Dictionary

All Word

45301 धनियाँ ना. ससाना पात हुने सेता, खैरा मसिना फूल फुल्ने, दुई फग्ल्याँटो भएर छुट्टिने, मसिना दाना फल्ने प्रायः अचार, तरकारी आदिमा मसलाका रूपमा प्रयुक्त हुने झार; त्यसैको फल वा गेडा।
45302 धनिष्ठा ना. सत्ताइस नक्षत्रमध्ये तेइसौँ नक्षत्र; पाँच तारा भएका नौ ऊर्ध्वमुख नक्षत्रमध्ये एक।
45303 धनी वि. १. धनसम्पत्ति प्रशस्त हुने; धनवान् धनिक।
45304 धनी वि. २. अरूलाई रिन दिन सक्ने, साहु।
45305 धनी वि. ३. मालिक; स्वामी।
45306 धनी वि. ना. ४. धनवान् व्यक्ति।
45307 धनी वि. ५. कुनै प्रकारको सिप, गुण आदिमा सर्वश्रेष्ठ (मनको धनी, विद्याको धनी इ.)।
45308 धनीपुर्जा ना. सम्बन्धित मालपोत कार्यालयबाट जग्गाधनीको प्रमाणस्वरूप दिइने जग्गाधनी प्रमाणपुर्जा।
45309 धनीबोटी ना. मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने उब्जनीको निश्चित भाग; अधियाँ वा ठेक्का; तल्सिङले पाउने जग्गाको निश्चित आम्दानी।
45310 धनीमानी वि. १. धन एवं मान दुवै भएको।
45311 धनीमानी वि. २. धनले मानिएको।
45312 धनु ना. १. बाँस वा फलामका कप्टेराका दुई टुप्पा नुहाएर ती टुप्पामा परिन्जो बाँधी बाण हान्न बनाइएको अस्त्रविशेष।
45313 धनु ना. २. एक प्रकारको गुलेली।
45314 धनु ना. ३. बाह्र राशिमध्ये एक।
45315 धनु ना. ४. धनुका आकारको रुवा फड्कार्ने साधन।
45316 धनु ना. ५. स्याखु बुन्ने एक उपकरण।
45317 धनुकाण ना. १. धनु र काण।
45318 धनुकाण ना. २. काण हान्ने धनु।
45319 धनुकाण ना. ३. धनुमा राखेर हानिने काण।
45320 धनुबाँस ना. धनुष आदि बनाउन पनि सकिने, चाम्रो, खँदिलो र बलियो, टुप्पोचाहिँ धनु जस्तै, नुहुने एक प्रकारको बाँस।
45321 धनुर्गुण ना. धनुका दुई टुप्पामा बाँधिने डोरी; धनुको ताँदो; परिन्जो।
45322 धनुर्ग्रह हस्त ना. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने सत्ताइस अङ्गुल बराबरको परिमाण।
45323 धनुर्धर ना. १. धनु लिने व्यक्ति।
45324 धनुर्धर ना. २. धनु चलाउनमा सिपालु व्यक्ति।
45325 धनुर्धारी १. धनु धारण गर्ने, धनु लिने।
45326 धनुर्धारी २. धनु चलाउनमा सिपालु।
45327 धनुर्धारी ना. ३. धनु लिने व्यक्ति; धनुर्धर।
45328 धनुर्मुष्टि हस्त ना. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने नापो; छब्बीस अङ्गुल बराबरको परिमाण।
45329 धनुर्वाण ना. धनु र वाणको अस्त्र; धनु र बाण।
45330 धनुर्वात ना. धनु जस्तै भएर शरीर कुप्रो पर्ने एक खालको रोग; धनुष्टङ्कार; टिटानस।
45331 धनुर्विद्या ना. धनुर्विद्या- ना. [सं.] धनु चलाउने कला सिकाउने विद्या; धनुसम्बन्धी ज्ञान।
45332 धनुर्वेद ना. विशेष रूपले धनु चलाउने विद्याको निरूपण भएको शास्त्र; यजुर्वेदको एक उपवेद।
45333 धनुष ना. १. वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने, चार किकु वा चार मुडीहात बराबरको नाप छ्यानब्बे अङ्गुल बराबरको नाप।
45334 धनुष ना. २. धनु; धनुस्।
45335 धनुषा ना. नेपालको मध्यमाञ्चल क्षेत्रभित्र पर्ने जनकपुर अञ्चलको एक जिल्ला।
45336 धनुषाकार ना. १. धनुषको जस्तो वा धनु जस्तै भएको आकार।
45337 धनुषाकार ना. वि. २. त्यस्तै आकारको।
45338 धनुषाकार ताल ना. बाढी आएको बेला नदीले बाटो फेर्दा बनेको धनुषको जस्तो आकार परेको ताल।
45339 धनुष्टङ्कार ना. १. धनुमा बाण राखेर हान्दा उत्पन्न हुने शब्द।
45340 धनुष्टङ्कार ना. २. घाउ-खटिरा आदिले विषाक्त भई गर्दन र पिठिउँ कुप्रो पर्ने एक खालको रोग; टिटानस।
45341 धनुष्मान् ना. १. धनु धारण गर्ने व्यक्ति; धनुर्धर।
45342 धनुष्मान् ना. २.उत्तर दिशाको एक पर्व।
45343 धनेश ना. १. धनको मालिक।
45344 धनेश ना. २. कुबेर।
45345 धनेश ना. ३. विष्णु।
45346 धनेश ना. ४. जन्मकुण्डलीमा लग्नबाट दोस्रो स्थानमा रहेको वा बलियो दृष्टि परेको ग्रह।
45347 धनेश्वर ना. १. धनको मालिक।
45348 धनेश्वर ना. २. कुबेर।
45349 धनेश्वर ना. ३. विष्णु।
45350 धनेश्वर ना. ४. बाग्मती अञ्चलअन्तर्गत काभ्रे जिल्लामा पर्ने धान्नीपूर्णिमा र सोपछिको पञ्चमीमा ठुलो मेला लाग्ने महादेवको प्रसिद्ध मन्दिर।