Dictionary

All Word

45351 धनेस ना. गर्दन र चुच्चो बढी लामो हुने र खुट्टासमेत अग्ला भई लमकलमक गरेर हिँडने एक जातको चरो।
45352 धन्दा ना. १. कुनै पनि कामकाज बिग्रेला कि भनेर मनमा पर्ने पिरलो।
45353 धन्दा ना. २. शोकसुर्ता, चिन्ता।
45354 धन्दा ना. ३. कामधन्दा।
45355 धन्दा ना. ४. घरेलु कामकाज; धन्धा।
45356 धन्दा ना. ५. जीविकोपार्जनका निम्ति गरिने काम; पेसा।
45357 धन्दा ना. ६. उद्योगधन्धा।
45358 धन्दा ना. ७. भाँडा माझ्ने काम।
45359 धन्दे वि. धन्दा गर्ने।
45360 धन्दे भाग ना. घरधन्दा गर्ने व्यक्तिका निम्ति पर सारिने भाग; धन्दा गर्नेलाई दिइने भाग।
45361 धन्धा ना. हे. धन्दा।
45362 धन्न / धन्ने वि. धन्य।
45363 धन्न / धन्ने हो वि.बो. खुसी वा व्यङ्ग्यमा प्रकट गरिने उद्गार; साहै राम्रो; बहुत भयो; पुग्यो (उदा.- धन्न हो, तपाईंले भानिजका लागि धेरै गर्नुभयो ! दिनभरि सुतेर बस्यौ होइन ? धन्ने हो ! )।
45364 धन्य वि. १. विशेष योग्यता वा यस्तै कारणले प्रशंसा गर्न योग्य; राम्रो काम गर्ने।
45365 धन्य वि. २. कृतार्थ, कृतकृत्य।
45366 धन्य वि. वि.बो. राम्रो वा बहादुरीको काम गर्नेलाई प्रशंसा गर्दा भनिने शब्द; धन्यधान्य।
45367 धन्यम्मन्य वि. आफूलाई धन्य र भाग्यमानी ठान्ने।
45368 धन्यवाद ना. १. उपकार, अनुग्रह आदि गरेकोमा कृतज्ञता प्रकट गरेर भनिने शब्द; साधुवाद।
45369 धन्यवाद ना. २. प्रशंसा; तारिफ।
45370 धन्यवाद ज्ञापन ना. कसैले गरेको उपकार, अनुग्रह आदिका सट्टामा कृतज्ञता जनाउने काम; कृतज्ञताज्ञापन।
45371 धन्या ना. १. धाईआमा; धाई।
45372 धन्या ना. २. अमला।
45373 धन्या ना. ३. धनियाँ।
45374 धन्या ना. वि. ४. प्रशंसा गर्न लायककी (स्त्री)।
45375 धन्वन्तरि ना. १. आयुर्वेदशास्त्रका प्रवर्तक प्रसिद्ध आचार्य; देवताहरूका वैद्य।
45376 धन्वन्तरि ना. २. विष्णुका चौबिस अवतारमध्ये एक।
45377 धन्वन्तरि ना. ३. समुद्रमन्थनबाट निस्केका चौध रत्नमध्ये एक।
45378 धन्वन्तरि ना. ४. राजा विक्रमादित्यका सभाका नवरत्नमध्ये एक।
45379 धन्वी वि. १. धनुर्धारण गर्ने; धनुर्धारी।
45380 धन्वी वि. ना. २. धनु लिने व्यक्ति; धनुर्धर।
45381 धन्वी वि. ३. अर्जुन।
45382 धन्वी वि. ४. राम।
45383 धपक्क क्रि.वि. १. बत्ती, आगो आदि एकाएक बल्ने वा निभ्ने गरी।
45384 धपक्क क्रि.वि. २. रूप चौपट्ट खुलेर वा सिँगारपटार गरेर; एकदमसित सजिने गरी।
45385 धपाइनु क.क्रि. लगारिनु; लखेटिनु।
45386 धपाउनु स.क्रि. १. कुनै ठाउँबाट कसैलाई हटाउनु; लगार्नु; खेद्नु; लखेट्नु।
45387 धपाउनु स.क्रि. २. देशनिकाला गर्नु, देशबाट निर्वासन गर्नु।
45388 धपाउनु स.क्रि. ३. बिस्तारै हिँडेको गाईबस्तुलाई पछाडिबाट खेद्नु।
45389 धपिनु क.क्रि. धपाउने काम गरिनु; लखेटिनु।
45390 धपेड्नु स.क्रि. १. धावा पर्ने गरी लखेट्नु, खेद्नु।
45391 धपेड्नु स.क्रि. २. धपेडी गर्नु।
45392 धपेड ना. धावा पर्ने स्थिति; धपेडाइ; थकाइ।
45393 धपेडाइ ना. धपेडिने भाव, क्रिया वा प्रक्रिया।
45394 धपेडाइनु क.क्रि. धपेडिने पारिनु; धपाइनु।
45395 धपेडाउनु प्रे. क्रि. धपेड्न लाउनु; धपाउनु।
45396 धपेडिनु अ.क्रि. हिँडाइ वा कुनै कामबाट ज्यादा थाक्नु; धपेडी गर्नु।
45397 धपेडी/धपेरी ना. १. लगातारको हिँडाइ वा बढ्ता कामबाट हुने अत्यधिक परिश्रम धामा।
45398 धपेडी/धपेरी ना. २. जिउले नसक्ने कामबाट हुने शारीरिक शिथिलता।
45399 धपोट ना. ढपोट।
45400 धप्कादार वि. धप्को भएको; धप्प बल्ने।