Dictionary

All Word

49001 निरवच्छिन्न वि. २. लगातार भइरहने; बराबर।
49002 निरवच्छिन्न वि. क्रि.वि. ३. लगातार।
49003 निरवधि वि. कुनै अवधि नभएको, टुङ्गोमा नपुगिने, सीमाहीन, अपार।
49004 निरवधि वि. २. म्याद नतोकिएको।
49005 निरवयव वि. अवयव नभएको; अङ्गरहि।
49006 निरवयव वि. २. निराकार।
49007 निरवलम्ब वि. कुनै सहारा नभएको; निराश्रय; असहाय।
49008 निरवशेष वि. केही बाँकी नरहेको; अवशेष नभएको।
49009 निरवशेष वि. २. समस्त; सम्पूर्ण; सबै।
49010 निरव्यय वि. नाश नहुने, अविनाशी।
49011 निरव्यय वि. २. अव्यय नहुने, विनाशी।
49012 निरस वि. हे. नीरस।
49013 निरस्त वि. फ्याँकिएको; फालिएको।
49014 निरस्त वि. २. त्याग गरिएको, त्यक्।
49015 निरस्त वि. ३. हटाइएको; निकालिएको।
49016 निरस्त वि. ४. नभएको; रहि।
49017 निरस्त वि. ५. नष्ट।
49018 निरस्त्र वि. अस्त्रहीन; हतियार नभएको।
49019 निरस्त्र वि. २. युद्धमा हतियार खोसिएको वा हतियारविहीन गराइएको।
49020 निरस्त्री वि. शस्त्रास्त्र नभएको वा नलिएको।
49021 निरस्त्रीकरण ना. अस्त्रहीन पार्ने काम; हतियार हटाउने काम।
49022 निरस्त्रीकरण ना. २. कुनै देशमा रहे भएका हतियार कम गर्ने अन्तर्राष्ट्रिय अभियान।
49023 निरस्त्रीकरण सन्धि ना. भयानक अस्त्रको निर्माणमा रोक लगाउने वा कमी ल्याउने उद्देश्यले प्रतिद्वन्द्वी राष्ट्रहरूका बिच हुने सन्धि।
49024 निरस्त्रीकृत वि. हतियारविहीन पारिएको।
49025 निरस्थि वि. हाड नभएको; हाडका टुक्राहरू हटाइएको।
49026 निरहङ्कार वि. अहङ्कार वा घमन्ड नभएको; अभिमानरहित; निरभिमान।
49027 निरहङ्कारी वि. अहङ्कार नभएको।
49028 निरहङ्कृत वि. अहङ्कारशून्य तुल्याइएको।
49029 निराकरण ना. हटाउने काम निकाल्ने काम।
49030 निराकरण ना. २. प्रतिवाद, खण्डन।
49031 निराकरण ना. ३. समाधान; हटाउने उपाय।
49032 निराकरण ना. ४. भए - देखिएका गल्ती वा कमीलाई पुनर्विचार गरी सच्याउने प्रक्रिया।
49033 निराकाङ्क्ष/निराकाङ्क्षी वि. आकाङ्क्षा नराख्ने; इच्छा नभएको।
49034 निराकाङ्क्ष/निराकाङ्क्षी वि. २. वैरागी; विरक्।
49035 निराकार वि. आकार नभएको; रूप नभएको।
49036 निराकार वि. ना. २. ब्रह्म; ईश्वर।
49037 निराकार वि. ३. आकाश।
49038 निराकुल वि. आकुल नभएको; विचलित नभएको;नआत्तिएको।
49039 निराकुल वि. २. धीर, शान्।
49040 निराकृत वि. हटाइएको; निराकरण गरिएको।
49041 निराकृत वि. २. उपेक्षित; हेला गरिएको।
49042 निराकृति ना. निराकरण।
49043 निराकृति ना. वि. २. आकृतिविहीन।
49044 निरातङ्क वि. त्रास नभएको, डर नभएको; निडर।
49045 निरातङ्क वि. २. निरोगी; स्वस्।
49046 निरातङ्क वि. ३. आतङ्कित नहुने; नआत्तिने।
49047 निरादर वि . आदर नभएको; सम्मान नभएको; आदररहि।
49048 निरादर वि . २. अपमानजनक।
49049 निरादर वि . ना. ३. अपमान; अनादर।
49050 निराधार वि. आधार नभएको; आश्रयहीन।