Dictionary

All Word

50001 नीलाम्बर ना. २. बलराम।
50002 नीलाम्बर ना. वि. ३. निलो कपडा पहिरने।
50003 नीलाम्बुज ना. नीलकमल।
50004 नीलाम्मे वि. सम्पूर्ण निलो भएको; निलैनिलो।
50005 नीलालु ना. कालीढकायो ( एक बुटी)।
50006 नीलिम वि. निलो-निलो वर्णको।
50007 नीलिमा ना. निलोपन, निलो भएको अवस्था।
50008 नीलिमा ना. २. निलो।
50009 नीलो तुथो ना. हे. निलोतुथो।
50010 नीलो वि. हे. निलो।
50011 नीलोपल ना. नीलमणि।
50012 नीवार ना. तिना धान; मुनिधान्य।
50013 नीवार ना. २. नाभोबाट उत्पन्न धान।
50014 नीवार ना. ३. वनजङ्गलमा खेती नै नगरी उब्जेको धान।
50015 नीवी ना. धोती वा फरियाको मुजो।
50016 नीवी ना. २. धोती वा फरियाको मुजो बाँध्ने डोरी; इँजार।
50017 नीवी ना. ३. गुठीका रूपमा राखिएको सम्पत्ति।
50018 नीहार ना. कुहिरो।
50019 नीहारिका ना. कुहिरो।
50020 नीहारिका ना. २. बादल।
50021 नीहारिका ना. ३. आकाशगङ्गा; घाङ बादल।
50022 नुकता ना. तलथोप्ली (उदा.- व, आदि वर्णको पुछारको थोप्लो)।
50023 नुगाइ ना. नुगाउने क्रिया-प्रक्रिया।
50024 नुगाइनु क.क्रि. झुकाइनु।
50025 नुगाउनु स.क्रि. झुकाउनु, नुहाउनु, निहुराउनु।
50026 नुगिनु अ.क्रि. झुकिन, झुक्ने होइन।
50027 नुत वि. नमस्कार गरिएको, ढोगिएको।
50028 नुत वि. २. प्रशंसा गरिएको; स्तुत्य।
50029 नुति ना. नमस्कार; प्रणाम।
50030 नुति ना. २. प्रशंसा, स्तुति।
50031 नुन ना. प्राय: दाल, तरकारी आदिलाई स्वादिष्ट बनाउन प्रयोग गरिने, समुद्री पानीबाट वा खानीबाट निस्कने एक प्रकारको क्षार पदार्थ, निमक; लवण।
50032 नुनचुक ना. नुन र चुकको सम्मिश्रण।
50033 नुनचुक ना. २. कुनै वेदना वा चोटमाथि थपिएको चोट।
50034 नुनढिकी ना. नुनको डल्लो।
50035 नुनढिकी ना. २. टुप्पातिर फराकिलो लाम्चा पात हुने पहेँला फूल फुल्ने र हरिया साना फल फल्ने, आयुर्वेदमा आँखाको रोग, खटिरा र कुष्ठरोग नाश गर्ने भनी बताइएको एक जातको भुईंझार।
50036 नुनतेल छुवाइ ना. विशेष गरेर मरणको आशौचमा दिन पुगेपछि शुद्धिका लागि नुनतेल छोएर तामाङहरूको चोखिने कर्म।
50037 नुनिया ना. चिसोको प्रभावले माटोबाट निस्कने एकथरी सेतो नुनिलो पदार्थ, सोडा।
50038 नुनिलो वि. नुन हालिएको; नुन भएको; नुनको स्वाद आएको।
50039 नुनु ना. निदाउने काम; सुत्ने काम; निनी; चिउँ।
50040 नुने वि. नुन हालिएको; नुन बढी भएको; चर्को।
50041 नुने वि. २. नुनसम्बन्धी; नुनको।
50042 नुने जाउलो ना. प्रायः केटाकेटी र बिरामीले खाने नुन, बेसार, अदुवा आदि हाली गिलो गरी पकाइएको जाउलो वा भा।
50043 नुने ब्याज ना. एक रुपियाँ साँवाको प्रतिमहिना एक माना नुन लिने, म्याद नाघेमा डबलिंदै जाने पुरानो रीतिअनुसारको ब्याज।
50044 नुप्से ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ७,८७९ मिटर अग्लो एक हिमाली पर्वतश्रेणी।
50045 नुवाकोट ना. नेपालको बाग्मती अञ्चलमा पर्ने एक जिल्ला।
50046 नुवाकोट ना. २. त्यस जिल्लाको सदरमुकाममा रहेको एक ऐतिहासिक किल्ला भएको ठाउँ।
50047 नुवाकोट ना. ३. गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा पर्ने एक पुरानो ऐतिहासिक किल्ला।
50048 नुवागी ना. हरेक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामल र दही, केरा आदि एकै ठाउँ मिलाई मुछेर देवता तथा पितृहरूलाई चढाई पछि आफूले खाइने दही - चामल, नवान्न- प्राशनको वस्तु; न्वागी।
50049 नुहाइ ना. नुहाउने कार्य; स्नान।
50050 नुहाइ ना. २. झुकाउने क्रियाप्रक्रिया।