Dictionary

All Word

45101 द्वैप्य वि. १.द्वीपसम्बन्धी; द्वीपको।
45102 द्वैप्य वि. २. द्वीप वा टापुमा रहने; द्वीपमा उत्पन्न हुने।
45103 द्वैमातुर वि. १.दुइटी आमा हुने (व्यक्ति)।
45104 द्वैमातुर वि. ना. २. गणेश।
45105 द्वैमातुर वि. ३. जरासन्ध।
45106 द्वैराज्य ना. कुनै दुर्बल वा पराजित राज्यमा अन्य दुई शक्तिशाली देशको संयुक्त प्रभुत्व तथा शासनव्यवस्था।
45107 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये उन्नाइसौँ व्यञ्जन; दन्त्य, स्पर्शी, घोष, महाप्राण व्यञ्जन ध्वनि तवर्गको चौथो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; काँधेलौरी ध।
45108 धँगेरो ना. हे. धयेँगे।
45109 धँपुरे वि. सुनसान अँध्यारामा एक्लै बसिरहेको; धुमधुमती बसिरहने।
45110 धँसिया वि. ध्वाँसे रङको कालो र फुस्रो वर्णको।
45111 धक्नु अ.क्रि. चाँडोचाँडो सास फेर्दा मुटु चल्नु; परिश्रम वा गर्मीले दम बढ्नु; स्वाँस्वाँ हुनु।
45112 धक ना. डर, लाज, सङ्कोच आदिबाट मनमा पैदा हुने भाव; ठुलाबडा र नौला व्यक्तिहरूका अगाडि सानालाई हुने सङ्कोच।
45113 धकधक ना. १. मुटु हल्लँदा आउने ध्वनि; धुकधुक, ढुकढुक।
45114 धकधक ना. क्रि.वि. २. मुटु हल्लने गरी; मुटु थरथराएर।
45115 धकाइ ना. १. धक्ने अवस्था वा क्रिया- प्रक्रिया।
45116 धकाइ ना. [धकाउ+आइ] २. धकाउने अवस्था वा क्रिया-प्रक्रिया।
45117 धकाइ ना. ३. धक मान्नाको भाव वा अवस्था।
45118 धकाइनु अ.क्रि. १. धक्ने वा धकाउने होइन।
45119 धकाइनु अ.क्रि. २. धक लागिनु।
45120 धकाउनु अ.क्रि. १ धक्ने काम हुनु; दम बढ्नु; स्वाँस्वाँ गर्नु।
45121 धकाउनु अ.क्रि. २. धक लाग्नु, अदब मान्नु; सङ्कोचाउनु; लजाउनु।
45122 धकार ना. ध' अक्षर; तवर्गको चौथो वर्ण।
45123 धकालु वि. १. धक्ने रोग लागेको।
45124 धकालु वि. २. धक्ने वा धकाउने स्वभावको; धकाहा।
45125 धकाहा वि. १. धक्ने स्वभावको; धकालु।
45126 धकाहा वि. २. धक्ने रोग लागेको।
45127 धकिनु अ.क्रि. धक्ने वा चाँडोचाँडो सास फेर्ने होइनु।
45128 धकुवा वि. दमको रोगले सताएको; दम बढेको; धम्कीको रोग भएको; धकाहा।
45129 धकिलो वि. देख्तैमा धक लाग्ने; धक मान्ने खालको।
45130 धकेरा ना. गर्मी वा थकाइबाट बढेको श्वास- प्रश्वास; दम; स्वाँस्वाँ।
45131 धकेल्नु स.क्रि. जोडसित ठेल्नु; धक्का दिनु; ठेलाइमा पार्नु; परपर सार्दै लैजानु; घचेट्नु; घचेट्नु।
45132 धकेला ना. धकेल्ने काम; धक्का।
45133 धकेलाइ ना. धकेल्ने क्रिया वा प्रक्रिया।
45134 धकेलाइनु क.क्रि. धकेल्न लाइनु; धकेल्ने पारिनु।
45135 धकेलाउनु प्रे. क्रि. धकेल्न लाउनु; धकेल्ने पार्नु।
45136 धकेलाउनु प्रे. क्रि. धकेलाधकेल- परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट।
45137 धकेलिनु क.क्रि. धकेल्ने काम गरिनु।
45138 धक्क क्रि.वि. १. परस्परमा ठेल्दा आवाज आउने गरी।
45139 धक्क क्रि.वि. २. गह्रौं भारी भुईंमा राख्दा शब्द निस्कने गरी।
45140 धक्क क्रि.वि. ना ३. धक्का।
45141 धक्कमधक्का ना. परस्परको धकेलाइ घचेटाघचेट; ठेलमठेल।
45142 धक्का ना. १. कुनै वस्तुको अर्को वस्तुसँग भएको जोडसितको जुधाइ; ठोकिने काम ; ठक्कर।
45143 धक्का ना. २. धकेल्ने वा ठेल्ने काम; धक्क्याइ।
45144 धक्का ना. ३. दुःख, शोक, हानि आदिबाट हुने मानसिक चोट; आन्तरिक आघा।
45145 धक्किनु अ.क्रि. धक्का खानु।
45146 धक्काधक्की ना. परस्परको धक्का वा ठेलाइ; एकअर्कामा धक्का पुग्ने वा पुऱ्याउने काम; धकेलाधकेल।
45147 धक्काधार ना. धक; सङ्कोच।
45148 धक्कु ना. फोस्रो धाक; बोक्रे फुर्ती; रवाफ।
45149 धक्क्याइ ना. धक्क्याउने क्रिया वा प्रक्रिया; धकेलाइ।
45150 धक्क्याइनु क.क्रि. धक्का दिइनु।