Dictionary

All Word

50101 नेगियार / नेगियारे फेटा ना. नेगियारहरूलाई उत्सवमा दिइने फेटा।
50102 नेगीजोगी ना. उत्सव आदिमा नेग पाउने अधिकारी वा नेगीदेखि जोगीसम्मको समुदाय।
50103 नेगेटिभ वि. नकारात्मक; निषेधात्मक; ऋणात्मक; पोजिटिभको उल्टो।
50104 नेगेटिभ वि. ना. २. सक्कल तयार पार्नका लागि खिचिएको प्रतिकृति; प्रतिछवि।
50105 नेटो ना. आँखाले देख्न भ्याइनेसम्मको टाढाको ठाउँ; दूर क्षितिजमा आँखाले नजानिँदो किसिमले ठम्याइने स्थल।
50106 नेटो ना. २. डाँडाको सिरान; भन्ज्याङ।
50107 नेता ना. कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति; कुनै समाजमा नेतृत्व दिन सक्ने व्यक्ति; अगुवा; नाइके।
50108 नेता ना. २. नाटक, महाकाव्य आदिको प्रमुख पात्र।
50109 नेता ना. ३. लैजाने व्यक्ति; बाटो बताइदिने व्यक्ति।
50110 नेता ना. ४. नायक; मालिक।
50111 नेता ना. वि. ५. कुनै दल वा जनसमुदायलाई असल बाटो देखाउने, नेतृत्व गर्ने।
50112 नेतागण ना. नेताहरूको समुदाय।
50113 नेतागिरी ना. जानीनजानी नेताको धाक जमाउने काम; आफ्नो सामर्थ्यविना पनि बडप्पन देखाउने प्रक्रिया।
50114 नेति बिरालो ना. नाइटोनजिकै कस्तूरी मृगको जस्तो सुगन्धी बिना हुने एक प्रकारको बिरालो।
50115 नेती ना. दही मथेर नौनी वा घिउ निकाल्दा मधानी घुमाउने डोरी; दही, दुध आदि मथ्दा चाहिने रस्सी।
50116 नेती धोती / धौती ना. कपडाको लामो धजोको केही भाग मुखबाट निल्दै पेटमा पुऱ्याई पेट सफा गर्ने हठयोगको एक क्रिया।
50117 नेतृत्व ना. कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्न गरिने मार्ग - प्रदर्शन।
50118 नेतृत्व ना. २. नेताको काम वा पद, अगुवाले गर्ने कार्य।
50119 नेतृत्व ना. ३. कुनै नयाँ कुराको खोजमा वा नौलो सिद्धान्तको प्रतिपादनमा सबैभन्दा पहिले सफल हुने कार्य।
50120 नेत्र ना. आँखा, चक्षु, नयन।
50121 नेत्र ना. २. नेती।
50122 नेत्र ना. ३. बाँस, उखु आदिको आँख्लो।
50123 नेत्रकनीनिका ना. आँखाको नानी।
50124 नेत्रकोष ना. आँखाको कोस।
50125 नेत्रच्छद ना. आँखाको ढकनी, पलक।
50126 नेत्रजल ना. आँसु।
50127 नेत्रदान ना. अन्धोलाई आँखा वा दृष्टि दिने कार्य।
50128 नेत्रमल ना. कचेरा।
50129 नेत्ररोम ना. परेला।
50130 नेत्राम्बु ना. आँसु।
50131 नेत्र शिविर ना. नेत्रदान दिने शिविर।
50132 नेत्री ना. स्त्री नेता; महिला नेता।
50133 नेपच्युन ना. सूर्यदेखि सबै ग्रहभन्दा टाढा रहने सौरमण्डलको एक ग्रह।
50134 नेपथ्य ना. नाट्यशालामा अभिनय गर्ने पात्रहरूले पोसाक बदल्ने र र सिँगारपटार गर्ने, पर्दापछाडिको छुट्टै ठाउँ, रङ्गमञ्चभित्रको कोठा; नाचघरको पर्दाभित्रको भाग।
50135 नेपथ्य ना. २. वेशभूषा, सिंगारपटार।
50136 नेपथ्योक्ति ना. नाटकमा दर्शक र रङ्गमञ्चका पात्रहरूले सुन्ने गरी पर्दाभित्रबाट भनिएको कुरा।
50137 नेपथ्योक्ति सङ्गीत ना. चलचित्र वा नाटकमा गायक नदेखिने तर बाहिर सुन्न सकिने सङ्गी।
50138 नेपर्नु स.क्रि. पुरुषेन्द्रियको टुप्पाको छाला फर्काउनु, लिङ्गको अगिल्लो भागको छाला खुल्क्याउनु।
50139 नेपर्नु स.क्रि. २. मुस्लिम धर्मअनुसार बालकको लिङ्गको टुप्पाको छालाको भाग काटी फ्याँक्नु ; खदना गर्नु।
50140 नेपरसिङ ना. रिसाउने, उल्का गर्ने भनी मानिएका, काठमाडौँका एक देउता।
50141 नेपरसिङ ना. २. पुरुषेन्द्रिय, लिङ्ग।
50142 नेपरसिङ ना. वि. ३. निखुल्किएको; नेप्रिएको।
50143 नेपराइ ना. नेपर्ने वा नेप्रिने क्रियाप्रक्रिया।
50144 नेपराइनु क.क्रि. नेपरिने पार्नु।
50145 नेपराउनु स.क्रि. / प्रे. क्रि. नेपर्नु वा नेपर्न लगाउनु।
50146 नेपरिनु अ.क्रि. बैंस, धन र घमन्डले फुल्नु, मात्तिनु, निफुल्किनु।
50147 नेपऱ्याइ ना. नेपरिने क्रिया वा किसिम।
50148 नेपाल ना. विश्व मानचित्रमा एसिया महादेशको एक भागमा रहेको, सर्वोच्च हिमशिखर सगरमाथा भएको, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत, पूर्वमा मेची र पश्चिममा महाकालीसम्म फैलिएको एक सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र।
50149 नेपाल ना. २. पर्वते जातिको एक थर (थर अर्थमा )।
50150 नेपाल ना. स्त्री. नेपाल्नी।