्धी।
45420 धमास १. कसैलाई देखाइने मपाईंपूर्ण शक्ति; धाक; घमन्ड।
45421 धमास २. चुनौती; हाँक; ललकार।
45422 धमिनी ना. १. धामीझाँक्रीको काम गर्ने आइमाई।
45423 धमिनी ना. २. धामीकी स्वास्नी।
45424 धमिरा ना. धमिरो।
45425 धमिरा धमिरी ना. सानाठुला धेरै धमिरा; धमिराहरूको समूह।
45426 धमिरे वि. १. धमिराको जस्तो स्वभाव भएको।
45427 धमिरे वि. २. आफ्नै आश्रयस्थल र आफन्तसमेतलाई भित्रभित्रै नजानिँदो किसिमले खोक्रो पार्ने (व्यक्ति)।
45428 धमिरो ना. माटामाथि राखिएका काठ आदिमा माटो थुपारी लुक्ने ठाउँ बनाएर बस्ने र बिस्तारै काठ आदिलाई खाँदै जाने, कमिलाका आकारको एक जातको रातो र खैरो किरो; काठ, किताब आदिलाई छियाछिया पारेर नष्ट गर्ने किरो।
45429 धमिलिनु अ.क्रि. १. धमिलो हुनु, पानी आदि तरल पदार्थ मैलिनु।
45430 धमिलिनु अ.क्रि. २. आँखाले राम्ररी ठम्याउन नसक्नु।
45431 धमिलिनु अ.क्रि. ३. बादल लागेर सूर्यको प्रकाश छेकिनाले स्पष्टसित नदेखिनु।
45432 धमिलिनु अ.क्रि. ४. मनमा शङ्का उब्जनु।
45433 धमिलिनु अ.क्रि. ५. कारणवश स्नेह, प्रेम आदि कम हुनु।
45434 धमिलिनु अ.क्रि. ६. व्यवहार तथा घरगृहस्थी बिग्रनु।
45435 धमिलो वि. १. धुलो, कसिङ्गर आदि परेर मैलो भएको (पानी)।
45436 धमिलो वि. २. राम्रोसँग नदेखिने; अस्पष्ट।
45437 धमिलो वि. ३. उज्जर नभएको।
45438 धमिलो वि. ४. दूषित विचार भएको।
45439 धमिलो पानी ना. जाँड; बियर।
45440 धमिल्याइ ना. धमिल्याउने वा धमिलो हुने भाव, क्रिया वा प्रक्रिया।
45441 धमिल्याइनु क.क्रि. धमिलो पारिनु।
45442 धमिल्याउनु स.क्रि. १. सङ्लो र शुद्ध पानीलाई मैला हाली धमिलो पार्नु।
45443 धमिल्याउनु स.क्रि. २. मन वा विचारलाई कलङ्कित वा दूषित पार्नु।
45444 धमेल ना. धामीको काम वा पेसा।
45445 धमेली वि. धमेलसम्बन्धी; धामीले गर्ने (धुपधुवाँर आदि)।
45446 धमेली ना. कुनै काम धमाधमसँग गर्ने क्रियाप्रक्रिया; मेहनतको कामगराइ।
45447 धमेलो १ ना. धामीले गर्ने काम; धमेली।
45448 धमेलो २ ना. धमाधमको कामगराइ।
45449 धम्का ना. पाडाबाछा आदिले दुध खाँदा माउका फाँचामा दिने धक्का।
45450 धम्काइ ना. धम्काउने क्रियाप्रक्रिया।