Dictionary

All Word

45251 धनञ्जय ना. २. धनलाई जित्ने व्यक्ति; अर्जुन।
45252 धनञ्जय ना. 3. अग्नि।
45253 धनञ्जय गोत्र ना. धनञ्जय ऋषिको कुल वा वंशको परिचायक नाम (यस गोत्रमा हुमागाईं, रिजाल, पगेंनी, बसेल, कुकुरकाटे, गुरागाईं, भुसाल, गैरीपिप्ली, खुलाल बस्नेत र खुलाल बुढाथोकी पर्छन्।)।
45254 धनतले वाराही ना. ललितपुर सहरका इलाकामा रहेकी एक देवी; चार वाराहीमध्ये एक।
45255 धनद वि. १. धन वा सम्पत्ति दिने।
45256 धनद वि. ना. २. कुबेर।
45257 धनदौलत ना. धनसम्पत्ति; श्रीसम्पत्ति।
45258 धनधान्य ना. धन, धान आदि विविध किसिमको सम्पत्ति; श्रीसम्पत्ति, ऐश्वर्य।
45259 धनपति ना. १. धनी व्यक्ति; धन भएको मान्छे।
45260 धनपति ना. २. खजान्ची; कोषाध्यक्ष।
45261 धनपति ना. ३. कुबेर।
45262 धनपिशाच ना. कति नै धन भए तापनि कहिल्यै नपुग्ने व्यक्ति; द्रव्यपिशाच।
45263 धनपुत्ला ना. चैतवैशाखतिर पानी पर्नासाथ माटामुनिबाट निस्कने पखेटा हुने कमिलोजस्तो किरो; धमिरो।
45264 धन प्रेषणादेश ना. हुलाक अड्डाबाट अर्का ठाउँमा रुपियाँपैसा पठाउनुपर्दा पाइने एक प्रकारको चेक; धनादेश; मनीअर्डर।
45265 धनमति वि. धन कमाउने मात्र लक्ष्य भएको।
45266 धनमत्त वि. धनले मात्तिएको; सम्पत्तिको सेखी गर्ने।
45267 धनमाल ना. चलअचल सम्पत्ति; जायजेथा; धनसम्पत्ति।
45268 धनराशि ना. १. धनको थुप्रो।
45269 धनराशि ना. २. ज्योतिषका बाह्र राशिमध्ये एक राशि।
45270 धनवान् वि. प्रशस्त धन भएको; धनी; अमिर।
45271 धन विद्युताणु ना. विद्युतीय परमाणुहरूमा धनयोग भएको परमाणु; धनात्मक कण वा अणु।
45272 धनशाली वि. धनवान्; धनी।
45273 धनसम्पत्ति ना. १. धेरै मूल्य पर्ने र क्रयविक्रय गर्न सकिने सबै किसिमका वस्तु; रुपियाँपैसा, जमिन, जायजेथा आदि मूल्यवान् वस्तु।
45274 धनसम्पत्ति ना. २. कुनै व्यक्ति, समाज वा राष्ट्र आदिको अधिकारमा रहने उक्त वस्तु।
45275 धनसार ना. १. धान राखिने घर; ढुकुटी।
45276 धनसार ना. २. माथिल्ला तलामा मालसामान राख्न र तल्ला तलामा दाउरापात तथा गाईभैंसी बाँध्नका निम्ति बनाइएको कटेरो; खोल्मा।
45277 धनसिरी ना. नेपाली लोकगीतमा प्रचलित एक किसिमको राग वा लय।
45278 धनहर ना. १. प्रशस्त धान फल्ने खे।
45279 धनहर ना. २. धानखे।
45280 धनहीन वि. धन नभएको; निर्धन; गरिप।
45281 धनाइ ना. धान्ने भाव, क्रिया वा प्रक्रिया।
45282 धनाइनु क.क्रि. धान्न लाइनु; धान्ने पारिनु।
45283 धनाउनु प्रे. क्रि. धान्न लाउनु; धान्ने पार्नु।
45284 धनाढ्य वि. प्रशस्त धन भएको; पुँजीपति, महाजन।
45285 धनात्मक वि. १. धन भएको पक्षले युक्।
45286 धनात्मक वि. २. धनपक्षसँग सम्बन्धि।
45287 धनात्मक कण ना. धनात्मक विद्युत्शक्ति भएको परमाणुका केन्द्रमा रहने एक प्रकारको अत्यन्त सूक्ष्म कण; धन- विद्युताणु।
45288 धनादेश ना. १. कसैलाई कुनै धन दिने आदेश वा आज्ञा।
45289 धनादेश ना. २. हुलाक अड्डाद्वारा कुनै अन्य ठाउँमा रहने व्यक्तिलाई पठाइने धन; मनीआर्डर।
45290 धनाधिप ना. १. धनको मालिक; कुबेर।
45291 धनाध्यक्ष ना. धनका अध्यक्ष; कुबेर।
45292 धनाध्यक्ष ना. २. धनको कारोबार गर्ने व्यक्ति; कोषाध्यक्ष; खजान्ची।
45293 धनार ना. राम्रो र झरझराउँदो धान उब्जने ठाउँ; अव्वल दर्जाको खेत; धनहर।
45294 धनार्थी वि. १. धन आर्जन गर्ने; कमाउने।
45295 धनार्थी वि. २. धनको आशा राख्ने; धनको इच्छुक।
45296 धनाश्री ना. १. दिउँसो गाइने, वीररसले भरिएको रागिनी।
45297 धनाश्री ना. २. रुद्राक्षका आकारको माला लगाइने एक जातको फल।
45298 धनिक वि. १. धन भएको; धनी।
45299 धनिक वि. ना. २. धन हुने व्यक्ति।
45300 धनिक वि. ३. ऋण दिने व्यक्ति; साहु; महाजन।