Dictionary

All Word

46201 धुपौरे ना. १. धामी बस्नका निम्ति मिलाइएको थानथपनामा सुगन्धित धुवाँ दिनका लागि बसेको व्यक्ति; धूपकारक।
46202 धुपौरे ना. २. अह्राइपह्राइ नगरे पनि खुसी पार्न वा साखिलो हुनका निम्ति अर्काको काम गरिदिने व्यक्ति।
46203 धुपौरे ना. ३. आफ्नो स्वार्थ पूरा गर्न अरूसँग खुसामद गर्दै हिँड्ने व्यक्ति।
46204 धुपौरे ना. ४. अन्धपरम्परावादी व्यक्ति।
46205 धुपौरो ना. आगाका झरझराउँदा कोइला राखेर धूप हाल्ने भाँडो; कोइल्याँटो; धूपपात्र।
46206 धुमधुम क्रि.वि. धुमधुमती।
46207 धुमधुमती क्रि.वि. १. कसैसँग रिसाएर केही नबोली; अँध्यारो मुख लगाउँदै बसिरहने गरी।
46208 धुमधुमती क्रि.वि. २. सुनसान वा अँध्यारामा एक्लै बसेर।
46209 धमेलो ना. धामी बसाएर ज्योतिष हेराउने काम।
46210 धुम्म क्रि.वि. १. अँध्यारामा कसैसँग नबोली बस्ने गरी; धुमधुमती।
46211 धुम्म क्रि.वि. २. आकाशका चारैतिर बादल ढाकिएर।
46212 धुम्मिनु अ.क्रि. १. रिसले वा पिरले धुमधुमतीसँग बस्नु; धुम्म पर्नु।
46213 धुम्मिनु अ.क्रि. २. आकाशलाई बादलले ढाक्नु।
46214 धुम्म्याइ ना. धुम्मिने क्रिया वा प्रक्रिया।
46215 धुम्म्याइनु क.क्रि. धुम्मिने पारिनु; धुम्मिन लाइनु।
46216 धुम्म्याउनु प्रे. क्रि. धुम्मिने पार्नु; धुम्मिन लाउनु।
46217 धुम्रिँदो वि. धुवाँ उडिरहेको; धुवाँ उड्दो।
46218 धुम्साखान ना. परस्परमा भएको चर्को झगडा; लडाइँ; घम्साखान।
46219 धुर् ना. १. गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउने तेर्सो आग्लो; धुरा।
46220 धुर् ना. २. नारिएका गोरुका काँधमा राखिने, जुवाका बिचमा हल्लुँड बाँधेर हरिस अड्याउने ठाउँ।
46221 धुर् ना. 3. धुराका छेउ छेउमा ठाडो पारेर घुसारिने बियो।
46222 धुर् ना. ४. अग्लो ठाउँ; टाकुरो।
46223 धुर् ना. ५. कुनै पनि ठाउँको सबैभन्दा माथिल्लो स्थान वा भाग; धुरी; टुप्पो।
46224 धुर १ ना. एक कट्ठाको बिसौं भाग जमिनको परिमाण (प्रायः मधेसमा प्रचलित)।
46225 धुर २ ना. खेतका गरामा हिलो तथा पानी अड्याउन छेउतिर वा चारैतिर उठाइएको माटाको ढिस्को; आली।
46226 धुरकिल्ला ना. धुरको साँध; धुरा।
46227 धुरन्धर वि. १. कुनै पनि विषयको गहन ज्ञान भएको; प्रकाण्ड विद्वान्; पारङ्गत; पोख्।
46228 धुरन्धर वि. २. प्रधान; प्रमुख; मुख्य।
46229 धुरन्धर वि. ३. जोत्न लायक; जुवामा नार्न सुहाउँदो (गोरु )।
46230 धुरन्धर वि. ४. भार वहन गर्ने; भारी बोक्ने।
46231 धुर पस्नु टु. कुनै व्यक्तिमाथि खेदो गरेको बखत अरूले पनि उसैको जरो खन्नु; कुनै व्यक्तिमाथि जाइलाग्दा अरू अरू पनि उसैमाथि खनिनु।
46232 धुरा १ ना. १. एकमाथि अरूहरूको मद्दत; सहयोगीहरूको हुल; धुइरो।
46233 धुरा १ ना. २. ससाना र झुरुम्म परेका घरको समूह (जस्तो- कुल्लीधुरा ; सिपाहीधुरा इ.)।
46234 धुरा २ ना. १. गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउन तेर्सो पारेर राखिने आग्लो।
46235 धुरा २ ना. २. गोरुका काँधमा राखिएका जुवाको बिच भाग।
46236 धुरा २ ना. ३. धुरी।
46237 धुरिनु अ.क्रि. १. एउटाको विरोधमा धेरै जना खनिनु; धुइरो लाग्नु; धुइरिनु।
46238 धुरिनु अ.क्रि. २. धुरा उठ्नु; ओइरिनु।
46239 धुरी ना. १. घरका छानाको टुप्पाको भाग, छानाका दुई कराला पाखा वा पाटा जोडिई धारिम परेको माथिल्लो भाग।
46240 धुरी ना. २. त्यस ठाउँमा हालिने टायल, टिन आदिको कोप्रो परेको साधन।
46241 धुरीको बलो १. घर छाउने बेला घरको धुरीमा राखिने बलियो काठ वा बाँस; धुरी अड्याउने बिचको काठ।
46242 धुरीको बलो २. घरको मूली मान्छे।
46243 धुरी खाँबो / खामो ना. धुरीको बलो अड्याउने खाँबो वा खामो।
46244 धुरीण वि. १. सबैभन्दा माथिल्लो; श्रेष्ठ; उत्तम।
46245 धुरीण वि. २. कुनै विषयमा गहिरो ज्ञान भएको; धुरन्धर।
46246 धुरीण वि. ३. जुवामा नार्न योग्य; जोत्न लायक (गोरु)।
46247 धुरी बलो ना. धुरीका खाँबामाथि राखी धुरी अड्याउने बलो, धुरीको बलो।
46248 धुरी मार्नु टु. १. घर छाउँदा खर, फुस आदिको छानालाई धुरीमा चुल्ठी पारेर बिट मार्नु; छानाका पाटा जोडिने ठाउँमा खर पाँजेर कसी थुन्नु।
46249 धुरी मार्नु टु. २. काम फत्ते गर्नु।
46250 धुरुक्क क्रि.वि. १. आँसु तरर्र बहाएर रुने गरी।