Dictionary

All Word

49401 निर्वाचक वि. छानबिन गरेर चाहिएको व्यक्ति वा वस्तु चुन्ने; निर्वाचन गर्ने।
49402 निर्वाचक वि. ना. २. चुन्ने व्यक्ति; निर्वाचन गर्ने वा गराउने अधिकारी।
49403 निर्वाचक मण्डल ना. राष्ट्रपति वा यस्तै महत्त्वपूर्ण पदमा आसी हुने व्यक्तिको चुनाउ गर्न आम जनताबाट चुनिएका व्यक्तिहरूको समूह।
49404 निर्वाचन ना. प्रायः प्रजातान्त्रिक मुलुकको विधायिकाका विभिन्न निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति वा व्यक्तिहरूलाई त्यसै मुलुकका आम बालिग जनताले मतदानद्वारा चुन्ने काम; कुनै काम वा पदका लागि मतदान गरेर चाहेअनुसारको व्यक्ति छान्ने काम;चुनाउ;चुनाव;चयन; छनोट।
49405 निर्वाचन ना. २. धेरैमा ठिक बेठिक छुट्ट्याएर गरिने छनोट; विवेचन।
49406 निर्वाचन अधिकारी ना. निर्वाचन आयोगबाट चुनाव गराउन तथा विशेष रेखदेख गर्न खटिएको व्यक्ति।
49407 निर्वाचन अपराध ना. निर्वाचन नियमावलीअनुसार चुनावका सम्बन्धमा निषेध गरिएका काम वा कुरा।
49408 निर्वाचन आयोग ना. संविधानअनुसार राष्ट्रिय विधायिकाको चुनाव सम्पन्न गराउने कार्यालय (इलेक्सन कमिसन)।
49409 निर्वाचन उम्मेदवार ना. निर्वाचन वा चुनाव लड्ने उम्मेदवार।
49410 निर्वाचन एजेन्ट ना. निर्वाचन वा चुनावका काममा उम्मेदवारले आफ्नो हितको हेरविचार गर्न खटाएर पठाउने आफ्नो प्रतिनिधि।
49411 निर्वाचन क्षेत्र ना. चुनाव गराइने ठाउँको सीमाक्षेत्र।
49412 निर्वाचन परिणाम ना. कुनै क्षेत्रको प्रतिनिधित्व गराउने गरी भएको चुनावको नतिजा; चुनावमा हारजितको निर्णय।
49413 निर्वाचित वि. मतद्वारा छानिएको; निर्वाचन भएको; चुनिएको।
49414 निर्वाण ना. आत्माले जन्ममरणको चक्रबाट छुटकारा पाउने कार्य; मोक्ष;मुक्ति।
49415 निर्वाण ना. २. निभ्ने काम।
49416 निर्वाण ना. वि. ३. मरेको; मृ।
49417 निर्वाण ना. ४. निभेको; बल्न छाडेको।
49418 निर्वाण ना. ५. मोक्ष प्राप्त भएको; मुक्।
49419 निर्वास ना. आफ्नो मुलुकबाट निकाल्ने काम; देशनिकाला।
49420 निर्वासन ना. देशनिकाला; कुनै मुलुक वा राष्ट्रबाट निकाल्ने काम; निर्वास।
49421 निर्वासित वि. निर्वासन गरिएको; देशबाट निकालिएको; मुलुकबाट धपाइएको।
49422 निर्वास्य वि. देशनिकाला गर्न लायक; निर्वासनयोग्य।
49423 निर्वाह ना. गाँस, बास र कपासको न्यूनतम आवश्यकताको जसोतसो पूर्ति हुँदै गएको अवस्था; तडकभडक नगरीकन सामान्य रूपले चलेको जीविका।
49424 निर्वाह ना. २. कामचलाउ स्थिति; गुजारा।
49425 निर्वाह ना. ३. पालनपोषण; आश्रय।
49426 निर्वाह भत्ता ना. सामान्य आजीविका चलाउन लगातार दिइने निर्धारित रकम।
49427 निर्विकल्प वि. अवान्तर भेद नभएको; विकल्प नहुने।
49428 निर्विकल्प वि. २. निश्चित; अपरिवर्तनीय।
49429 निर्विकल्पक ना. वेदान्त दर्शनअनुसार ज्ञाता र ज्ञेयको भेद नभई दुवै एक हुने स्थिति; तत्त्वज्ञान।
49430 निर्विकल्पक समाधि ना. वेदान्तका अनुसार ज्ञान, ज्ञाता, ज्ञेय आदि भेद नभई ज्ञानात्मक सच्चिदानन्द ब्रह्मबाहेक अरू केही प्रत्यक्ष हुने समाधिविशेष।
49431 निर्विकार वि. विकार नहुने; बाह्य प्रभाव परे पनि कुनै विकृति देखा नपर्ने।
49432 निर्विकार वि. २. रूपान्तरमा नजाने; नबदलिने; अपरिवर्ति।
49433 निर्विघ्न वि. बिचमा कुनै बाधा अड्को नपरेको; विघ्नरहित; निर्बाध।
49434 निर्विघ्न वि. क्रि.वि. २. कुनै किसिमको विघ्नबाधा नपरीकन; सजिलैसि।
49435 निर्विचार वि. विचार नभएको; सोचविचार गर्न नसक्ने।
49436 निर्विचार वि. ना. २. योगशास्त्रका अनुसार सूक्ष्म आलम्बनमा तन्मय हुँदा आलम्बनको नाम र सङ्केत आदिको समेत ज्ञान नभई आकारको मात्र ज्ञान हुने सबीज समाधि।
49437 निर्वितर्क वि. कुनै पनि तर्क गर्न नसकिने; विवाद गर्न नसकिने; निर्विवाद।
49438 निर्विद्य वि. विद्या नपढेको; अनपढ; अपठित; मूर्ख; स्वाँठ।
49439 निर्विरोध वि. विरोध नभएको; कहीं कुनै पक्षबाट पनि आपत्ति नउठाइएको।
49440 निर्विरोध वि. क्रि.वि. २. बिना कुनै विरोध; विरोध नभईकन।
49441 निर्विवाद वि. विवाद नभएको; कुनै प्रकारको झगडा नभएको।
49442 निर्विवाद वि. २. सबैद्वारा स्वीकृत; सर्वमान्य।
49443 निर्विवाद वि. क्रि.वि. ३. विवाद नभईकनै।
49444 निर्विवेक वि. विवेक नभएको; विचार पुऱ्याउन नसक्ने;विचारशून्य।
49445 निर्विवेकी वि. निर्विवेक।
49446 निर्विष वि . विष नभएको; विषरहि।
49447 निर्विषा ना. हे. निर्बिसी।
49448 निर्वीज वि. बिउ नभएको; बीजरहि।
49449 निर्वीज समाधि ना. योगका अनुसार समाधिको बीज र आलम्बन नभएको एक प्रकार।
49450 निर्वीजा ना. किसमिस; निर्बीजा।