Dictionary

All Word

48601 निधिपति ना. कुबेर।
48602 निधिपति ना. २. खानीको मालिक।
48603 निधो ना. अन्तिम निर्णय; पक्कापक्की; निश्चय।
48604 निधो ना. २. खोजेर पत्ता लगाउने कार्य; टुङ्गो; खोजीनिती।
48605 निध्याइ ना. निध्याउने काम वा किसिम।
48606 निध्याइनु क. क्रि. निधो गरिनु; टुङ्गो लगाइनु।
48607 निध्याइलो वि. निधो लाग्लाजस्तो।
48608 निध्याइलो वि. २. निधो गर्न वा लगाउन लायक।
48609 निध्याउनु स.क्रि. / प्रे. क्रि. निधो गर्नु; निधो लगाउनु।
48610 निनाद ना. ध्वनि; आवाज।
48611 निनादित वि. शब्द निस्केको; निनाद भएको; ध्वनि।
48612 निनादी वि. ध्वनि निकाल्ने ;हल्ला गर्ने; बज्ने।
48613 निनी ना. बालबोलीमा सुत्ने क्रिया बुझाउने शब्द; सुत्ने काम; सुताइ; निद्रा; नुनु; चिउँ।
48614 निनी ना. वि. बो. २. बालकहरूलाई सुताउँदा भनिने शब्द।
48615 निनी ना. गाईका ससाना बाछाबाछीलाई प्यारो गरेर भनिने शब्द।
48616 निनुङ ना. लिच्छवि शासनकालमा प्रशासन सञ्चालन गर्न खडा गरिएको केन्द्रीय स्तरको कुनै एक अड्डा।
48617 निन्दक वि. अर्काको भए-नभएको दोषको बखान गर्ने; अर्काको निन्दा गर्ने; परोक्षमा अर्काको कुरा काट्ने।
48618 निन्दनीय वि. निन्दा गर्नुपर्ने; निन्दा गर्न लायक; तिरस्करणीय।
48619 निन्दनीय वि. २. ऐनकानुन, वंश-परम्परा र लोकव्यवहारको प्रतिकूल; सामाजिक नियम र मर्यादाको विरुद्ध ( आचरण, व्यवहार इ.)।
48620 निन्दा ना. कुनै व्यक्ति वा वस्तुको खोट देखाउने काम; अर्काको भए-नभएको दोष देखाउने काम; परोक्षमा अर्काको कुरा काट्ने काम।
48621 निन्दा ना. २. तिरस्कार, हेलाँ, घृणा, अवज्ञा।
48622 निन्दा ना. ३. अपकीर्ति;अपवाद; बदनामी।
48623 निन्दात्मक वि. कसैको निन्दा वा अनुचित आलोचना गरेर लेखिएको वा भनिएको, निन्दा भएको।
48624 निन्दित वि. निन्दा गरिएको; दोष देखाइएको; बदनाम भएको;तिरस्कृ।
48625 निन्दु ना. मरेको बच्चा जन्माउने स्त्री।
48626 निन्दु ना. २. जन्मनेबित्तिकै छोराछोरी मर्ने स्त्री; मृतवत्सा।
48627 निन्दु ना. ३. छोराछोरी जन्मनेबित्तिकै स्वयम् मर्ने स्त्री।
48628 निन्दोचर्चो ना. अर्काको नराम्रो बानीबेहोराको अनावश्यक चर्चा;अर्काको दोषको अनावश्यक खोजीनिती; परोक्षमा अर्काको कुरा काटिरहने प्रवृत्ति; चेवाचर्चा।
48629 निन्दोचर्चो ना. २. अर्काको दोष बखान गर्ने काम; बदख्वाइँ; बदनामी।
48630 निन्द्य वि. निन्दा गर्न लायक;निन्दा गर्नुपर्ने; निन्दनीय।
48631 निन्द्रा ना. हे. निद्रा।
48632 निन्द्रालु वि. निद्रालु।
48633 निन्याउरो वि. हे. निदाउरो।
48634 निपर्सि क्रि.वि. पर्सिको भोलिपल्ट;निकोपर्सि; निकोर्सि।
48635 निपात ना. भाषामा खास खास भावलाई व्यक्त गर्न स्वयम् प्रत्यक्ष रूपले सार्थक नभए पनि वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द (नि, पो, र, त आदि)।
48636 निपात ना. २. खस्ने काम; झर्ने काम; गिर्ने काम; अधपतन।
48637 निपात ना. ३. नाश; सखाप।
48638 निपातन ना. माथिबाट तल खस्ने काम; झर्ने काम; गिर्ने काम; पतन।
48639 निपातन ना. २. पिट्ने काम; चुट्ने काम; पिटाइ चुटाइ।
48640 निपातन ना. ३. नाश गर्ने काम; नाश।
48641 निपातित वि. माथिबाट तल झारिएको; खसालिएको; गिराइएको।
48642 निपातित वि. २. नाश पारिएको।
48643 निपान ना. पोखरी।
48644 निपान ना. २. कुवा।
48645 निपान ना. ३. दुध दुहुने भाँडो।
48646 निपाने वि. पानी नभएको; सुक्खा (जमिन आदि)।
48647 निपुण वि . कुनै कामकुराको राम्रो ज्ञान भएको; काममा चतुर; सिपालु;चलाख; कुशल; दक्ष; चुपिचन्डाल।
48648 निपुणता ना. निपुण हुनाको भाव, दक्षता, कार्यकुशलता।
48649 निपुणता ना. २. चलाखी।
48650 निप्टनु अ.क्रि. हे. निब्टनु।