Dictionary

All Word

46651 ध्वनिकक्ष ना. रेडियो प्रसारण केन्द्र आदिमा ध्वनिलाई नियन्त्रण र परीक्षण गर्ने कोठा।
46652 ध्वनिकाव्य ना. व्यङ्ग्यार्थ वा ध्वन्यर्थ प्रधान भएको काव्य; उत्तम काव्य।
46653 ध्वनिकुल ना. भाषामा पाइने ध्वनिहरूको समूह।
46654 ध्वनिग्राम ना. ध्वनिविज्ञानअनुसार मानिसका गलाबाट निस्केर विशिष्ट अवस्थामा बन्ने ध्वनिका भिन्नभिन्न रूप; फोनिम (जस्तै- का,की,कु, के आदिको उच्चारणमा 'क' ध्वनिका रूप अलग अलग हुन्छन्)।
46655 ध्वनित वि. १. ध्वनिका रूपमा भएको।
46656 ध्वनित वि. २. शब्दका रूपमा निस्केको।
46657 ध्वनितत्त्व ना. भाषाहरूमा पाइने विभिन्न ध्वनि र तिनका उच्चारणमा रहेका भिन्नताका आधारहरूको समूह; ध्वनिकुल; ध्वनिश्रेणी।
46658 ध्वनितात्त्विक वि. ध्वनितत्त्वसम्बन्धी; ध्यारध्यार-ध्वनि ध्वनितत्त्वको; ध्वनितत्त्वका अनुसार हुने (ध्वनितात्त्विक आलेखन इ.)।
46659 ध्वनिनाटक ना. रेडियोबाट प्रसारित गरिने एक प्रकारको रूपक; ध्वनिरूपक।
46660 ध्वनिनियम ना. एक परिवारका दुई वा दुईभन्दा बढी भाषाका बिचमा रहने भिन्नताको एक निश्चित आधार (जस्तै- सं. भ्रातृ-ग्रि. फ्रातिर, सं. घर्षित-ग्रि. थर्सस, सं. मधु ग्रि. मेथु, सं. धूमः - ग्रि. थूमस)।
46661 ध्वनिनिर्देशक वि. ध्वनितरङ्ग देखाउने वा सूचित गर्ने।
46662 ध्वनिनिर्देशक यन्त्र ना. भाषाका ध्वनिहरूको वैज्ञानिक अध्ययन गर्ने एक यन्त्र।
46663 ध्वनिनिर्देशन ना. ध्वनितरङ्ग देखाउने वा मिलाउने काम।
46664 ध्वनिपरिवर्तन ना. भाषामा रहेका ध्वनिहरू एक रूपबाट अर्का रूपमा बदलिने क्रिया वा प्रवृत्ति (जस्तै- सं. काक - ने. काग, इ.)।
46665 ध्वनिप्रसारक वि. ध्वनिको प्रसार गर्ने; ध्वनि फिँजाउने।
46666 ध्वनिप्रसारक यन्त्र ना. ध्वनि विस्तार गर्ने साधन; ध्वनि-विस्तारक यन्त्र; माइक्रोफोन।
46667 ध्वनिप्राधान्यवाद ना. ध्वन्यर्थलाई वा व्यङ्ग्यार्थलाई काव्यको आत्मा मान्ने एक सिद्धान्त अथवा त्यस्तो सम्प्रदाय।
46668 ध्वनिबिम्ब ना. आफ्नो धारणालाई व्यक्त गर्ने क्रममा वक्ताले मनमा बनाएको चित्रका लागि भाषा विज्ञानमा प्रयोग गरिने शब्द।
46669 ध्वनियन्त्र ना. भाषिक ध्वनिहरूको उच्चारण गर्ने शरीरको एक अङ्ग; स्वरयन्त्र।
46670 ध्वनिलोप ना. शब्दमा रहेका विभिन्न ध्वनिहरूमध्ये कुनै ध्वनि हराउने काम।
46671 ध्वनिलोप ना. (जस्तै- सानी + आमा = सानीमा, यसमा 'आ' ध्वनि लोप भएको छ।)।
46672 ध्वनिविज्ञान ना. मानिसका उच्चारण अवयवबाट उच्चारित ध्वनिहरूको विज्ञानसम्मत अध्ययन गर्ने शास्त्र; भाषाविज्ञानको एउटा शाखा; स्वनविज्ञान।
