Dictionary

All Word

48201 निःसन्तान वि. हे. निस्सन्तान।
48202 निःसत्त्व वि. हे. निस्सत्त्व।
48203 निःसन्देह वि. हे. निस्सन्देह।
48204 निःसम्पन्न वि. हे निस्सपन्न।
48205 निःसरण वि. हे. निस्सरण।
48206 निःसहाय वि. हे. निस्सहाय।
48207 नि:सार वि. हे. निस्सार।
48208 निःसारण ना. हे. निस्सारण।
48209 निःस्सारित वि. हे. निस्सारि।
48210 निःसीम वि. हे. निस्सीम।
48211 निःसृत वि. हे. निस्सृ।
48212 निःस्वार्थ वि. हे. निस्स्वार्।
48213 निःस्वार्थी वि. हे. निस्स्वार्थी।
48214 निःसम्पात ना. आधी रात; मध्यरा।
48215 निःसम्बल वि. सम्बलहीन; आधार नभएको; असहाय।
48216 निऋति ना. दक्षिण र पश्चिमको बिचमा पर्ने एक विदिशा;नैऋत्य।
48217 निऋति ना. २. नैऋत्यकोणकी अधिष्ठात्री देवी; सङ्कटा।
48218 निऋति ना. ३. राक्षसी।
48219 निकट ना. यो. नाम, सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएझैँ मिल्ने छेउ वा समीपको अर्थ बुझाउने एक प्रकारको अव्यय।
48220 निकट ना. यो. २. पास; नजिक; समीप।
48221 निकट ना. यो. वि. ३. नजिकको ; वरको; आत्मीय घनिष्ठ।
48222 निकट ना. यो. (उदा.- रामका लागि लक्ष्मणभन्दा निकट सीता नै ठहरिन्छन्।
48223 निकट ना. यो. क्रि.वि. ४. समीपमा नजिकै।
48224 निकट ना. यो. (उदा.- तिमी मेरै निकट छौ।
48225 निकट ना. यो. ना. ५. नजिकको स्थिति वा नजिक हुनाको अवस्था वा परिस्थिति; सामीप्य।
48226 निकटतम वि. ज्यादै नजिकको; सबभन्दा नजिकको।
48227 निकटता ना. निकट हुनाको भाव वा अवस्था; सामीप्य।
48228 निकटवर्ती वि. निकट वा नजिकमा रहेको; आसपासमा भएको; नजिकको; छेउछाउको; समीपको; समीपवर्ती।
48229 निकटस्थ वि. निकटवर्ती।
48230 निकम्मा वि. नालायक; बेकम्मा।
48231 निकर ना. कुनै वस्तु वा वस्तुहरूको समूह; समुदाय।
48232 निकर ना. २. वस्तु वा वस्तुहरूको सञ्चित राशि; थुप्रो।
48233 निकर ना. ३. कुनै एक वस्तु वा वस्तुहरू अधिक मात्रामा भएको ठाउँ; निधि; कोश।
48234 निकल ना. मोलम्मा गर्दा वा धातुमा खादको मिश्रण गर्दा प्रयोग गरिने चाँदी झैं सेतो एक धातु।
48235 निकल ना. २. अमेरिकामा पाँच सेन्ट बराबर मूल्यको एक मुद्रा।
48236 निकष / निकषोपल ना. असल, कमसल छुट्ट्याउन सुनचाँदी आदि धातु घोटेर हेर्ने ढुङ्गो; कसी।
48237 निकष / निकषोपल ना. २. हतियारमा सान लगाउन प्रयोग गरिने ढुङ्गो; सानढुङ्गो।
48238 निकानन्द ना. कुनै दुःख पिर नभएको अवस्था आनन्द; सन्चो।
48239 निकानन्द ना. वि. २. दुःख, पिर नभएको; विघ्नबाधा नभएको;निर्विघ्न।
48240 निकाय ना. समूह; समुदाय।
48241 निकाय ना. २ समुदायअन्तर्गतको एक खण्ड; एकाइ।
48242 निकाय ना. ३. वासस्थान।
48243 निकाय ना. ४. शरीर।
48244 निकाय ना. ५. निशाना;लक्ष्य।
48245 निकाय ना. ६. कुनै संस्था वा सदन।
48246 निकाल्नु स.क्रि. भित्र भएको कुनै वस्तु बाहिर झक्नु वा अन्यत्र कतै पठाउनु।
48247 निकाल्नु स.क्रि. २. कुनै व्यक्तिलाई कुनै देश; ठाउँ; कामकाज आदिबाट हटाउनु।
48248 निकाल्नु स.क्रि. ३. बसिरहेको देश; ठाउँ आदिबाट लखेट्नु;धपाउनु।
48249 निकाल्नु स.क्रि. ४. थुनिएको वा रोकिएको कुनै व्यक्ति वा वस्तुलाई छुटाउनु; बन्धनबाट मुक्त पार्नु।
48250 निकाल्नु स.क्रि. ५. लुकिरहेको वस्तुलाई बाहिर प्रकट गर्नु; प्रकाशमा ल्याउनु।