Dictionary

All Word

48351 निखुर वि . कुनै किसिमको दाग नभएको; निक्खर।
48352 निखुर वि . २. एउटा रङमा अर्को रङ नमिसिएको; निखरा; निक्खर; एकछाँटा।
48353 निखुर्को ना. चैततिर चल्ने तातो हावाका प्रभावले झारपातहरू पूर्ण रूपले सुकेको अवस्था; पतझड।
48354 निखुर्को ना. (उदा.- यो पराल अहिले खर्च नगरी निखुर्काका लागि साँच्नुपर्छ)।
48355 निखुर्को ना. २. उनाउलो पलाउनुभन्दा पहिलेको ग्रीष्मर्तु।
48356 निखुल्कनु अ.क्रि. अरूलाई मन नपर्ने गरी इत्तरिनु;मात्तिनु; फुरफुरिनु; फुर्किनु; निफुल्कनु; नेप्रिनु।
48357 निखुल्काइ ना. निखुल्कने किसिम, क्रिया वा भाव।
48358 निखुल्किनु अ.क्रि. निखुल्कनु।
48359 निखुल्क्याइ ना. निखुल्काइ।
48360 निखुल्क्याइनु क.क्रि. निखुल्किने पारिनु।
48361 निखुल्क्याउनु स.क्रि. / प्रे. क्रि. निखुल्किने पार्नु वा पार्न लगाउनु।
48362 निखुल्क्याहट ना. निखुल्काहट।
48363 निख्रनु अ.क्रि. भएको चिजबिज; सम्पत्ति आदि समाप्त हुनु; अलि अलि गरेर भएभरको सकिनु;बाँकी नरहनु;रित्तिनु; सिद्धिनु।
48364 निख्रनु अ.क्रि. २. फोहोर मैला नभएको हुनु; स्वच्छ हुनु।
48365 निख्राइ ना. निख्रने किसिम, क्रिया वा भाव।
48366 निख्राइनु क.क्रि. निख्रने पारिनु वा निखारिनु।
48367 निख्राउनु प्रे. क्रि. / स.क्रि. समाप्त गर्नु; रित्याउनु; निखार्नु।
48368 निख्राहट ना. निख्राइ।
48369 निख्रिनु क.क्रि. निख्रने पारिनु; निखारिनु।
48370 निख्रिनु क.क्रि. अ.क्रि. २ समाप्त हुनु।
48371 निख्लाम ना. केही पनि नखाएर बस्नुपर्ने स्थिति वा धर्म; सत्याग्रह आदिका लागि गरिने पूर्ण निराहार; निखलाम।
48372 निख्लाम ना. वि. २. त्यसरी भोको भएको (व्यक्ति, स्थिति, व्रत इ.)।
48373 निख्लाम ना. ३. पूर्ण भोको।
48374 निख्लाम ना. क्रि.वि. ४. त्यसरी भोको रहेर (उदा.- उसले निख्लाम सारा रात काट्यो )।
48375 निख्लै वि. निस्तै; गलोबाट नछिर्ने।
48376 निख्लै वि. क्रि.वि. २. निस्तो किसिमले।
48377 निगड ना. हात्ती बाँध्ने सिक्री।
48378 निगड ना. २. कैदीका गोडामा लगाइने एक किसिमको फलामे कडा; नेल।
48379 निगम ना. वेद वा वेदको कुनै अंश।
48380 निगम ना. २. बाटो मार्ग।
48381 निगम ना. ३. बजार; हाट।
48382 निगम ना. ४. सरकारी नियम कानुनअनुसार चल्ने गरी मान्यताप्राप्त स्वतन्त्र अस्तित्व भएको सहकारी संस्था।
48383 निगम ना. ५. सङ्घ।
48384 निगमकर ना. कुनै निगमले आफ्नातर्फबाट लगाएको कर।
48385 निगमन ना. गणित वा भौतिक शास्त्रका सूत्रको समुचित निराकरण।
48386 निगम सचिव ना. कुनै निगमको सचिव।
48387 निगमित वि. निगमका रूपमा परिणत भएको; निगमको रूप दिइएको।
48388 निगरानी ना. कुनै व्यक्ति वा वस्तु नबिग्रियोस्,नमासियोस् वा अरूद्वारा जथाभावी नहोस् भन्ने उद्देश्यले रेखदेख गर्ने काम,;हेरविचार; निरीक्षण; रेखदेख।
48389 निगार ना. छानेको जाँड; चुहाएको जाँड।
48390 निगाले वि. निगालोसम्बन्धी; निगालाको।
48391 निगाले वि. २. निगालोजस्तो।
48392 निगाले उखु ना. एक प्रकारको झिनो उखु।
48393 निगाले चितुवा ना. सानो जातको चितुवा; चरीबाघ।
48394 निगाले झाँप्रो ना. निगालाको जस्तो पात हुने एक प्रकारको जङ्गली घाँस।
48395 निगालो ना. कलम, नली आदि बनाइने, प्राय: लेकमा हुने एक जातको मसिनो बाँस; शर।
48396 निगाह ना. दरिद्री व्यक्तिका उपर गरिने कृपा; दया।
48397 निगाह ना. २. दयादृष्टि; मेहरबानी।
48398 निगुरो ना. हे. निहुरो।
48399 निगूढ वि. मुस्किलले मात्र जान्न सकिने; रहस्यपूर्ण; अति गुप्।
48400 निगूढ वि. ना. २. जङ्गली मुगी।