Dictionary

All Word

45951 धारण ना. ३. उधारो वा ऋण लिने काम।
45952 धारण ना. ४. सुरक्षित राख्ने काम; जोगारा।
45953 धारण ना. ५. स्मरण गर्ने काम; सम्झौनी।
45954 धारणा ना. १. धारण गरिने अवस्था, क्रिया, गुण वा भाव।
45955 धारणा ना. २. कुनै कुरा मनमा धारण गरिने शक्ति; बुद्धि; सम्झना; अक्किल।
45956 धारणा ना. ३. मनमा भएको दृढ निश्चय; सद्विचार।
45957 धारणा ना. ४. मर्यादा।
45958 धारणा ना. ५. स्मृति; याद।
45959 धारणा ना. ६. योगमा ब्रह्मको मात्र ध्यान रहने मनको स्थिति।
45960 धारणामूलक वि. मूल रूपमा बुद्धि, सद्विचार, मर्यादा, ब्रह्मको ध्यान आदिसम्बन्धी धारणा भएको; धारणा नै मूल शक्ति भएको।
45961 धारणीय वि. धारण गर्न उचित; मनमा दृढ रूपले ग्रहण गर्न योग्य।
45962 धारधुर ना. १. बेसरी तातेको तरल पदार्थ सेलाउनका निम्ति एक भाँडाबाट अर्का भाँडामा खन्याइरहने चाल।
45963 धारधुर ना. २. दुहुँदै गरेका दुधका सिर्का ढुङ्ग्रामा पर्दा उत्पन्न हुने ध्वनि।
45964 धारयिता वि. १. धारण गर्ने।
45965 धारयिता वि. २. ऋण लिने।
45966 धारा ना. १. पानी वा पन्यालो पदार्थको लगातारको बहाइ; प्रवाह; धार।
45967 धारा ना. २. निरन्तर चलिरहेका कुनै कुराको क्रम।
45968 धारा ना. ३. छहरो; छाँगो; झर्ना।
45969 धारा ना. ४. ऐन-कानुन, नियम, विधान आदिको दफा; खण्ड।
45970 धारा ना. ५. पानी भुईंमा खस्ने पाइप, डुँड आदि; धारो।
45971 धारागृह ना. १. तीव्र वेगले छुट्ने पानीका धारा।
45972 धारागृह ना. २. फोहरा भएको घर।
45973 धाराधर ना. धारालाई धारण गर्ने चिज ; जलधर; बादल; मेघ।
45974 धाराप्रवाह ना. १. पानीको धारो जस्तै अविच्छिन्न रूपले बगिरहने प्रक्रिया।
45975 धाराप्रवाह ना. क्रि.वि. २. अविराम गतिले ; नरोकिईकन; एकनाससि।
45976 धारावर्षण ना. अविरल रूपले वर्षा हुने प्रक्रिया।
45977 धारावाहिक/वाही वि. १. अविरल गतिको; निरन्तर रूपमा चलिरहने।
45978 धारावाहिक/वाही वि. २. एकपछि अर्को गर्दै क्रमिक रूपमा चलेको (लेख आदिको प्रकाशन)।
45979 धारासम्पात/सार ना. अखण्ड रूपमा भएको वर्षा; अतिवृष्टि; मुसलधारे पानी।
45980 धारिउँ वि. खुकुरी, तलवार आदिको धारजस्तो; धारजस्तो पारेको।
45981 धारिउँ हात ना. कसैलाई गाली गर्दा वा सराप्ता धारजस्तो पारेर ठड्याइएको हा।
45982 धारिणी ना. १. धरणी; धरित्री; पृथिवी।
45983 धारिणी ना. वि. २. धारण गर्ने (स्त्री)।
45984 धारित वि. १. धारण गरिएको।
45985 धारित वि. २. सम्झिएको; स्मरण गरिएको।
45986 धारित वि. ३. लगाइएको; पहिरिएको (लुगा, गहना आदि)।
45987 धारिलो वि. तीक्ष्ण धार भएको; ज्यादै लाग्ने; खुब काटने (हतियार आदि)।
45988 धारी वि. १. धारण गर्ने; ग्रहण गर्ने (जस्तै- धनुर्धारी, शस्त्रधारी इ.)।
45989 धारी वि. २. पढेका कुरा नबिर्सने; स्मरणशक्ति भएको; धारणा गर्ने शक्ति भएको।
45990 धारी वि. ३. अरूबाट ऋण लिने; ऋणी; आसामी; कर्जादार।
45991 धारीचरो ना. खोलाको किनारवरिपरि ठुलठुला ढुङ्गामा बस्ने, भालेको शरीर निलो, पखेटा, पुच्छर खैरो र पोथीको शरीर खैरोमा कहीँकहीँ निलो, पुच्छरमा सेतो हुने, पुच्छर डोलाइरहने चरो; भद्राइचरो।
45992 धारे वि. तीक्ष्ण धार भएको; धारजस्तो परेको; धारजस्तो; धारको।
45993 धारे हात ना. अरूलाई सराप्ता काटेको जस्तो अभिनय गरिने हातको मुद्रा; धारिउँ हा।
45994 धारो ना. १. पाइप, डुँड, टुटी आदिबाट अविरल रूपमा खसेको पानीको प्रवाह।
45995 धारो ना. २. निरन्तर रूपमा पानी झार्न तयार गरिएको पाइप, डुँड, टुटी आदि वस्तु।
45996 धारो ना. ३. अविच्छिन्न रूपमा भइरहने आवतजावत; धुइरो।
45997 धारोष्ण वि. दुहुँदादुहुँदैको; दुहेर चिसो नभएको, थुनबाट झरिसक्ने बित्तिकैको; थुनको तातो नसेलाएको (दुध)।
45998 धार्तराष्ट्र ना. १. चुच्चो परेको र खुट्टा काला हुने एक जातको हाँस।
45999 धार्तराष्ट्र ना. २. धृतराष्ट्रका वंशज, कौरव।
46000 धार्नी ना. १. बाह्र पाउको तौल।