Dictionary

All Word

49951 नीर ना. २. रस, झोल, द्रव पदार्।
49952 नीरज ना. कमल, सरोज।
49953 नीरज ना. २. मोती; हार।
49954 नीरज ना. ३. उशीर।
49955 नीरज ना. वि. ४. पानीबाट पैदा भएको।
49956 नीरव ना. बादल।
49957 नीरव वि. आवाज नभएको, कुनै प्रकारको शब्द नआउने, निशब्द।
49958 नीरव वि. २. आवाज नगर्ने; शब्द ननिकाल्ने।
49959 नीरस वि. रस नभएको; सुक्खा, रुखो।
49960 नीरस वि. २. स्वाद नभएको,बेस्वादिलो।
49961 नीरस वि. ३. भावनाको कमी; नरमाइलो; खल्लो।
49962 नीराजन / नीराजना ना. पूजाआजा सकेपछि समापनभन्दा पहिले गरिने देवदेवीको आरती पूजाको अन्तमा घिउमा भिजाएका पाँच-सात गुत्था बत्ती बालेर देवताको सम्मुख घुमाउने काम, आरती।
49963 नीराजन / नीराजना ना. २. विजययात्राका निम्ति हतियारमा साँध लाउने काम।
49964 नील ना. निलो रङ; गाढा आसमानी रङ; आकासे रङ।
49965 नील ना. २. निलो रङ बनाइने बोटविशेष; नीर।
49966 नील ना. ३. सय अरब जनाउने सङ्ख्या।
49967 नील ना. ४. कुबेरका नौ निधिमध्ये एक।
49968 नील ना. ५. शरीरको कुनै भागमा चोट लागी भित्रभित्रै रगत जम्नाले देखिने निलो दाग, चोट लागेको ठाउँ।
49969 नील ना. वि. ७. निलो, गाढा आकासे रङको।
49970 नीलकण्ठ वि. घाँटी निलो भएको।
49971 नीलकण्ठ वि. ना. २. शिव, महादेव।
49972 नीलकण्ठ वि. ३. कालिज।
49973 नीलकाँडा ना. ससाना पात हुने ठुलो केराउका जत्रा, सुन्तला रङका झुप्पादार दाना फल्ने, प्राय: निला रङका फूल फुल्ने हाते बारका रूपमा लगाइने काँडादार एक जातको बोट।
49974 नीलकान्त ना. हिमाली प्रदेशमा पाइने, टाउको, घाँटी र छाती कालो तथा पुच्छर निलो भएको एक जातको चरो।
49975 नीलकान्त ना. २. एक प्रकारको मणि; नीर।
49976 नीलक्रौञ्च ना. निलो वर्ण र घाँटी लामो हुने एक जातको कऱ्याङकुरुङ चरो।
49977 नीलगाई गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौं, घाँटीमा लामा रौंका गुच्छा हुने र बराँठको जस्तो रङ हुने एक जातको लामपुछ्रे मृग; घोडगधा; लिलीगाई।
49978 नीलचरी ना. सर्वाङ्ग जिउ र विष्ठा पनि निलो हुने चिभेजत्रो एक चरो।
49979 नीलडाम ना. पिटिएर दुर्घटनामा परेर वा ठक्कर लागेर चोटपटक लाग्दा रगत बाहिर निस्कन नसकी शरीरको भित्रभित्रै पर्ने निलो दाग; निलो डाम।
49980 नीलपत्र ना. नीलकमल।
49981 नीलपत्र ना. २. विजयसालको रुख।
49982 नीलपत्र ना. ३. व्यापार वा अन्य योजनासम्बन्धी आलेख।
49983 नीलपत्र ना. ४. खाका; पूर्वयोजना; नक्सा;रूपरेखा।
49984 नीलपद्म ना. नीलकमल।
49985 नीलपौर ना. लामा लामा मकैका जस्ता पात हुने एक जातको उखु; चुनीउखु।
49986 नीलबैजनी वि. निलो र बैजनी रङ मिसिएको (रङ)।
49987 नीलमणि ना. एक प्रकारको बहुमूल्य निलो मणि; नीर।
49988 नीलवल्ली ना. अरू ठुला रुखमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटीविशेष।
49989 नीलवल्ली ना. २. शरीरमा थप फुकुन्डो उठ्ने एक रोग।
49990 नीलवल्ली ना. ३. ऐँजेरु।
49991 नीलवाराही ना. काठमाडौं उपत्यकाको ठिमी सहरको उत्तर भेगमा रहेको एक वाराही, काठमाडौँ उपत्यकाका प्रसिद्ध चार वाराहीमध्ये एक।
49992 नीलवीज ना. निलो विजयसाल।
49993 नीलवृक्ष ना. एकथरी वृक्ष, प्रेमधप्के।
49994 नीलवृष ना. वैदिक धर्मका अनुसार पितृका उद्देश्यले यज्ञ गरेर छोडिने साँढे; वृषोत्सर्गको साँढे।
49995 नीलसर ना. पानीमा पनि राम्रोसँग पौडिन सक्ने र त्यसै उड्न पनि सक्ने, भाले भए कालो टाउकोमा निलो रङ हुने एक प्रकारको हाँस।
49996 नीला ना. पौराणिक मान्यताअनुसार कालीको एक शक्ति।
49997 नीला ना. २. निलो रङ बनाउने एक प्रकारको लहरो।
49998 नीलाञ्जन / नीलाञ्जना ना. निलोतुथो।
49999 नीलाञ्जन / नीलाञ्जना ना. २. आँखामा लगाउन बनाइएको एक प्रकारको शृङ्गारिक द्रव्य, सुर्मा।
50000 नीलाम्बर ना. निलो कपडा।