Dictionary

All Word

46851 नगदानगदी ना. नगद लिइएको ठाउँमा तिरिने नगदै रकम।
46852 नगदानगदी ना. २. कुनै मालसामान, बस्तुभाउ किन्दा तत्काल गनिने नगद रुपियाँपैसा।
46853 नगदी ना. नगद, सिक्का।
46854 नगदी ना. वि. २. तत्काल नगदका रूपमा परिणत हुन सक्ने।
46855 नगदी किताब ना. नगद रुपियाँपैसाको आयको हिसाब राख्ने किताब।
46856 नगदी खाता / बही ना. लेनदेन, कारोबारको हिसाब राख्ने कापी वा बही।
46857 नगदे वि. नगदका रूपमा परिणत गर्न सकिने (बस्तुभाउ,बालीनालीआदि),नगदी।
46858 नगदे बाली ना. नगद आम्दानी गर्ने उद्देश्यले उब्जाइने कृषिबाली (उखु, सुर्ती, कपास, जुट आदि )।
46859 नगदे बाली ना. २. बेचबिखन गरेर नगदका रूपमा परिणत गर्न सकिने त्यस्तो बाली।
46860 नगर ना. सडक, बजारसहित धेरै मान्छेहरूको बस्ती भएको र गाउँभन्दा बढी भौतिक साधन र सुविधा भएको विकसित ठाउँ, सहर, पुर (टाउन)।
46861 नगर ना. २. त्यस्तै ठुलो रूपमा रहेको कुनै एक बस्ती (विराटनगर, आदर्शनगर, महेन्द्रनगर इ.)।
46862 नगरकोट ना. नेपालको बाग्मती अञ्चलअन्तर्गत भक्तपुर जिल्लाको उत्तरपूर्व कुनामा रहेको हिमाली शृङ्खला तथा सूर्योदयको मनोहर दृश्य देखिने एक प्रसिद्ध ठाउँ।
46863 नगरनायिका ना. सहरमा बसेर नाचगान गर्ने र पैसा लिएर परपुरुषसँग सहवास गर्ने स्त्री, वेश्या, रन्डी।
46864 नगरपञ्चायत ना. नगरको स्वास्थ्य, सफाइ, बत्ती, सडक, ढल, पानी आदिको व्यवस्था गर्नका लागि पञ्चायतकालीन नगरपञ्चायत ऐनबमोजिम सम्बन्धित नगरका जनताद्वारा निर्वाचित, पञ्चायती व्यवस्थाअनुसार नगरतहको निकाय।
46865 नगरपाल ना. नगरको हेरचाह गर्ने व्यक्ति, नगरको रक्षा गर्ने व्यक्ति,नगररक्षक।
46866 नगरपालिका ना. वर्तमान व्यवस्थाअनुरूप नगरको सरसफाइ,स्वास्थ्य, सडक, भवन, ढल, पानी आदिको व्यवस्था गर्न वैधानिक रूपमा निर्वाचित र सङ्गठित निकाय।
46867 नगरपिता / प्रमुख ना. नगरपालिकाका निर्वाचित प्रमुख अधिकारी,मेयर।
46868 नगर प्रहरी ना. नगरको हेरचाह वा रक्षा गर्नका लागि राखिने प्रहरी,नगररक्षक प्रहरीको विशेष विभाग।
46869 नगरवासी वि. नगर वा सहरमा बस्ने, पुरवासी, सहरिया।
46870 नगर विकास योजना ना. नगरमा पानी, बिजुली, ढल, सडक आदिको आवश्यक व्यवस्था मिलाई नगरको समुचित विकास गर्न बनेको योजना, योजनाबद्ध रूपमा नगर बसाउने वा नगरको विकास गर्ने कार्यक्रम (टाउनप्लानिङ)।
46871 नगरा ना. पिंध तिखो भएको भिउँटजस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजाले बजाइने एक तालबाजा, ठुलो दमाहा, डङ्का।
46872 नगरी ना. सानो नगर वा सहर।
46873 नगरी ना. २. नगर।
46874 नगरीकरण ना. नगर बनाउने काम, कुनै ठाउँलाई सहरका रूपमा विकास गर्ने काम।
46875 नगरीय वि. नगरमा बस्ने वा हुने।
46876 नगरीय वि. २. नगरसम्बन्धी,नगरको।
46877 नगर्ची ना. नगरा बजाउने व्यक्ति।
46878 नगर्ची ना. २. दमाईंलाई मानपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।
46879 नगाधिप ना. पुराणअनुसार पर्वतको राजा मानिएको सुमेरु पर्व।
46880 नगाधिप ना. २. हिमालय।
46881 नगिच ना. यो. / क्रि.वि. हे. नजिक।
46882 नगेन्द्र ना. नगाधिप, सुमेरु।
46883 नगेन्द्र ना. २. हिमालय।
46884 नगोपा ना. धार्मिक पूजाआजा चलाउने, राईलिम्बूका धर्मगुरु।
46885 नगोपा ना. (नगोपालाई देउता चढ्नुका साथै ऊ ईश्वरको प्रतिनिधि बनेर मानिसलाई निर्देशित गर्छ। नगोपाद्वारा झाँक्री र वैद्यको काम पनि हुन्छ )।
46886 नग्गा वि. उछिनेर अगाडि जाने, नाघ्ने।
46887 नग्न वि. शरीरमा लुगाफाटो केही नभएको, नाङ्गो, दिगम्बर, निर्वस्त्र।
46888 नग्न वि. २. आवरण नभएको।
46889 नग्न वि. ३. ढाकछोप नगरी जस्ताको तस्तै रहेको यथार्थ, खसोखास (रूप, कुरो आदि)।
46890 नग्नता ना. नग्न हुनाको भाव वा अवस्था, नङ्गापन, नाङ्गोपना।
46891 नग्नता ना. २. सब थोक प्रकट गर्नाको भाव वा स्थिति।
46892 नग्न नृत्य ना. नाङ्गो नाच।
46893 नग्न नृत्य ना. २. मनलाग्दो व्यवहार।
46894 नग्न सत्य ना. राम्रो वा प्रिय देखाउने उद्देश्यले कुनै कपोकल्पित वा बनावटी कुरा नथपिएको वास्तविक कुरो सुन्दा वा हेर्दा अप्रिय र नराम्रो लाग्ने तर यथार्थ कुरो, नाङ्गो सत्य।
46895 नग्ना वि. लुगाफाटो नलगाएकी, नाङ्गी, निर्वस्त्र (स्त्री)।
46896 नग्ना वि. २. लाज सरम नभएकी,निर्लज्ज (स्त्री)।
46897 नघाइ ना. नाघ्ने क्रिया वा प्रक्रिया।
46898 नघाइ ना. [ नघाउ + आइ] २. नघाउने क्रिया वा प्रक्रिया।
46899 नघाइनु क.क्रि. नाघ्न लाइनु।
46900 नघाउनु प्रे. क्रि. नाघ्न लगाउनु,नाघ्ने बनाउनु।