Dictionary

All Word

48401 निगूढार्थ वि. अर्थ स्पष्ट नभएको; अर्थ लुकेको।
48402 निगृहीत वि. अपराधको आशङ्कामा वा अन्य कुनै कारणले समातिएको; पक्रिएको; पक्राउ परेको।
48403 निगृहीत वि. २. घेरिएको।
48404 निगृहीत वि. ३. पीडित;दण्डि।
48405 निग्रह ना. मन, इन्द्रिय आदिलाई छाडा हुन नदिएर आफ्नो वशमा राख्ने काम रोक्ने काम; नियन्त्रण, रोक।
48406 निग्रह ना. २. उच्छृङ्खल काम-कुरा गर्ने व्यक्तिलाई दिइने दण्ड वा सजाय, यातना, पीडा।
48407 निग्रह ना. ३. दान दिइएको वस्तु फिर्ता लिँदा दिइने मूल्य।
48408 निग्रहण ना. रोक्ने काम; रोक; अवरोध।
48409 निग्रहण ना. २. दण्ड;सजाय।
48410 निग्रहस्थान ना. वाद-विवाद वा शास्त्रार्थमा असङ्गत कुरो झकी जित्न खोज्नेलाई मूर्ख साबित गरी चुप लाग्न वाध्य गराउने स्थान।
48411 निग्रही वि. निग्रह गर्ने; दमनकर्ता।
48412 निग्रो ना. अफ्रिकामा रहने कालो छाला भएको एक जाति; हब्सी।
48413 निघण्टु ना. संस्कृत भाषाको शब्दका पर्यायहरूको सङ्ग्रह भएको प्राचीन कोश।
48414 निघण्टु ना. २. वैदिक शब्दकोश।
48415 निघण्टु ना. ३. शब्दकोश।
48416 निचर्नु स.क्रि. हे. निचोर्नु।
48417 निचराइ ना. हे. निचोराइ।
48418 निचराइनु क.क्रि. निचोराइनु।
48419 निचराउनु प्रे. क्रि. निचोराउनु।
48420 निचो वि. अपेक्षाकृत तल रहेको; होचो; गहिरो।
48421 निचो वि. २. तुच्छ; चुत्थो।
48422 निचोड ना. सारांश; निष्कर्ष।
48423 निचोर्नु स.क्रि. हातले वा अन्य कुनै साधनले दुईतिरबाट च्यापेर वा अँठ्‌याएर कुनै वस्तुको रस चुहिने गरी निकाल्नु।
48424 निचोर्नु स.क्रि. २. बेसरी थिच्नु।
48425 निचोर्नु स.क्रि. ३. भएजति सबै झक्नु, निथार्नु।
48426 निचोर्नु स.क्रि. ४. कुनै जुक्ति - बुद्धिले अर्काको मनको कुरा लिनु।
48427 निचोर्नु स.क्रि. ५. माड्नु; मिच्नु।
48428 निचोर ना. कुनै वस्तु वा कुराको सार; सारांश।
48429 निचोर ना. २. विचार वा विवेचनाबाट आखिरमा निक्लेको सिद्धान्त; निष्कर्ष; निधो; निर्केवल।
48430 निचोर ना. ३. कुनै कामको अन्तिम परिणाम, आखिर, अन्त्य।
48431 निचोर ना. ४. खोइलाबाट रस निकाल्ने काम।
48432 निचोराइ ना. निचोर्ने क्रिया वा प्रक्रिया।
48433 निचोराइनु क.क्रि. निचोरिने पारिनु।
48434 निचोराउनु प्रे. क्रि. निचोर्न लगाउनु;निचोरिने पार्नु।
48435 निचोराहट ना. निचोराइ।
48436 निचोरिनु क.क्रि. निचोराइको पात्र हुनु।
48437 निचोरनाचोर ना. सबैतिरबाट निचोर्ने काम; राम्ररी चारैतिरको सार-वस्तु झर्ने गरी निचोर्ने प्रक्रिया।
48438 निचोऱ्याइ ना. निचोरिने क्रिया वा प्रक्रिया।
48439 निचोऱ्याहट ना. निचोऱ्याइ।
48440 निछट्टो वि. शुद्ध बोली नबोल्ने; असभ्य।
48441 निछाइ ना. निछाउने क्रियाप्रक्रिया।
48442 निछाइनु क.क्रि. निछाउने पारिनु।
48443 निछाइनु क.क्रि. निछाइलो - वि. पट्ट्यारलाग्दो;अल्छीलाग्दो।
48444 निछाउनु स.क्रि. कुनै काम-कुरोलाई महत्त्व नदिई उपेक्षा गर्नु।
48445 निछाउनु स.क्रि. अ.क्रि. २. नीच मार्नु।
48446 निछाउनु स.क्रि. 3. गर्नुपर्ने कुनै काम- कुरोलाई गरूँ कि नगरूँ जस्तो गरेर टार्नु; अल्छी गर्नु।
48447 निछाउनु स.क्रि. ४. ढिलाउनु।
48448 निछाहट ना. निछाइ।
48449 निछोट्नु स.क्रि. कुनै वस्तु वा कुरालाई केलाउनु।
48450 निछोट्नु स.क्रि. २. हेर्नु।