Dictionary

All Word

48851 नियन्त्रक वि. २. व्यवस्थापक।
48852 नियन्त्रक वि. ना. ३. कुनै विश्वविद्यालय वा यस्तै संस्थाको परीक्षा सम्पन्न गराउने प्रमुख (कन्ट्रोलर )।
48853 नियन्त्रण ना. नियम वा बन्धनमा राख्ने काम; व्यवस्थित स्थिति वा अनुशासनपूर्वकको अधीनता।
48854 नियन्त्रण ना. २. शक्ति प्रयोगबाट हुने गरिने अशान्त स्थितिको दमन।
48855 नियन्त्रण कक्ष ना. रेडियो, चलचित्र आदिमा ध्वनिलाई ठिक-ठिक रूपमा चलाउने कक्ष (कन्ट्रोलर बुथ )।
48856 नियन्त्रित वि. नियन्त्रणमा राखिएको स्थिति काबुमा लिइएको।
48857 नियन्त्रित वि. २. व्यवस्थित; नियमबद्ध।
48858 नियम ना. परम्परागत नीति, विधि, धार्मिक व्यवस्था आदिद्वारा व्यवहार वा आचरणका बारेमा निश्चित गरिएको सिद्धान्त, रुल, काइदा।
48859 नियम ना. २. ऐनकानुनअन्तर्गत कार्यसञ्चालनको विधि; सवाल।
48860 नियम ना. ३. परम्परागत रीति वा व्यवस्था।
48861 नियम ना. ४. कुनै संस्था वा कार्यालय सञ्चालनका लागि तयार गरिएको लिखित कार्यप्रणाली।
48862 नियम ना. ५. पविता, सन्तोष, तपस्या, स्वाध्याय र ईश्वर चिन्तन गरिने, योगका आठ अङ्गमध्ये एक अङ्ग।
48863 नियम ना. ६. अनुशासन।
48864 नियमन ना. नियममा राख्ने वा रहने काम नियमको बन्धन।
48865 नियमन ना. २. वश गर्ने कार्य; अनुशासन; नियन्त्रण।
48866 नियमन ना. ३. दबाउने काम; दमन; निग्रह।
48867 नियमनिष्ठा ना. परम्परागत नीति - नियमप्रतिको आस्था; नियममा कट्टर रहने स्थिति।
48868 नियमनिष्ठा ना. २. नियमपालन।
48869 नियमपत्र ना. नियमहरूको सूची; नियमावली।
48870 नियमपर वि. नियमअनुसार हुने वा चल्ने; नियमको पालक।
48871 नियमपरक वि. नियमसित सम्बन्धि।
48872 नियमपालन ना. नियमको अनुसरण।
48873 नियमबद्ध वि. नियममा बाँधिएको; नीति-नियन्त्रि।
48874 नियमबद्ध वि. २. नियमअनुसार चल्ने वा हुने।
48875 नियमापत्ति ना. कुनै सभा वा बैठकमा स्वीकृत कार्य-प्रणाली वा नियमका विरुद्ध कारणवश उठाइएको आपत्ति; नियम चित्त नबुझेर सो बदल्न वा हटाउन गरिएको जोडदार माग।
48876 नियमावली नियमहरूको समूह / सङ्ग्रह (उदा. आर्थिक नियमालवली, प्रशासनिक नियमावली)।
48877 नियमित वि. नियममा बाँधिएको, नियमबद्ध।
48878 नियमित वि. २. नियम वा काइदा अनुसारको।
48879 नियमित वि. ३. कार्यालय वा शिक्षण संस्था आदिमा प्रायः सधैं र ठिक समयमा उपस्थित हुने।
48880 नियमित वि. ४. सबै कुरा ठिकठिक समयमा भइरहने।
48881 नियमित वि. ५. निश्चित; निर्धारि।
48882 नियमितता ना. नियमित हुने भाव वा क्रिया।
48883 नियमी वि. नियमको अनुसरण गर्ने, नियमअनुसार चल्ने।
48884 नियाँ ना. सत्यअसत्य छुट्ट्याएर गरिएको निर्णय; न्याय; निया।
48885 नियाँ ना. २. दोषीले दण्ड र निर्दोषीले सफाइ पाउने न्यायालयको निर्णय निसाफ, इन्साफ।
48886 नियाँ ना. ३. साक्षी र प्रमाण नभएका अभियुक्तले आफ्नो सफाइका निम्ति दिने धर्मशास्त्रअनुसारको दिव्य परीक्षा।
48887 नियाँनिसाप ना. निष्पक्ष न्याय; राम्रो इन्साफ; न्याय।
48888 नियाँस्रो ना. कुनै आफन्तसँग भेट गर्ने आतुरता; न्यास्रो।
48889 नियाँस्रो ना. २. सुनसान; एकलास।
48890 नियाँस्रो ना. ३. एकैनास भइरहने घटना वा कार्यप्रति हुने नरमाइलो भाव।
48891 नियाँस्रो ना. वि. ४. दिक्क लाग्ने वा लगाउने,उराठलाग्दो, नरमाइलो।
48892 निया ना. हे. नियाँ।
48893 नियात्रा ना. यात्रानिबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप।
48894 नियात्रा ना. २. यात्रावर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध।
48895 नियामक वि. सामाजिक आचरणका लागि नियम बनाउने; स्थिति बने।
48896 नियामक वि. २. प्रबन्ध मिलाउने; व्यवस्थापक।
48897 नियामक वि. ना. ३. माझी;बोटे; मल्लाह।
48898 नियामक वि. ४. सारथि।
48899 नियामक वि. ५. सर्वशक्तिमान् ईश्वर; विधाता।
48900 नियामक रेखा ना. भूगोलमा वर्णित अक्षांश र देशान्तरका रेखाहरू।