Dictionary

All Word

49451 निर्वीरा ना. पति र पुत्र नभएकी स्त्री; लोग्ने र छोरा दुवै मरिसकेर बाँचेकी स्त्री; अवीरा।
49452 निर्वीर्य वि. पराक्रम देखाउन नसक्ने; वीर्य नभएको; शूरताहीन।
49453 निर्वीर्य वि. २. नपुंसक; हिजडा।
49454 निर्वृत्त वि. काम पूरा भएको; सिद्ध;सम्पन्न; समाप्।
49455 निर्वृत्त वि. २. सांसारिक विषय-वासनाबाट मुक्त भएको; विरक्।
49456 निर्वृत्ति ना. समाप्ति।
49457 निर्वृत्ति ना. २. निष्पत्ति।
49458 निर्वेतन वि. तलब नपाउने; विनातलब काम गर्ने; पारिश्रमिक नपाउने; अवैतनिक।
49459 निर्वेद ना. खेद; खिन्नता; दुखेसो।
49460 निर्वेद ना. २ पछुतो; पश्चात्ताप।
49461 निर्वेद ना. ३. वैराग्य; विरक्ति।
49462 निर्वैयक्तिक वि. व्यक्तिविशेषसँग असम्बन्धित; व्यक्तिगत नभएको।
49463 निर्वैयक्तिक वि. २. सामाजिक; व्यक्तितहबाट माथि उठेको।
49464 निर्वैयक्तिक वि. ३. व्यक्तिगत रुचिअरुचिका कुरा नभएको; भावनासँगभन्दा वस्तुको यथार्थतासँग सम्बद्ध।
49465 निर्वैयक्तिकता ना. निर्वैयक्तिक हुनाको भाव वा अवस्था।
49466 निर्वैयक्तिकीकरण ना. निर्वैयक्तिक बनाउने प्रक्रिया।
49467 निर्वैर वि. वैरभाव नभएको; शत्रुताहीन; दुस्मनी नगर्ने।
49468 निर्वैर वि. २. शत्रु वा वैरी नभएको।
49469 निर्व्याज वि. छलकपट नगर्ने; निष्कपट।
49470 निर्व्याज वि. २. स्वच्छ दिल भएको; उदार।
49471 निर्व्रजन ना. एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने काम; आप्रवास; पाही बदल्ने काम।
49472 निर्हस्त वि. हात नभएको।
49473 निर्हस्त वि. २. हातको कुनै भर नभएको।
49474 निर्हस्त वि. ३. काम गर्न नसक्ने; निहत्था।
49475 निर्हेतुता ना. काव्यमा कुनै विशेष कुरामा कारण नदेखाउँदा हुने अर्थदोष।
49476 नजरबन्द ना. निवारक कानुनअन्तर्गत गरिने नजरबन्द।
49477 निम ना. हे. निम।
49478 निलम्बन ना. कुनै ओहदामा रहेको पदाधिकारी वा कर्मचारीलाई अनियमितता वा भ्रष्टाचार गरेको सूचना दिई नियमानुसार छानबिन गर्न राखिने काम।
49479 निलम्बन ना. २. पद, अधिकार वा दायित्वको रोक्का।
49480 निलम्बित वि . निलम्बन गरिएको।
49481 निलय ना. वासस्थान, भवन, घर।
49482 निलय ना. २. चराले आफ्नो आश्रयका लागि र बच्चा पार्न समेत रुख वा घरभित्र बनाएको वासस्थान; गुँड।
49483 निलय ना. ३. प्रलय; नाश।
49484 निलसर ना. प्रायः चारकोसे झाडीमा वा गहन तराई भागमा पाइने सानो चराविशेष।
49485 निलाइ ना. निल्ने क्रिया-प्रक्रिया।
49486 निलाइनु क.क्रि. निल्न लगाइनु।
49487 निलाउनु प्रे. क्रि. निल्न लगाउनु।
49488 निलाहार ना. कुनै कुरा पनि नखाने कार्य।
49489 निलाहार ना. २. एकादशी आदि धार्मिक पर्वमा अन्न वा फलफूल केही नखाने व्रत; अनशन।
49490 निलिनु क.क्रि. निल्ने कार्य गरिनु।
49491 निलो तुथो ना. तामाको उपधातु; तामाको निलो क्षार वा लवण।
49492 निलो वि. आकाशजस्तो गाढा रङको ; नीर।
49493 निलो वि. २. गाढा आकासे रङको; निलो रङ भएको।
49494 निलोत्पल ना. नीलकमल।
49495 निलोत्पल विजयसार ना. निलो रङको काठ हुने एक जातको सदाबहार विजयसार।
49496 निल्नु स.क्रि. मुखमा हालेर घाँटीबाट तल छिराउनु; खानु।
49497 निवपन ना. छराइ; रोपाइ।
49498 निवपन ना. २ पितृपक्षमा छरिने अन्नका दाना; सद्बीउ।
49499 निवसन ना. लुगा; वस्त्र; वसन।
49500 निवह ना. समूह; समुदाय।