Dictionary

All Word

46601 ध्रुवदर्शक ना. १. सधैँ उत्तरतिर मात्रै सुई फर्कने दिशासूचक यन्त्र; कम्पास।
46602 ध्रुवदर्शक ना. २. सप्तर्षिमण्डल।
46603 ध्रुवदर्शन ना. विवाहका यज्ञमा बसेका बेला वरले वधूलाई ध्रुवतारो देखाउने काम।
46604 ध्रुवपद ना. १. प्रायः स्तुतिहरू गाइने एक लय।
46605 ध्रुवपद ना. २. सङ्गीतमा बारबार दोहोऱ्याइने कविताको कुनै एक चरण; टेक।
46606 ध्रुवलोक ना. पुराणअनुसार सत्यलोकअन्तर्गत ध्रुव रहने एक लोक।
46607 ध्रुवसत्य वि. ध्रुव उत्तरी आकाशमा सधैँ स्थिर वा अटल भएर रहेजत्तिकै साँचो; अखण्डित सत्य।
46608 ध्रुवीकरण ना. स्थिरीकरण।
46609 ध्रुवीय वि. ध्रुवसम्बन्धी; ध्रुवको।
46610 ध्रुवीय धार ना. ध्रुवीय महासागरबाट बग्ने चिसो पानीको प्रवाह।
46611 ध्रुवीय वायु ना. ध्रुवीय क्षेत्रबाट बहने चिसो बतास।
46612 ध्वंस ना. नाश; विनाश; सर्वनाश।
46613 ध्वंसक वि. नाश गर्ने; बिगार्ने; भत्काउने; विध्वंसक।
46614 ध्वंसन ना. १.नाश गर्ने काम; ध्वस्त पार्ने काम।
46615 ध्वंसन ना. २. क्षय; संहार; विनाश।
46616 ध्वंसलीला ना. मानव-विनाशक युद्ध; नरसंहार।
46617 ध्वंसावशेष ना. नाश हुँदा बाँकी रहेको अंश; भत्किँदा बचेको भाग; खण्डहर।
46618 ध्वंसित वि. नाश भएको; बिग्रिएको; भत्किएको; ध्वस्।
46619 ध्वंसी वि. १. नाश गर्ने; बिगार्ने; ध्वस्त पार्ने।
46620 ध्वंसी वि. २. विनष्ट हुने; नश्वर।
46621 ध्वज ना. १. प्रायः डन्डाका टुप्पामा झुन्ड्याएर वा बाँधेर कुनै संस्था वा विशिष्ट व्यक्तिको चिह्नका रूपमा राखिने कपडा; झन्डा; ध्वजा; धजो; पताका।
46622 ध्वज ना. २. चिह्न; निशाना।
46623 ध्वज ना. ३. श्रेष्ठ; प्रमुख।
46624 ध्वजदण्ड ना. झन्डा झुन्ड्याउने दण्ड; ध्वजयष्टि।
46625 ध्वजपट ना. ध्वजा; झण्डा।
46626 ध्वजभङ्ग ना. झन्डा झिक्ने काम; लिङ्गो ढलाइ।
46627 ध्वजयष्टि ना. ध्वजदण्ड।
46628 ध्वजयुक्त वि. ध्वजा भएको; झन्डावाल।
46629 ध्वजवान् वि. १. ध्वजा भएको; झन्डावाल।
46630 ध्वजवान् वि. २. चिह्न भएको; चिह्नाङ्कि।
46631 ध्वजवाहक ना. झन्डावाल; झन्डा बोक्ने अधिकार प्राप्।
46632 ध्वजांशुक ना. ध्वजाको कपडा; झन्डाको कपडा।
46633 ध्वजा ना. झन्डा; पताका; ध्वज।
46634 ध्वजापताका ना. विवाह, उत्सव आदि शुभकार्यमा प्रयुक्त हुने विभिन्न आकारका रङ्गीचङ्गी ध्वजा र त्यस्तै फूलपात तथा कागजका पत्रपत्री।
46635 ध्वजारोपण ना. झन्डा गाड्ने काम; ध्वजा उभ्याउने काम।
46636 ध्वजावाहक ना. झन्डा बोक्ने झन्डाधारी।
46637 ध्वजी वि. १. ध्वजा भएको; झन्डादार।
46638 ध्वजी वि. २. कुनै किसिमको चिह्न भएको; चिह्नि।
46639 ध्वजोत्तोलन ना. झन्डा फहराउनेकाम; ध्वजा गाड्ने काम।
46640 ध्वजोत्थान ना. १. झन्डा गाड्ने काम; ध्वजा फहराउने काम।
46641 ध्वजोत्थान ना. २. इन्द्रयात्रा, बिस्केट आदिको लिङ्गो उभ्याउने काम।
46642 ध्वनन ना. ध्वनि निकाल्ने काम; शब्द निकाल्ने क्रिया।
46643 ध्वनि ना. १. कानले सुन्न सकिने वा सुनिने विषय; श्रवणेन्द्रियको विषय; आवाज; शब्द।
46644 ध्वनि ना. २. कुनै अर्थ वा आशय नखुल्ने शब्द वा आवाज (पशुको ध्वनि, बादलको ध्वनि इ.)।
46645 ध्वनि ना. ३. कुनै ठाउँमा शब्द थर्कंदा फर्केर आउने आवाज; प्रतिध्वनि; घन्को।
46646 ध्वनि ना. ४. कुनै कथन वा उक्तिको वाच्यार्थ तथा लक्ष्यार्थलाई छाडेर अर्थभित्र पनि लुकेर रहने चमत्कारी अर्थ; गूढार्थ; व्यङ्ग्यार्थ; ध्वन्यार्।
46647 ध्वनि ना. ५. मुखबाट उच्चरित हुने आवाज।
46648 ध्वनि ना. ६. कुनै अवस्थामा पनि खण्डित हुन नसक्ने भाषाको निम्नतम एकाइ।
46649 ध्वनिअङ्कन ना. चलचित्र वा सिनेमाको ध्वनि रेकर्ड गर्ने वा भर्ने काम।
46650 ध्वनिअवयव ना. ध्वनिहरूको उच्चारणमा सक्रिय रहने फोक्सोदेखि ओठसम्मका विभिन्न अङ्गहरू; उच्चारण-अवयव।