Dictionary

All Word

44951 द्वन्द्व ना. ९. द्विविधा; संशय।
44952 द्वन्द्वचर/चारी वि. १.जोडा मिलेर हिँड्ने।
44953 द्वन्द्वचर/चारी वि. ना. २. चखेवा; चकोर।
44954 द्वन्द्वयुद्ध ना. दुई जनाका बिचको युद्ध,;कुस्ती; लाप्पा।
44955 द्वन्द्वी वि. १.जोडा तुल्याउने; युग्म बनाउने।
44956 द्वन्द्वी वि. २. परस्पर विरोधी; प्रतिद्वन्द्वी।
44957 द्वय वि. १.दुई; दुइटा।
44958 द्वय वि. ना. २. जोडा; युग्म।
44959 द्वयर्थ ना. १.दुई किसिमको अर्थ; दुई प्रकारको भाव।
44960 द्वयर्थ ना. वि. २. दुई अर्थ भएको दोहोरो भाव जनाउने।
44961 द्वयर्थक वि. दुई वा दुई प्रकारका अर्थ लाग्ने; दुइटा अर्थ भएको।
44962 द्वयाक्षायण ना. पुराणकालीन एक तपस्वी ऋषिको नाम।
44963 द्वयाभास ना. एउटै वस्तु दुइटाजस्तो देखिने स्थिति; आँखाको नानीलाई टेढो पारेर हेर्दा एउटा वस्तुका दुई स्वरूप देखिने अवस्था वा स्थिति।
44964 द्वयोष्ठ्य वि. दुई ओठका सहायताले उच्चरित हुने (ध्वनि)।
44965 द्वयोष्ठ्य वि. (प वर्ग)।
44966 द्वादश वि. बाह्र।
44967 द्वादशाक्षर ना. बाह्र अक्षर भएको विष्णुको मन्त्र।
44968 द्वादशाक्षर ना. ( ॐ नमो भगवते वासुदेवाय)।
44969 द्वादशाक्षरी वि. १.बाह्र अक्षर भएको (मन्त्र)।
44970 द्वादशाक्षरी वि. ना. २. क, ख आदिमा लाग्ने बाह्र किसिमको मात्रा ; बाह्रखरी।
44971 द्वादशात्मा ना. १.बाह्र आत्मा भएको देउता; सूर्य।
44972 द्वादशात्मा ना. २. आँक।
44973 द्वादशाह ना. १.बाह्र दिन।
44974 द्वादशाह ना. २. बाह्र दिनसम्म गरिने एक यज्ञ।
44975 द्वादशाह ना. ३. मरेको बाह्रौं दिनका दिन गरिने श्राद्ध।
44976 द्वादशी ना. चन्द्रमासका शुक्ल वा कृष्णपक्षको बाह्रौँ तिथि; एकादशीका भोलिपल्टको तिथि; पूर्णातिथि।
44977 द्वापर ना. सत्य, त्रेता, द्वापर र कलिमध्ये तेस्रो युग; त्रेता र कलियुगका बिचको युग।
44978 द्वार ना. १.ढोका; दैलो।
44979 द्वार ना. २. ढोका बन्द गर्ने र खोल्ने फग्ल्याँटो; खापा।
44980 द्वार ना. ३. कुनै ठाउँ, क्षेत्र, नगर वा हाताभित्र पस्ने र त्यहाँबाट निस्कने खुला ठाउँ; प्रवेशपथ; बाहिरी ढोका।
44981 द्वार ना. ४. शरीरका इन्द्रियहरूको छिद्र।
44982 द्वार ना. ५. निकास; मुहान।
44983 द्वार ना. ६ माध्यम।
44984 द्वार ना. ७. वास्तु तथा मूर्तिकलामा एक अङ्गुल वा मात्राको नौगुना बराबरको नाप ; प्रादेश, सूत्र वा ग्रह बराबरको नाप; नौ अमल; नौ अङ्गुल।
44985 द्वारका ना. द्वारिका।
44986 द्वारपाल / द्वारपालक ना. १.ढोकामा पहरा दिनलाई राखिएको व्यक्ति; ढोके।
44987 द्वारपाल / द्वारपालक ना. २. कुनै प्रधान देवताको मन्दिरको रक्षकका रूपमा रहने देवता।
44988 द्वाररक्षक ना. ढोके; द्वारपाल।
44989 द्वारा विभ. व्याकरणमा तृतीया विभक्तिको चिह्न; तर्फबाट ;मार्फत; बाट; ले।
44990 द्वारिका ना. श्रीकृष्णले बसालेको भारतको काठियावाड क्षेत्रमा पर्ने एक पुरानो नगरी; हिन्दूहरूका चार पुरीमध्ये एक;चार धाममध्ये एक।
44991 द्वारे ना. १.अन्तपुरका केटी सुसारेहरूकी नाइकेनी।
44992 द्वारे ना. २. गाउँको मुखियासरहको व्यक्ति।
44993 द्वारे ना. ३. ढोकाको रक्षाखातिर राखिएको व्यक्ति; द्वारपाल।
44994 द्वि वि. दुई; एक र एकको जोड।
44995 द्विगु ना. सङ्ख्यावाचक शब्द पूर्वपदका रूपमा रही विशेष्यको रूपमा रहेको उत्तरपदको विशेषता जाहेर गरी समुदाय र एकीभाव बुझाउने समास (दोबाटो, तीनमुहानी, चौघेरा इ.)।
44996 द्विगुढक ना. सवाल-जवाफ भएको र रसभावपूर्ण सुन्दर पद गाइएको एक प्रकारको लास्याङ्ग।
44997 द्विगुण वि. दुई गुना; दुगुना; दोबर।
44998 द्विगुणित वि. दुगुना गरिएको; दोहोऱ्याइएको; दोबर गराइएको।
44999 द्विज ना. १.दुई पटक जन्मेको प्राणी।
45000 द्विज ना. २. फुलबाट जन्मेको प्राणी; अण्डज (पक्षी, सर्प आदि )।