Dictionary

All Word

46801 नक्षत्र ना. चन्द्रमाको मार्गमा देखिने, सौरजगत्देखि अलग रहेका सत्ताइस नक्षत्र वा ताराहरूको समूह (अश्विनी, भरणी,कृत्तिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु, पुष्य (तिष्य), अश्लेषा,मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा,अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती )।
46802 नक्षत्र ना. २. ज्योतिषशास्त्रअनुसार मनुष्यका असलखराब अवस्थाका अधिष्ठाताहरू।
46803 नक्षत्र ना. ३. तारा।
46804 नक्षत्रचक्र ना. चन्द्रमाले सत्ताइस - अट्ठाइस दिनमा परिक्रमा गर्ने,सत्ताइस नक्षत्रको चक्र वा घेरो, राशिचक्र।
46805 नक्षत्रचक्र ना. २. तान्त्रिकहरूले पूजा गर्ने एक चक्र।
46806 नक्षत्रपति ना. चन्द्रमा।
46807 नक्षत्रपथ ना. नक्षत्रहरूले भ्रमण गर्ने मार्ग, नक्षत्रमार्ग, आकाश।
46808 नक्षत्रमार्ग ना. नक्षत्रप।
46809 नक्षत्रविद्या ना. ज्योतिषविद्या।
46810 नक्षत्रशूल ना. कुनै दिशामा जानुपर्दा ज्योतिषशास्त्रअनुसार विचार गरिने, नक्षत्रमा रहने दुष्काल।
46811 नक्षत्रीय वि. नक्षत्रसँग सम्बन्धित, नक्षत्रको।
46812 नक्सलपन्थी ना. नक्सलवादी।
46813 नक्सलवाद ना. भारतको पश्चिम बङ्गालको नक्सलवादी इलाकाबाट सुरु भएको मार्क्सवाद र लेनिनवादमा विश्वास राख्ने वामपन्थीहरूको राजनीतिक विचारधारा।
46814 नक्सलवादी वि. नक्सलवादमा विश्वास राख्ने, नक्सलवादको समर्थक।
46815 नक्सलवादी वि. ना. २. त्यस्ता राजनीतिक कार्यकर्ताहरूको समूह,नक्सलपन्थी।
46816 नक्सा ना. रेखाद्वारा तयार गरिएको कुनै चित्र रेखाचित्र।
46817 नक्सा ना. २. देश, सहर, नदी, पहाड, समुद्र आदिको सङ्केतसहित लेखिएको पृथ्वी वा खगोलको चित्र मानचित्र,भूचित्र।
46818 नक्सा ना. ३. घर, मन्दिर, पुल आदि बनाउन तयार पारिने, नाप- नमुनासहितको चित्र।
46819 नक्सा ना. ४. आकृति, आकार, रूपरेखा (जस्तो- एकैनक्साको, मिल्दो नापनक्सा इ.)।
46820 नक्साफाँट ना. घर, पर्खाल आदिको नक्सा दर्ता गर्ने वा तत्सम्बन्धी काम गर्ने शाखा।
46821 नक्सापास ना. नियमानुसार नक्सा पास गर्ने काम।
46822 नख ना. नङ, नङ्ग्रा।
46823 नख ना. २. नक्खी।
46824 नखक्षत ना. नङ गाडिनाले लागेको घाउ, नङ गडेको चिह्न,नङको डाम।
46825 नखक्षत ना. २. पुरुषहरूले स्त्रीको कुचमर्दन गर्दा स्तनमा लाग्ने नङको चिह्न वा डोब।
46826 नखरमाउली वि. नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने, नखरा पार्ने, उत्ताउलो स्वभावकी (स्त्री)।
46827 नखरमाउलो वि. नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने,नखरा पार्ने, उत्ताउलो स्वभावको।
46828 नखरा ना. चढ्दो बैंसमा, विशेष गरी स्त्रीहरूमा हुने चुलबुलेपन, छालेपन।
46829 नखरा ना. २ हाउभाउ, ढाँचा, स्वाङ।
46830 नखरा ना. ३. बहाना, निहुँ।
46831 नखरे वि . नखरा गर्ने, स्वाङ पार्ने।
46832 नखविष ना. शरीरमा नङले कोतर्दा वा नङ गाड्दा विष लाग्ने जीव, नङमा विष हुने जीव (मानिस, कुकुर, बिरालो, बाँदर आदि)।
46833 नखविष ना. २. नङमा हुने विष।
46834 नखशिखवर्णन ना. खुट्टाको नङदेखि लिएर शिरसम्मको वर्णन,स्थूलशृङ्गारिक कवितामा पाइने बाह्य रूपसौन्दर्यको वर्णन।
46835 नखशिखान्त क्रि.वि. गोडाको नङदेखि लिएर शिखाको अन्त्यसम्म, खुट्टादेखि टाउकोसम्म ( शरीरका सम्पूर्ण अवयव )।
46836 नखाघात ना. नङले कोपर्दा वा गाड्दा पर्न गएको घाउ,नखक्ष।
46837 नखायुध ना. नङ वा नङ्ग्रालाई नै हतियारका रूपमा प्रयोग गर्ने प्राणी, नङले कोपरेर वा चिथोरेर आघात गर्ने प्राणी ( सिंह,बाघ, कुखुरो इ.)।
46838 नखी वि. लामालामा नङ वा नङ्ग्रा हुने।
46839 नखी वि. २. नङ्ग्रालाई नै हतियारको रूपमा प्रयोग गर्ने, नखायुध।
46840 नखी वि. ना ३. एक सुगन्धित द्रव्य।
46841 नग ना. अग्ला डाँडा, पहाड, पर्व।
46842 नग ना. २. रुख, वृक्ष।
46843 नगण ना. छन्दशास्त्रका नियमअनुसार तीन लघु मात्रा हुने एक गण (III)।
46844 नगण्य वि. गणना गर्न नपर्ने, गणना गर्न अयोग्य, गन्तीमा नआउने, थोरै,अल्प।
46845 नगण्य वि. २. तुच्छ, निकृष्ट।
46846 नगद ना. चलनचल्तीमा आइरहने कागजी मुद्रा वा धातुका मुद्रा, सिक्कारूपी धन रुपियाँपैसा आदि।
46847 नगद ना. वि. २. बहुमूल्य।
46848 नगद ना. ३. उत्तम, श्रेष्ठ।
46849 नगदनारायण ना. रुपियाँपैसा आदि नगद द्रव्य।
46850 नगदनारायण ना. २. महत्त्वका दृष्टिले नारायणस्वरूप नगद द्रव्य।