Dictionary

All Word

47001 नटुवी ना. स्त्री नट, नटी।
47002 नटेश्वर ना. नटका अधिपति शिव।
47003 नत वि. झुकेको; नुहेको; निहुरिएको।
47004 नत वि. २. नम्र स्वभावको;विनम्र; विनी।
47005 नतमस्तक वि. मान्य जनप्रति सम्मान भावले शिर निहुराएको।
47006 नतमस्तक वि. २. ठुलाबडासँग सवालजवाफ नगर्ने।
47007 नतमस्तक वि. ३. आफ्नो दोष वा सुर आदिले गर्दा विवश बनेको लाचार, लज्जि।
47008 नतांश ना. शरीरको वा अन्य कुनै वस्तुको झुकेको भाग।
47009 नताङ्गी ना. शरीर निहुरेकी स्त्री; नारी।
47010 नति ना. नम्र हुने क्रिया वा भाव; नम्रता; विनय।
47011 नति ना. २. नमस्कार।
47012 नतिजा ना. कुनै कामको आखिरमा हुने राम्रो वा नराम्रो परिणाम, कुनै कामको निष्कर्ष।
47013 नतिजा ना. २. श्रम वा प्रयासको फल,रिजल्ट।
47014 नतोदर वि. बिच खण्ड भित्रिएको, पेट भित्र पसेको।
47015 नत्थ ना. स्त्री जातिले नाकमा लाउने मुन्द्रीजस्तो गहना।
47016 नत्थ ना. २. गोरु, राँगो आदिको नाक छेडेर लगाइने मुन्द्रो, डोरी आदि।
47017 नत्थलायो ना. थ' अक्षर चिनाउने शब्द।
47018 नत्थिनु अ.क्रि. गोरु, राँगो आदिको छेडिएको नाकमा मुन्द्रो, डोरी आदि लाग्नु।
47019 नत्थिनु अ.क्रि. २. दुई वा दुईभन्दा बढी वस्तु परस्पर अल्भ्ि्ाकनु,जोल्टिनु।
47020 नत्थिनु अ.क्रि. ३. कुनै काम गर्न बाध्य हुनु।
47021 नत्थिनु अ.क्रि. ४. नत्थमा समातिएर घिच्चिनु।
47022 नत्थी ना. कागतपत्रलाई डोरी, धागो, पिन आदि जेल्ने काम।
47023 नत्थी ना. २. गोरु, राँगो आदिका नाकमा लगाइने मुन्द्रीसहितको डोरी, नत्।
47024 नत्थी ना. ३. कसैले कुनै काम गर्न विवश वा बाध्य गराउने उपाय वा कुरा।
47025 नत्थु ना. हे. नाथु।
47026 नत्थु खैरे वि. काम नलाग्ने, बेलायक, पाङ्दुरे।
47027 नत्थ्याइ ना. नत्थ्याउने किसिम, क्रिया वा भाव।
47028 नत्थ्याइनु क.क्रि. नत्थ लगाइनु।
47029 नत्थ्याउनु स.क्रि. स्त्री जातिले नाकमा नत्थ लगाउनु।
47030 नत्थ्याउनु स.क्रि. २. गोरु, राँगो आदिको नाक छेडेर मुन्द्रो डोरी आदि लगाउनु।
47031 नत्थ्याउनु स.क्रि. ३. कागतपत्र आदिलाई परस्परमा अल्झाउनु।
47032 नत्थ्याउनु स.क्रि. ४. कुनै कामकुरा गर्नका लागि विवश गराउनु, बाध्य तुल्याउनु।
47033 नत्थ्याहट ना. नत्थ्याउने अवस्था, भाव वा क्रिया।
47034 नत्थ्याहा वि. नत्थ्याउने चालको, नत्थ्याउने स्वभावको।
47035 नत्र संयो. त्यसो नभएको भए, होइन भने, अन्यथा।
47036 नत्र संयो. २. पक्षान्तरमा।
47037 नत्र भने संयो. त्यसो हुँदैन भने, त्यसो नभए, नभए ।
47038 नथना ना. नाकमा लगाउने पुरानो खालको एक गहना,ना।
47039 नथुनी ना. थारू जातिका स्त्रीहरूले नाकमा लगाउने एक प्रकारको गहना।
47040 नथुली ना. नाकमा लगाइने सानो नत्।
47041 नद ना. ठुलो खोलो वा नाला।
47042 नद ना. २. नदी शब्दको पुलिङ्गी रूप।
47043 नदारत / नदारद ना. कुनै वस्तु नभएको स्थिति; अभाव; शून्यता।
47044 नदिका ना. सानो खोलो, खहरे, सानो नदी।
47045 नदी ना. कुनै पर्वत, दह आदिबाट निस्केर निश्चित स्थानमा बग्दै अरू नदीनालासँग मिसिएर वा एक्लै समुद्रमा मिसिने जलप्रवाह।
47046 नदी ना. २. ठुलो खोलो।
47047 नदी काट ना. नदीले काटेको वा नदीले पुरेको जमिन।
47048 नदी काट ना. २. नदीले छोडेको ठाउँ, बगर।
47049 नदीज वि. नदीबाट उत्पन्न हुने।
47050 नदीज वि. ना. २. समुद्र।