Dictionary

All Word

49801 निस्तब्धता ना. सुनसान अवस्थाको भाव; सन्नाटा, चकमन्याइँ।
49802 निस्तरण ना. नदी आदिबाट पार लाग्ने काम; तर्ने काम।
49803 निस्तरण ना. २. काम फत्ते भएको स्थिति।
49804 निस्तरण ना. ३. छुटकारा; निस्तार।
49805 निस्तार ना. पार पाउने काम, तर्ने काम।
49806 निस्तार ना. २. छुटकारा,मुक्ति।
49807 निस्तार ना. ३. कुनै काम वा कुराबाट धर पाएको स्थिति।
49808 निस्तार ना. ४. उपाय, युक्ति।
49809 निस्तारक वि. कुनै कामबाट पार लगाइदिने।
49810 निस्तारक वि. २. छुटकारा दिलाउने, मुक्त गराउने।
49811 निस्तारण ना. पार लगाउने काम; तार्ने काम; उद्धार।
49812 निस्तारण ना. २. जित्ने काम; विजय।
49813 निस्तिनु अ.क्रि. नमुछिनु, निस्तो हुनु।
49814 निस्तिनु अ.क्रि. २. उत्कण्ठित हुनु; उत्सुक हुनु।
49815 निस्तिनु अ.क्रि. ३. न्यास्रो लाग्नु।
49816 निस्ती ना. काठ काट्दा आरावालले नापोका निम्ति प्रयोग गर्ने उपकरण।
49817 निस्ती ना. २. मिति; टुङ्गो।
49818 निस्ती ना. कुनै बेला सङ्कट पर्ने वा पार्ने काम।
49819 निस्ती ना. २. सङ्कट।
49820 निस्तुक ना. पक्कापक्की; निश्चय; टुङ्गो; निधो।
49821 निस्तुक ना. वि. २. मुद्रा ढाल्दा त्यसमा मिलाउन तोकिए अनुसारको धातु वा धातुको परिमाण।
49822 निस्तेज वि. तेज वा प्रकाश नभएको; अन्धकारयुक्।
49823 निस्तेज वि. २. शक्ति नभएको; निर्धो।
49824 निस्तो वि. सहायक खाद्यवस्तु नभएको, अचार, तरकारी, दाल आदि केही नभएको (खानेकुरो )।
49825 निस्तो वि. २. नमुछिएको;गुल्टो।
49826 निस्तो वि. ३. निरस; रसहीन; उराठलाग्दो।
49827 निस्त्याइ ना. निस्तिने क्रियाप्रक्रिया।
49828 निस्त्याइनु अ.क्रि. नरमाइलो अनुभव गर्ने होइनु।
49829 निस्त्याउनु अ.क्रि. नरमाइलो अनुभव गर्ने हुनु।
49830 निस्त्याहट ना. नरमाइलो अनुभवगराइ।
49831 निस्त्रैगुण्य वि. सत्त्वगुण, रजोगुण र तमोगुण नभएको;त्रैगुण्यरहि।
49832 निस्पट्ट वि. कतै कहीं केही पनि नदेखिने; ज्यादै गाढा; अन्धकार।
49833 निस्पट्ट वि. २. विवेक, बुद्धि र ज्ञानले सर्वथा रहित (व्यक्ति)।
49834 निस्पन्द वि. स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द।
49835 निस्पन्द वि. २. अचल; स्थिर।
49836 निस्पृह वि. स्पृहा वा आकाङ्क्षा नभएको, निराकाङ्क्षा; निस्पृह।
49837 निस्पृह वि. २. वैरागी; विरक्।
49838 निस्याइलो वि. सुनसान किसिमको; उराठलाग्दो; नरमाइलो।
49839 निस्लोट वि. खुबसँग जरो आएको; जरोको तापक्रम बढी भएर होसहवास गुमेजस्तो भएको; ज्वरग्रस्।
49840 निस्लोट वि. २. रोगले आक्रान्।
49841 निस्सङ्कोच वि. सङ्कोच नभएको, हिचकिचाहट नभएको; निसङ्कोच।
49842 निस्सङ्कोच वि. क्रि.वि. २. धक नमानीकन, नअनकनाईकन।
49843 निस्सङ्ग वि. कसैसँग पनि सम्बन्ध नराख्ने; सङ्गत गर्न नचाहने; निसङ्ग।
49844 निस्सङ्ग वि. २. सांसारिक विषयवासनादेखि अलग रहेको।
49845 निस्सङ्ग वि. ३. एक्लो।
49846 निस्सङ्ग वि. ४. निर्जन, एकान्।
49847 निस्सत्त्व वि. सत्त्व नभएको, भित्री गुण नभएको, सारहीन,निःसत्त्व।
49848 निस्सत्त्व वि. २. शक्तिहीन, कमजोर।
49849 निस्सत्त्व वि. ३. प्राण नभएको, निर्जीव।
49850 निस्सत्त्व वि. ४. नीच; तुच्छ।