Dictionary

All Word

48551 निदर्शन ना. कुनै वस्तु वा कुरा देखाउने काम; कुनै वस्तु वा कुरालाई औंल्याउने काम।
48552 निदर्शन ना. २. उदाहरण; उपमा; दृष्टान्।
48553 निदर्शना ना. दुई वाक्यको अर्थमा अन्तर हुँदाहुँदै पनि उपमाद्वारा तिनीहरूका सम्बन्धको कल्पना गर्दा साहित्यमा हुने एक अर्थालङ्कार।
48554 निदाइ ना. निदाउने भाव, क्रिया वा प्रक्रिया।
48555 निदाइनु क.क्रि. निद्रामा परिनु , सुतिनु।
48556 निदाइलो वि. निद्रामा पार्लाजस्तो; सुतूँ-सुतूँ हुने।
48557 निदाउनु अ.क्रि. प्राणीहरूका जीवित अवस्थामा हुने अधिकांश चेतनावृत्ति रोकिएर निश्चेष्ट भई शारीरिक, मानसिक आदि विश्रान्ति पाउनु, निद्रामा पर्नु, सुत्नु।
48558 निदाउनु अ.क्रि. २. हातगोडामा रक्तसञ्चार बन्द भई झमझमाउनु।
48559 निदाउरो वि. भोक, प्यास, थकाइ वा मानसिक चिन्ताले मलिन; अँध्यारो, शिथिल।
48560 निदाउरो वि. २. निद्रातुर।
48561 निदान ना. कुनै कार्यको आदि कारण; प्रमुख कारण; मुख्य हेतु।
48562 निदान ना. २. डाक्टर, वैद्य आदिद्वारा रोगीको रोग खुट्ट्याउने काम;रोगीको रोगको निर्णय।
48563 निदान ना. ३. कुनै कुराको अन्तिम निष्कर्ष, परिणाम; निचोर; आखिर।
48564 निदान ना. ४. शुद्धता।
48565 निदान कार्य ना. रोग खुट्ट्याउने काम।
48566 निदानशेष / सेक क्रि.वि. अन्त्यमा; भरेपरन्तुमा।
48567 निदानसेकमा क्रि.वि. भरेपरन्तुमा।
48568 निदार ना. हे. निधार।
48569 निदाल ना. घरका दलिनहरू अड्याउनाका निम्ति गाराका बिचमा वारपार राखिने काठ; फलाम आदिको सत्तरी; दलिनहरू अड्याउने काठ, फलाम आदिको साधन।
48570 निदुरी ना. निदाइरहने स्वास्नीमान्छे।
48571 निदुरी ना. २. (दन्त्यकथामा) नीद; निदुली; निदरी।
48572 निदुली ना. निद्रा; निदरी; निदुरी।
48573 निदेश ना. ठुलो मानिसले आफूभन्दा साना मानिसलाई दिने आदेश; आज्ञा।
48574 निदेश ना. २. कथन; उक्ति।
48575 निदेश ना. ३. सामीप्य।
48576 निद्रा ना. सुतेको वा काम नभएको बेलामा शरीर शिथिल भई केही काल चेत हराउने प्रक्रिया वा गुण।
48577 निद्रा ना. २. त्यसरी चेत हराएको अवस्था, निद्रावस्था; नीद; स्वप्न; सपना।
48578 निद्रालु वि. धेरै बेरसम्म निदाइरहने; बढी निदाउने; सुताहा।
48579 निद्रालु वि. २. आँखामा निद्रा भएको; निद्राले ग्रस्।
48580 निद्रालु वि. ३. निद्रामा पार्ने खालको।
48581 निद्रालु वि. ४. मादक।
48582 निद्रिका ना. मानसिक तनाउलाई मेटेर, जाग्रत् अवस्थाको चेतनावृत्तिलाई निलम्बित पारेर निद्रा लगाइदिने औषधी।
48583 निद्रित वि. निदाएको; सुतेको।
48584 निधन ना. प्राणीको शरीर सदाका निम्ति चेतनाहीन भई लास हुने प्राकृतिक नियम; मरण; मृत्यु।
48585 निधन ना. २. अन्त; समाप्ति।
48586 निधन ना. वि. ३. धन नभएको; निर्धन; दुःखी;दरिद्र।
48587 निधन क्रिया ना. मरेपछिको काजकिरिया; किरियाकाष्टा; अन्त्येष्टि क्रिया।
48588 निधार ना. आँखीभुईंदेखि माथि कपालसम्मको अवयव; ललाट, भाल; निदार।
48589 निधार ना. २. खप्पर; पुर्पुरो; चाँदो।
48590 निधार ना. ३. भाग्य।
48591 निधि ना. कुनै वस्तु धेरै मात्रामा भएको ठाउँ; कुनै वस्तु सञ्चित भएर रहेको ठाउँ; खानि।
48592 निधि ना. २. गुप्त रूपमा रहेको धन; गडेको धन; गाडधन।
48593 निधि ना. ३. कुबेरका नौ भण्डार वा खानि (पद्म,महापद्म, शङ्ख, मकर, कच्छप, मुकुन्द, कुन्द, नील र खर्ब)।
48594 निधि ना. ४. समुद्र।
48595 निधिनु अ.क्रि. निधो हुनु; टुङ्गो लाग्नु।
48596 निधिनी ना. कथ्य. निदिनी।
48597 निधिनी ना. १. बनझाँक्री भन्ने रहस्यमय जातिकी स्त्री; स्त्री बनझाँक्री; बनझँक्रिनी।
48598 निधिनी ना. २. धमिनी।
48599 निधिनी गुरुमा ना. झाँक्रीविद्या सिकाउने एक अनुश्रुतिगत बनझँक्रिनि।
48600 निधिनी गुरुमा ना. २. बोक्सी।