46673 ध्वनिविस्तारक वि. ध्वनिप्रसारक।
46674 ध्वनिविस्तारक यन्त्र ना. ध्वनिहरू प्रसारित गरिने वैज्ञानिक साधन; ध्वनिप्रसारक यन्त्र।
46675 ध्वनिश्रेणी ना. विश्वका भाषामा रहेका विभिन्न ध्वनिहरू र तिनका उच्चारणमा पाइने भिन्नता एवं समानताको आधार; ध्वनितत्त्व, ध्वनिकुल।
46676 ध्वनिसंयोग ना. परस्परमा पृथक् सत्ता रहने गरी भएको दुई ध्वनिहरूको सामीप्य; दुई ध्वनिहरूको निकट सम्बन्ध रहने क्रिया।
46677 ध्वनिसङ्केत ना. कुनै घटनाको बोध वा समयको जानकारीका निम्ति दिइने ध्वनिको सङ्के।
46678 ध्वनिसञ्चरण ना. वक्ताद्वारा उच्चरित ध्वनि वायुमा रहेको इथरका सहायताले श्रोताको कानसम्म पुग्ने प्रक्रिया।
46679 ध्वन्य वि. ध्वनि निस्कन योग्य।
46680 ध्वन्यर्थ ना. व्यञ्जनावृत्तिद्वारा बोध हुने अर्थ; व्यङ्ग्यार्।
46681 ध्वन्यात्मक वि. १. ध्वनि नै अर्थ भएको; ध्वनि प्रधान रहेको।
46682 ध्वन्यात्मक वि. २. ध्वनि भएको; ध्वनिमय।
46683 ध्वन्यात्मक वि. ३. व्यञ्जना प्रधान भएको; व्यङ्ग्यात्मक।
46684 ध्वन्यात्मकता ना. ध्वन्यात्मक हुनाको भाव, गुण वा अवस्था।
46685 ध्वन्यात्मक शब्द ना. ध्वनि स्वयम् अर्थपूर्ण रहने प्राकृतिक ध्वनिहरूबाट निस्केको वा जन्मेको शब्द; अनुकरणात्मक शब्द।
46686 ध्वस्त वि. सखाप भएको; बिग्रेको; भत्केको; नष्टभ्रष्ट।
46687 ध्वाँसी ना. चुलीगारो नहुने घरका चारै पाखा बराबर हुनाले धुरीमा छानाको बिच भागमा रहने प्वाल।
46688 ध्वाँसे वि. ध्वाँसोजस्तो रङको; फुस्रो कालो।
46689 ध्वाँसे चितुवा ना. ध्वाँसो जस्तै कालोकालो खालको, वनबुटेनमा पाइने, कुकुर दाँत लामा हुने चितुवा।
46690 ध्वाँसो ना. १. धुवाँको कण, धुवाँ जमेको कालो वस्तु।
46691 ध्वाँसो ना. २. धैँसो; मोसो।
46692 ध्वाङ्ग्रे वि. भद्दा खालको; कद वा डिलडौल नमिलेको; नसुहाउँदो छाँटको।
46693 ध्वान ना. १. शब्द; आवाज; ध्वनि; नाद।
46694 ध्वान ना. २. गुञ्जन; थर्को।
46695 ध्वान्त ना. गाढा रूपको अँध्यारो; अन्धकार; निस्पट्ट अँध्यारो; चुक घोप्ट्याएजस्तो अँध्यारो।
46696 ध्वान्द्रिनु अ.क्रि. ध्वान्द्रो पर्नु; स्वर नराम्रो हुनु।
46697 ध्वान्द्रे वि. ध्वान्द्रो परेको; ध्वान्द्रिएको (रुख, स्वर इ.)।
46698 ध्वान्द्रो ना. १. भित्र खोक्रो वा लामो प्वाल भएको ठाउँ।
46699 ध्वान्द्रो ना. वि. २. भित्र खोक्रो हुनाले बाहिर ठोक्ता आवाज निस्कने।
46700 ध्वारध्वार क्रि.वि. कपडा च्यात्ता वा उघार्दा बारबार शब्द आउने गरी।