Dictionary

All Word

49101 निरीक्ष्यमाण वि. गरिंदै गरेको वा गर्दै रहेको।
49102 निरीश्वर वि. ईश्वर नमान्ने; नास्तिक; अनीश्वर।
49103 निरीश्वरवाद ना. ईश्वर नमान्ने सिद्धान्त; नास्तिकवाद।
49104 निरीश्वरवादी वि. ईश्वर नमान्ने मतको अनुयायी; अनीश्वरवादी।
49105 निरीह वि. कुनै वस्तुको चाहना नगर्ने; उदासीन।
49106 निरीह वि. २. चेतना-शक्तिको विकास नभएको; अदना।
49107 निरीह वि. ३. उद्योग नगर्ने।
49108 निरीहता ना. उदासीनता; वितृष्णा।
49109 निरीहा ना. चाहनाको अभाव; विरक्ति; निरीहता।
49110 निरीहा ना. २. चेतनाशक्तिको शून्यता।
49111 निरीहा ना. ३. चेष्टाहीनता; अकर्मण्यता।
49112 निरीहा ना. वि. ४. निरीह (नारी)।
49113 निरुक्त वि. तोकेर भनिएको; पक्कापक्की गरिएको।
49114 निरुक्त वि. ना. २. वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये एक अङ्ग।
49115 निरुक्त वि. ३. शब्दको व्युत्पत्ति र मूल रूपको व्याख्या गरिएको व्याकरणविशेष (जस्तै- यास्कको निरुक्त)।
49116 निरुक्ति ना. कुनै पद वा वाक्यको व्याकरण।
49117 निरुक्ति ना. २. शब्दको व्युत्पत्ति; निर्वचन।
49118 निरुत्तर वि. उत्तर दिन नसक्ने; नाजवाफ।
49119 निरुत्तर वि. २. जटिल प्रश्न वा तर्कको खण्डन गर्न नसक्ने।
49120 निरुत्तर वि. ३. अकाट्य।
49121 निरुत्तर वि. ४. चुप; मौन।
49122 निरुत्तरदायी वि. उत्तरदायित्व वहन नगर्ने; गैरजिम्मेवार।
49123 निरुत्तरित वि. निरुत्तर रहेको; उत्तर नदिइएको; उत्तर दिन बाँकी।
49124 निरुत्साह वि. उत्साह नभएको; केही गरौं भन्ने उमेद नभएको; हतोत्साह।
49125 निरुत्साह वि. ना. २. उत्साहको अभाव; निष्क्रियता।
49126 निरुत्सुक वि. कुनै पनि काममा लाग्ने जाँगर हराएको; केही गरौँ भन्ने भावना मरेको; उत्सुक नभएको; उत्सुकतारहि।
49127 निरुद्देश्य वि. कुनै परिणामको आशा नभएको; उद्देश्य नभएको; लक्ष्यहीन; उद्देश्यविहीन।
49128 निरुद्देश्य वि. २. कामना नभएको; निष्काम।
49129 निरुद्देश्य वि. ३. अव्यावहारिक, मतिभ्रान्।
49130 निरुद्ध वि. रोकिएको; अवरुद्ध।
49131 निरुद्ध वि. २. बाधा पुऱ्याइएको; प्रतिबन्धि।
49132 निरुद्यम वि. उद्योग वा इलम नभएको।
49133 निरुद्यम वि. ना. २. उद्यमको अभाव।
49134 निरुद्यमी वि. नयाँनयाँ कामधन्दामा सरिक नहुने; उद्योग नगर्ने; अनुद्योगी।
49135 निरुद्यमी वि. २. अल्छी।
49136 निरुद्योग वि. उद्योग नगर्ने; निरुद्यम।
49137 निरुद्योग वि. २. अल्छी।
49138 निरुद्योग वि. ना. ३. उद्योगको अभाव।
49139 निरुद्योगी वि. निरुद्योग।
49140 निरुपद्रव वि. बिघ्न नभएको; उपद्रवहीन; निर्विघ्न।
49141 निरुपपत्ति वि. दह्रो प्रमाण नभएको; उपपत्ति नभएको।
49142 निरुपपत्ति वि. २. अव्युत्पन्न; व्युत्पत्तिरहि।
49143 निरुपपत्ति वि. ३. सिद्ध गर्न नसकिने; अप्रमाणि।
49144 निरुपम वि. दाँज्न नसकिने; उपमा नभएको, अनुपम; बेजोड।
49145 निरुपमा ना. बौद्ध धर्मका अनुसार त्रयोदश भूमिमा बाह्रौं भूमि; बज्रयानको बाह्रौँ भूमि।
49146 निरुपमान वि. उपमान वा दाँजो नभएको।
49147 निरुपाय वि. युक्ति नभएको; उपाय नभएको।
49148 निरुपाय वि. २. उपाय नलाग्ने।
49149 निरूढ वि. तोकिएको; निर्धारि।
49150 निरूढ वि. २. प्रसिद्ध।