Dictionary

All Word

45001 द्विज ना. ३. यज्ञोपवीत संस्कार (व्रतबन्ध) गरिने हिन्दूहरूको एक वर्ग (ब्राह्मण, क्षत्री, वैश्य )।
45002 द्विज ना. ४. ब्राह्मण।
45003 द्विज ना. ५. दाँ।
45004 द्विजन्मा वि. दुई पटक जन्म लिने; द्विज।
45005 द्विजपति/ द्विजराज ना. १.ब्राह्मण।
45006 द्विजपति/ द्विजराज ना. २. चन्द्रमा।
45007 द्विजपति/ द्विजराज ना. ३. गरुड।
45008 द्विजपति/ द्विजराज ना. ४. शेषनाग।
45009 द्विजाति ना. द्विज।
45010 द्वितीय अन्तर हिमयुग / अन्तर हिमानी ना. पुरातत्त्वका अनुसार लगभग दुई लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको अन्तर हिमयुग; द्वितीय हिमानीपछि र तृतीय हिमानीभन्दा पूर्वको दुई हिमयुगका बिचको समय।
45011 द्वितीय खण्ड ना. भूगर्भशास्त्रका अनुसार जीवकल्पको विभाजनमा दोस्रो खण्ड; मध्यजीवक।
45012 द्वितीय वि. १.दोस्रो।
45013 द्वितीय वि. २. दोस्रा तहको; दोस्रो दर्जाको।
45014 द्वितीय वि. ३. अर्को; अन्य।
45015 द्वितीय श्रेणी ना. दोस्रो तह; तृतीयभन्दा माथिल्लो दर्जा; प्रथम श्रेणीभन्दा तल्लो श्रेणी।
45016 द्वितीय हिमानी ना. पुरातत्त्वशास्त्रका अनुसार लगभग पाँच लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; प्रथम अन्तर; हिमानीभन्दा पछि प्रारम्भ भएको हिमयुग।
45017 द्वितीया ना. १.कृष्ण वा शुक्ल पक्षको दोस्रो तिथि; प्रतिपदाको भोलिपल्ट; दुतिया।
45018 द्वितीया ना. वि. २. आफूदेखि अर्की; दोस्री।
45019 द्वितीया ना. ३. दोस्रो दर्जाकी।
45020 द्वितीयाश्रम ना. दोस्रो आश्रम; गृहस्थाश्रम; बह्मचर्याश्रमपछिको आश्रम।
45021 द्वित्व ना. १.दुइटा हुनाको भाव वा अवस्था; दोहोरो स्थिति।
45022 द्वित्व ना. २. दुईको सङ्ख्या।
45023 द्वित्व ना. ३. युग्म; जोडा।
45024 द्वित्व ना. ४. एकै अनुहारका र एकै अर्थका शब्दहरू पूर्ण, आंशिक तथा आपरिवर्तित रूपमा दोहोरिएर नयाँ शब्दहरूको निर्माण हुने व्याकरणिक प्रक्रिया;द्विरुक्ति (झरझर , तात्तातो, खनखाँचो इ.)।
45025 द्वित्वीभवन ना. द्वित्व हुने प्रक्रिया; शब्द वा व्यञ्जन दोहोरिएर शब्द निर्मित हुने एक पद्धति।
45026 द्विदल वि. दुई पत्र भएर उम्रने; दुई दिउल हुने ( चना, केराउ, दलहन अन्न आदि)।
45027 द्विधा अव्य. १.दुई किसिमले; दुई तरिकाबाट।
45028 द्विधा अव्य. २. दुई भागमा;दुई फ्याकमा।
45029 द्विधातु ना. दुई धातुका मेलले बनेको मिश्रित धातु।
45030 द्विधातुक वि. दुई प्रकारका धातु मिसिएको; दुई भिन्नभिन्न धातुहरूको मेलबाट तयार भएको।
45031 द्विधात्वीय प्रणाली ना. सुन, चाँदी आदि दुई धातुका मुद्रालाई निश्चित अनुपातका आधारमा विधिग्राह्य वा प्रामाणिक मुद्रा मान्ने प्रणाली; मिसौटे प्रणाली।
45032 द्विप ना. सुँडमा लिएर खाने हुँदा दुई बाजी पानी खाने भनिने जन्तु अर्थात् हात्ती; गज।
45033 द्विपक्षीय प्रसंविदा ना. दुवै पक्षका बिचमा हुने प्रतिज्ञा वा समझौता; सन्धिपत्र।
45034 द्विपक्षीय वि. दुवै पक्षसँग सम्बन्धित; पक्षविपक्ष; दुवैपट्टि उस्तै सरोकार राख्ने।
45035 द्विपथ ना. दुई ठाउँबाट आएका बाटा; मिलेको ठाउँ; दोबाटो।
45036 द्विपथा ना. पहिलो तथा तेस्रो पाउ तेह्र मात्राको र दोस्रो तथा चौथो पाउ एघार मात्राको हुने एक छन्द।
45037 द्विपद/द्विपाद वि. १.दुई खुट्टा हुने; दुईखुट्टे।
45038 द्विपद/द्विपाद वि. ना. २. दुई खुट्टा हुने प्राणी; दोपाया जन्तु।
45039 द्विपदा ना. दुई चरण मात्र हुने एक प्रकारको छन्द; ऋचा।
45040 द्विपदी ना. १.दुई चरण मात्र हुने एक प्रकारको गीति वा मात्रिक वृत्।
45041 द्विपदी ना. २. तीनतीन पङ्क्ति गरी लेखिने एक प्रकारको चित्रकाव्य।
45042 द्विबाहु वि. दुई बाहु हुने; दुई हात भएको (मानिस)।
45043 द्विबिन्दु ना. शब्द वा अक्षरका पछाडि दिइने दुई थोप्ला; विसर्ग; दबासबिन्दु।
45044 द्विभाषी ना. दोभासे।
45045 द्विभुज वि. १.दुइटा हात हुने; दुई भुजा भएको।
45046 द्विभुज वि. ना. २. कुना; कोण।
45047 द्विमुखी ना. १.दुइटा खुट्टा र मुख मात्र निकाल्दै गरेको बियाउन लागेको गाई; उभयमुखी गाई।
45048 द्विमुखी ना. वि. २. दुईतिर मुख भएको; दुईमुखे।
45049 द्विरागमन ना. १.विवाह भएपछि दोस्रो पटक पतिका घरमा आएकी बधू।
45050 द्विरागमन ना. २. दोस्रो पटक आउने काम; पुनरागमन।