Dictionary

All Word

49651 निष्कर्म वि. निष्क्रिय; अल्छी; जाँगरमरुवा।
49652 निष्कर्मण्य वि. कर्म नगर्ने;अकर्मण्य; काममा नजोतिएको; अल्छी।
49653 निष्कर्मण्य वि. २. काम नलाग्ने; निकम्मा।
49654 निष्कर्मा वि. मन लाएर काम नगर्ने; एकचित्त भएर काम नगर्ने।
49655 निष्कर्मा वि. २. बेकामको रद्दी।
49656 निष्कर्ष ना. सारभूत अर्थ; निचोड;सार।
49657 निष्कर्ष ना. २. विवादास्पद विषयमा आपसी विचारविमर्शबाट निस्केको ठहर;विचार मन्थनबाट निस्केको सारवस्तु।
49658 निष्कर्ष ना. ३ परिणाम; नतिजा।
49659 निष्कर्ष ना. ४. निर्णय; निधो ; टुङ्गो।
49660 निष्कर्ष ना. ५. निश्चय; जाँचबुझ।
49661 निष्कल वि. कुनै अङ्ग वा भाग नष्ट भएको; टुटेफुटेको।
49662 निष्कल वि. २. कला नभएको;कलाहीन।
49663 निष्कल वि. ३. वीर्य नभएको; पराक्रमहीन।
49664 निष्कलङ्क वि. कलङ्क नभएको; दाग नभएको; निर्दोष।
49665 निष्कलङ्क वि. २. स्वच्छ; उदार हृदय भएको।
49666 निष्काम कर्म ना. फलको आशा नगरीकन गरिएको काम।
49667 निष्काम वि. कुनै प्रकारको इच्छा नभएको; आसक्ति नभएको।
49668 निष्काम वि. २. फलको इच्छा नराखी गरिएको (काम); कामनाहीन।
49669 निष्काम वि. ३. फलको आशा नराखी गरिने ( कार्य )।
49670 निष्कारण क्रि.वि. कुनै कारणविना; कारण नभईकनै।
49671 निष्कारण क्रि.वि. २. बिनसित्ति; अकारण।
49672 निष्कास ना. निकाल्ने काम; बाहिर पठाउने प्रक्रिया।
49673 निष्कास ना. २. कुनै घरजग्गाबाट बाहिर सडकसम्म ओहोरदोहोर गर्ने ठाउँ;निकास।
49674 निष्कास ना. ३. घर, महल आदिको बाहिर निस्केको भाग; कौसी, बरन्डा।
49675 निष्कासन ना. कुनै संस्था, कार्यालय आदिबाट केही अवधिका लागि वा सधैंका लागि निकाल्ने काम निकाला।
49676 निष्कासन ना. २. प्रवेश रद्द गर्ने काम; सम्बन्धित संस्था वा कार्यालयबाट लाञ्छनासहित हटाउने काम।
49677 निष्कासित वि. निकालिएको; बाहिर पठाइएको।
49678 निष्कासित वि. २. विद्यालय वा कुनै कार्यालयबाट निष्कासन गरिएको।
49679 निष्किञ्चन वि. केही पनि नभएको; दरिद्र; तन्नम; निर्धन।
49680 निष्कुल वि. वंशहीन; कुलहीन।
49681 निष्कुलीन वि. असल कुलमा नजन्मेको; कुलीन नभएको; खानदानको।
49682 निष्कुलीन वि. २. सभ्य नभएको; असभ्य।
49683 निष्क्रम वि. क्रमविहीन; क्रम नभएको।
49684 निष्क्रमण ना. निस्कने काम; बाहिर जाने प्रक्रिया।
49685 निष्क्रमण ना. २. हिन्दू धर्मअनुसार बालकलाई पहिलो पटक बाहिर निकाल्ने संस्कार; नवजात शिशुलाई सूर्यको दर्शन गराउने संस्कार।
49686 निष्क्रमण पत्र ना. पारपत्र।
49687 निष्क्रय ना. कुनै काम वा सेवाका लागि दिइने धन, भाडा, ज्याला।
49688 निष्क्रय ना. २. बदलामा दिइने द्रव्य।
49689 निष्क्रय ना. ३. मालको साटफेर; अदलीबदली; विनिमय।
49690 निष्क्रय ना. ४. कुनै वस्तु लिएर त्यसको वास्तविक मोलभन्दा धेरै कम मोल दिने काम; निग्रह।
49691 निष्क्रान्त वि. बाहिर गएको; निस्केको।
49692 निष्क्रान्त वि. २. निकालिएको।
49693 निष्क्रिय प्रतिरोध ना. खटाएको काम नगरी जनाइने विरोध; असहयोग आन्दोलन।
49694 निष्क्रिय वि. कुनै चेष्टा नभएको; निश्चेष्ट।
49695 निष्क्रिय वि. २. कुनै पनि काम नगर्ने; क्रियारहित; अकर्मण्य।
49696 निष्क्रिय वि. ३. निश्चल; स्थिर।
49697 निष्क्रियता ना. अकर्मण्यता।
49698 निष्क्लेश वि. क्लेश, चिन्ता वा फिक्री नभएको।
49699 निष्ठ वि. रहेको; काममा लागेको; कर्तव्यमा संलग्न।
49700 निष्ठ वि. २. कुनै काममा आस्था वा श्रद्धा राख्ने; निष्ठावान्।