Dictionary

All Word

49751 निष्फलता ना. निष्फल हुने क्रिया वा भाव; असफलता।
49752 निसङ्ग वि. हे. निस्सङ्ग।
49753 निसान छाप ना. कुनै वस्तुको पहिचानका लागि चिनोका रूपमा लगाइने छाप; परिचायक चिह्न।
49754 निसान छाप ना. २. कार्यालयको आफ्नो परिचयात्मक छाप।
49755 निसान ना. कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनु; चिह्न;निशान।
49756 निसान ना. २. पल्टनियाँ झन्डा बोक्ने व्यक्ति।
49757 निसान ना. ३. त्यस्तो झन्डा बोक्ने दर्जा।
49758 निसान यात्रा ना. लिम्बूवानमा दसैंको नवमीका दिन मनाइने एक उत्सव वा समारोह।
49759 निसाना ना. शस्त्रअस्त्र आदिले ताकेर हानिने चिनु; तारो; लक्ष्य।
49760 निसाना ना. २. चिनु; चिह्न।
49761 निसानी ना. कुनै कुरालाई जनाउने वा कुनै वस्तुबारे थाहा पाउन सकिने; चिनु; निसान; लक्षण।
49762 निसानी ना. २. रूप, आकारप्रकार।
49763 निसानी ना. ३. सीमा,हद।
49764 निसाफ ना. कुनै मुद्दामामिलामा न्यायालयबाट दिइने न्याय; अदालती निर्णय; इन्साफ।
49765 निसाफ ना. २. निष्पक्ष न्याय; असत्यको हार र सत्यको विजय गराउने निर्णय।
49766 निसाफी वि. निसाफ गर्ने; न्यायी।
49767 निसासिनु अ.क्रि. सास फेर्ने प्रक्रियामा बाधा पर्नु, सास रोकिनु।
49768 निसासिनु अ.क्रि. २. छटपटाउनु, अतालिनु, आत्तिनु।
49769 निसासिलो वि. निसासिने स्वभावको; निसासिएलाजस्तो।
49770 निसासिलो वि. २. निसासिने खालको;निसासिने।
49771 निसासी ना. सास रोकिने क्रिया वा स्थिति।
49772 निसासी ना. २. अतालिने भाव; आत्तिएको अवस्था; अत्याहट।
49773 निसासी ना. ३. हडबड; चटारो।
49774 निसास्याइ ना. निसासिने स्थिति; क्रिया वा प्रक्रिया।
49775 निसास्याइनु क.क्रि. निसासिने तुल्याइनु।
49776 निसास्याउनु प्रे. क्रि. निसासिने पार्नु वा पार्न लगाउनु।
49777 निसिप ना. कर्म; भाग्य; नसिप; नसिब।
49778 निसृत वि. बाहिर आएको; निस्केको; निष्पन्न।
49779 निसृष्ट वि. त्याग गरिएको; छाडिएको।
49780 निसृष्ट वि. २. दिइएको;प्रदत्।
49781 निसृष्ट वि. ३. वास्ता नगरिएको; अवहेलि।
49782 निसृष्टार्थ ना. दुवैतिरको आशय बुझी आफैँ कुरा मिलाई काम पट्याउने दूत; संस्कृत भाषाका नाटक आदिमा नायकको दूतको एक प्रकार।
49783 निसोथ ना. डाँठ र जरो औषधीका काममा प्रयोग गरिने एक जातको बुटी।
49784 निस् उप. अभाव, निषेध आदिको अर्थ भएका खास-खास शब्द बनाउनका लागि प्रयोगमा आउने उपसर्ग (जस्तै- निस्तार, निस्सहाय इ.)।
49785 निस्कनु अ.क्रि. बाहिरतिर जानु; निक्लनु।
49786 निस्कनु अ.क्रि. उत्पन्न हुनु; उम्रनु।
49787 निस्कनु अ.क्रि. २. देखा पर्नु; प्रकट हुनु; प्रकाशित हुनु।
49788 निस्काइ ना. निस्कने क्रिया वा प्रक्रिया।
49789 निस्किनु अ.क्रि. निस्कनु, निक्लिनु।
49790 निस्केवल ना. केही पनि बाँकी नरहेको अवस्था।
49791 निस्केवल ना. वि. २. निमिट्यान्न।
49792 निस्केवल ना. ३. दोषहीन; शुद्ध।
49793 निस्तत्त्व वि. तत्त्व नभएको; तत्त्वहीन ; सार नभएको।
49794 निस्तत्त्व वि. २. काम नलाग्ने; छोक्रा मात्र बाँकी रहेको।
49795 निस्तनी वि. स्तन नभएकी (स्त्री); स्तन नदेखिने (स्त्री); स्त्रीत्वहीन (नारी)।
49796 निस्तन्द्र वि. तन्द्रा वा आलस्य नभएको; जाँगरिलो; कर्मठ।
49797 निस्तन्द्र वि. २. बिउँझेको; जागरूक।
49798 निस्तब्ध वि. सुनसान; चकमन्न।
49799 निस्तब्ध वि. २ हलचल केही गर्न नसक्ने स्थिर।
49800 निस्तब्ध वि. ३. जड पदार्थ जस्तै निश्चेष्ट।