Dictionary

All Word

45201 धत् वि.बो. २. तिरस्कारका साथ कसैलाई पर हटाउनका निम्ति प्रयोग गरिने शब्द।
45202 धत् वि.बो. ३. खराब कामकुरो भन्ने वा गर्ने व्यक्तिलाई फट्कारिने शब्द, धुत्।
45203 धतङ्याइ ना. धतङ्याउने क्रिया वा प्रक्रिया।
45204 धतङ्याइनु क.क्रि. धतङ्याउने काम गरिनु।
45205 धतङ्याउनु स.क्रि. तुरुन्तातुरुन्तै धुतेर लानु।
45206 धताइ ना. धताउने भाव, क्रिया वा प्रक्रिया।
45207 धताइनु क.क्रि. १. धताउने पारिनु; धतुराइनु।
45208 धताइनु क.क्रि. अ.क्रि. २. धताउने होइनु।
45209 धताउनु अ.क्रि. १. निद्रामा बेसुरसँग कराउनु।
45210 धताउनु अ.क्रि. २. बेसुरका कुरा गर्नु; बौलाउनु; सन्कनु।
45211 धताहा वि. धताउने स्वभावको; धतुराउने।
45212 धतुई वि. धताउने स्वभावकी (स्त्री)।
45213 धतुङ्गो वि. १. उट्पट्याङ स्वभावको; उटुङ्ग्याहा।
45214 धतुङ्गो वि. २. अर्धसिल्ली; अर्द्धविक्षिप्त; पगलाहा।
45215 धतुराइ ना. धतुराउने भाव, क्रिया वा प्रक्रिया।
45216 धतुराइनु अ.क्रि. धतुराउने होइनु।
45217 धतुराउनु अ.क्रि. धतुरो खाएर जथाभावी बोल्नु; निद्रामा बेसुरसँग फतफताउनु; धतुलाउनु; धताउनु।
45218 धतुरिनु अ.क्रि. धतुराउने होइनु।
45219 धतुरे वि. धतुराउने; धतुराउने स्वभावको।
45220 धतुरे फूल ना. धतुराको जस्तो फुल्ने एक जातको फूल।
45221 धतुरो ना. बिब्ल्याँटापट्टि कालो कालो रङ र सब्ल्याँटातिर हरियापात हुने, काँडैकाँडाले भरिएका ठुला फल फल्ने र सेतो, कालो, पहेँलो, रातो र निलो गरी पाँच थरी फूल फुल्ने एक जातको बोट।
45222 धतुलाइ ना. धतुलाउने भाव, क्रिया वा प्रक्रिया।
45223 धतुलाइनु अ.क्रि. जथाभाबी बोलिनु, धतुराइनु।
45224 धतुलाउनु अ.क्रि. धतुराउनु।
45225 धतुलिनु अ.क्रि. धतुलाउने होइनु।
45226 धतुली वि. धतुलाउने; धतुलाउने स्वभावकी (स्त्री)।
45227 धतुले वि. धतुलाउने स्वभावको; धतुलाउने।
45228 धतुलो वि. धतुलाउने स्वभावको; नशाले बौलाउने।
45229 धतेला ना. लगभग तीन मिटर अग्लो हुने, दाँती परेको वा नपरेको भालाजस्तो पात हुने, सेतो फूल फुल्ने काँडादार एक बोट।
45230 धत्तेरि वि.बो. १. नचाहिँदो काम गर्नेलाई हप्काउने शब्द धत्।
45231 धत्तेरि वि.बो. २. कुनै कामकुरो भएगरेकोमा पछुतो मानेर भनिने शब्द।
45232 धत्यौरो वि. १. हप्काउनुपर्ने वा तिरस्कार गरिने स्वभावको।
45233 धत्यौरो वि. २. झगडालु।
45234 धत्यौरो वि. ३. छुच्चो स्वभाव भएको (मान्छे )।
45235 धन ना. १. जीवननिर्वाहमा सहायता पुऱ्याउने र कमाउन वा प्राप्त गर्न परिश्रम, पुँजी, समय लगाउनुपर्ने मूल्यवान् पदार्थ; सम्पत्ति (खेत, जमिन, घर, रुपियाँपैसा इ.)।
45236 धन ना. २. यथेष्ट मात्राम रहने उक्त प्रकारको कुनै चिज (गोधन, अश्वधन इ.)।
45237 धन ना. ३. कुनै वस्तुसँग विनिमय गर्न सकिने वा लगानी गरिने र लोकव्यवहारमा प्रचलित मुख्य रूपले चाँदी, तामा, पित्तल, सुन आदिको सिक्का, रुपियाँपैसा।
45238 धन ना. ४. विद्या, बुद्धि, धर्म, कर्म आदि।
45239 धन ना. ५. प्राणसमान परमप्रिय व्यक्ति (उदा.- आफ्ना जीवनधन नै बिलाएपछि बिचरी के गरून्!) ६. जन्मकुण्डलीमा जन्मलग्नबाट दोस्रो स्थान।
45240 धन ना. ७. गणितमा जोड्ने वा मिलाउने चिह्न जोड (+)।
45241 धन ना. ८. हिसाबकिताबमा कसैका नाउँमा जम्मा भएको रकमकलम; (क्रेडिट)।
45242 धनकुटा ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रमा पर्ने कोसी अञ्चलअन्तर्गतको एक पहाडी जिल्ला, त्यसै जिल्लाको सदर मुकाम।
45243 धनकुटाली/धनकुटे/धनकुटेली वि. १. धनकुटाको बासिन्दा।
45244 धनकुटाली/धनकुटे/धनकुटेली वि. २. धनकुटासम्बन्धी।
45245 धनकुबेर वि. कुबेरसमानको धनी, ठुलो धनी; प्रशस्त सम्पत्तिवाल।
45246 धनजमानी ना. १. असामीले बुझाउनुपर्ने रकम वा पूरा गर्नुपर्ने कामकुरा नगरेमा आफूले सो रकम बुझाउँला भनी गर्ने कबुल।
45247 धनजमानी ना. २. त्यस्तो कबुल गर्ने व्यक्ति।
45248 धनजमानी ना. ३. जमानत राखिएको रकम।
45249 धनजमानी पत्र भाकाभित्र कुनै रकम बुझाउन नसकेमा 'म बुझाउँला' भनी भरपर्दो व्यक्तिले गरिदिने कागज; धनजमानी बस्नेको लिख।
45250 धनञ्जय ना. १. प्राणीका शरीरभित्र रहने पोसिलो वायु।