Dictionary

All Word

45051 द्विरागमन ना. ३. दुलान फर्काउने काम।
45052 द्विरुक्त वि. १.दोहोऱ्याएर भनिएको; दुई चोटि भनिएको।
45053 द्विरुक्त वि. २. दुई प्रकारले उल्लेख गरिएको।
45054 द्विरुक्त वि. ना. ३. पुनर्कथन।
45055 द्विरुक्ति ना. १.व्याकरणका अनुसार शब्द वा वर्ण दोहोरिने प्रक्रिया।
45056 द्विरुक्ति ना. २. एक चोटि भनिसकेको कुरो फेरि अर्को चोटि भन्ने काम।
45057 द्विरुक्ति ना. ३. पुनरुक्ति हुँदा पर्ने एक काव्यदोष।
45058 द्विरूढा ना. दोस्रो विवाह गर्ने आइमाई; दुईपोइले स्वास्नीमान्छे।
45059 द्विवचन ना. संस्कृत व्याकरणका अनुसार दुई सङ्ख्या बुझाउने वचन।
45060 द्विविध वि. दुई प्रकारको; दुई खालको।
45061 द्विविधा ना. दोधार; दोठ्याङ; सन्देह; धुकचुक; अरेमरे; दुविधा।
45062 द्विशिर/द्विशीर्ष वि. १.दुई शिर भएको; दुईटाउके।
45063 द्विशिर/द्विशीर्ष वि. ना. २. अग्नि।
45064 द्विशिर/द्विशीर्ष वि. ३. शत्रु; वैरी।
45065 द्विसदनात्मक वि. विधानमण्डल वा संसदीय मण्डलको दुई सदन हुने (बेलायतको कमन सभा र लर्डसभा, भारतको लोकसभा र राज्यसभा, नेपालको २०४७ सालको संविधान अनुसारको प्रतिनिधिसभा र राष्ट्रियसभा इ.)।
45066 द्विस्वर ना. एक स्वरको उच्चारण गर्दै अर्को स्वरको उच्चारणमा लागिने हुनाले दुवै स्वरको संयुक्त रूपमा उच्चारण गरिने स्वर; संयुक्त स्वर।
45067 द्वीप ना. १.चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु।
45068 द्वीप ना. २. पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बु, प्लक्ष, कुश,शाल्मली, क्रौञ्च, शाक र पुष्कर)।
45069 द्वीपी वि. १.द्वीपसम्बन्धी; द्वीपको।
45070 द्वीपी वि. २. द्वीप वा टापुमा गएर बस्ने।
45071 द्वीपी वि. ना. ३. बाघ।
45072 द्वीपी वि. ४. चितुवा।
45073 द्वेष ना. १.मन नपरेको व्यक्तिको अहित चिताउने मानसिक प्रवृत्ति; डाह; ईर्ष्या।
45074 द्वेष ना. २. दुस्मनी; शत्रुता;इबी।
45075 द्वेषण ना. १.द्वेष गर्ने काम; डाहा गर्ने क्रिया।
45076 द्वेषण ना. २. घृणा; निन्दा।
45077 द्वेषण ना. ३. शत्रु; दुस्मन।
45078 द्वेषी वि. १.द्वेष गर्ने; डाहा गर्ने।
45079 द्वेषी वि. ना. २. शत्रु; दुस्मन; वैरी।
45080 द्वेष्य वि. १.द्वेष गर्न उचित; डाहा गर्न सुहाउँदो।
45081 द्वेष्य वि. ना. २. द्वेषको पात्र; वैरी; शत्रु।
45082 द्वैगुणिक वि. दुई गुना ब्याज लिने वा खाने; डबल ब्याज असुल गर्ने (साहु-महाजन)।
45083 द्वैत ना. १.दुइटा हुनाको भाव वा अवस्था।
45084 द्वैत ना. २. जोडा; युगल।
45085 द्वैत ना. ३. आफ्नो र अरूको भिन्नता राख्ने भाव; भेदभाव, पक्षपा।
45086 द्वैतवाद ना. आत्मा र परमात्मा अथवा जीव र ईश्वरलाई भिन्नभिन्न तत्त्व मानिने एक दार्शनिक सिद्धान्त; अद्वैतवादको उल्टा वा त्यसको विरोधी मत वा सिद्धान्।
45087 द्वैतवादी वि. द्वैतवादको समर्थक वा अनुयायी।
45088 द्वैध ना. १.दुई प्रकारको हुनाको भाव वा अवस्था।
45089 द्वैध ना. २ अन्तर;भिन्नता।
45090 द्वैध ना. ३. परस्परमा विरोध हुनाको भाव।
45091 द्वैध ना. ४. सन्देह; शङ्का;धुकचुक।
45092 द्वैध ना. ५. राजनीतिमा अर्को राष्ट्रसँग व्यवहार गर्दा मुख्य उद्देश्य गुप्त राखेर गौण उद्देश्य प्रकट गर्ने नीति।
45093 द्वैधशासन ना. १.दुई भिन्नाभिन्नै वर्गमा सत्ता विभक्त भएको शासनप्रणाली; केही विभाग सरकारका हातमा र केही विभाग जनप्रतिनिधिका हातमा रहने एक शासनप्रणाली।
45094 द्वैधशासन ना. २. दुइटा सत्ताधिकारीले एकै समयमा एकै देशमा चलाउने दोहोरो शासन।
45095 द्वैधशासन ना. (अंशुवर्माको समयमा नेपालमा द्वैधशासन चलेको थियो। )।
45096 द्वैधीकरण ना. दुई भागमा विभाजित गर्ने काम; दुई खण्डमा छुट्टिने वा छुट्ट्याउने क्रिया; दुई ठुन्का वा दुई फ्याक पार्ने काम।
45097 द्वैधीभाव ना. १.दुई किसिमको हुनाको भाव वा स्थिति; द्विधा भाव; द्वैध।
45098 द्वैधीभाव ना. २. भित्र र बाहिर बेग्लाबेग्लै विचार भएको अवस्था।
45099 द्वैधीभाव ना. ३. दुविधाको भाव; दोधार; सन्देह।
45100 द्वैपायन ना. महाभारत, पुराण आदि पौराणिक ग्रन्थका रचयिता; वेदव्यास।