Dictionary

All Word

50451 पकाइ ना. पाक्ने क्रिया वा प्रक्रिया।
50452 पकाइ ना. [ पकाउ + आइ] २ पकाउने क्रिया-प्रक्रिया।
50453 पकाइनु क.क्रि. पाक्ने पारिनु, परिपक्व पारिनु।
50454 पकाउनु स.क्रि. / प्रे. क्रि. अन्न आदिलाई पानीका साथमा भाँडामा राखेर आगाका आँचमा गलाउनु, खान लायक बनाउनु, परिपक्व पार्नु।
50455 पकाउनु स.क्रि. / प्रे. क्रि. २. आलु, तरुल आदिलाई आगाका कोइला वा भुतभुतेमा घुसारेर गलाउनु।
50456 पकाउनु स.क्रि. / प्रे. क्रि. ३. फलफूल आदिलाई खान योग्य तुल्याउनु पाक्ने पार्नु।
50457 पकाउनु स.क्रि. / प्रे. क्रि. ४. खटिरा, फोका आदिलाई उपचारद्वारा पिप भरिने पार्नु।
50458 पकाउनु स.क्रि. / प्रे. क्रि. ५. नोकरी वा कुनै किसिमको कामद्वारा पारिश्रमिक वा आर्जन गर्नु।
50459 पकाउनु स.क्रि. / प्रे. क्रि. ज्याला ६. आलाकाँचा व्यक्तिलाई शिक्षा, उपदेश आदिद्वारा प्रबुद्ध वा पाको गराउनु।
50460 पकापक क्रि.वि. एकपछि अर्को पक्कु वा गाँस हालेर, कपाकप, खपाखप।
50461 पकापक क्रि.वि. २. केही कुरो गर्दा एकछिन पनि नरोकिईकन, धमाधम।
50462 पकापक क्रि.वि. ३. लगातार एकपछि अर्को ढल्ने वा मर्ने गरी।
50463 पकापक क्रि.वि. ४. लगातार पाप्रो, बोक्रो आदि उप्कने किसिमले।
50464 पकापकी क्रि.वि. पकापक।
50465 पकार ना. प' अक्षर, पवर्गको पहिलो वर्ण, पाटी प।
50466 पकुवा वि. पाकेको, पकाएको (मासु आदि खाद्य पदार्थ )।
50467 पकुवा वि. २. पाक्ने किसिमको ( लुतो, मासु आदि )।
50468 पकुवा वि. ना. ३. विशेष प्रकारले पकाएको मासु आदिको प्रकार, पक्कु, कवाफ।
50469 पकुवान ना. पक्वान्न, पकवान।
50470 पउल वि. चाहिएभन्दा धेरै प्रशस्त पर्याप्त मनग्गे पकौडी - ना. [ पाक् + औडी] बेसन ( चना, मास, फापर आदिको पिठो) पौल।
50471 पउल वि. ना. २. प्रशस्तता, पर्याप्तता, छेलोखेलो, पौलो।
50472 पकड ना. पक्डने क्रिया वा प्रक्रिया; पक्राउ, समाताइ।
50473 पकड ना. २. हठ, जिद्दी।
50474 पकड ना. 3. सङ्गीतमा रागको स्वरूप प्रदर्शित गर्ने केही मुख्य स्वरको समुदाय, स्वरलहरी।
50475 पकडा ना. पक्रा; पक्राइ।
50476 पकडाइ ना. पक्डने काम वा ढाँचा, पकड।
50477 पकडाइनु क.क्रि. पक्राइनु।
50478 पकडाउ ना. कुनै वस्तु हातले अँठ्‌याउने काम पक्डने काम समात्ने क्रिया।
50479 पकडाउ ना. २. कुनै अपराधीलाई पुलिस वा सुरक्षकले गिरफ्तार गर्ने काम पक्राउ, गिरफ्तारी।
50480 पकडाउनु प्रे. क्रि. पक्राउनु।
50481 पकपक क्रि.वि. भोक, प्यास, कष्ट हुँदा मुख बाउने किसिमले प्याकप्याक।
50482 पकपक क्रि.वि. २. कुनै काम धमाधमसँग गर्ने गरी खुरुखुरु।
50483 पकपक क्रि.वि. ३. लगातार उखेलिने, मर्ने वा ढल्ने गरी ४. पाप्रो, बोक्रो आदि खुरुखुरु उप्कने गरी ना. ५. पकपक हुने पानीमा मुछेर साग, आलु, प्याज आदि लटपट्याएर घिउ वा तेलमा फुराएर पकाएको वस्तु फुरौलाको एक प्रकार।
50484 पक्क क्रि.वि. हेर्दा आश्चर्यचकित भएर वा अज्ञानतावश टोलाएर, जिल्ल।
50485 पक्क क्रि.वि. २. पाप्रो, बोक्रो, भुईंमा दबिएको ढुड्गो आदि सजिलैसित उक्कने किसिमले, पक्लक्क।
50486 पक्क क्रि.वि. ३. मुख बाउने गरी।
50487 पक्क क्रि.वि. ४. बोल्दा सोचविचारै नगरीकन।
50488 पक्क क्रि.वि. ५. एकाएक मर्ने वा ढल्ने गरी।
50489 पक्क क्रि.वि. ६. डल्ला आदिले बिस्तारै हिर्काउने किसिमले प्वाक्क।
50490 पक्क क्रि.वि. ७. खाद्य पदार्थ हलुका तवरले मुखमा हालेर क्वाप्प, ख्वाप्प।
50491 पक्कण ना. जङ्गली वा चाण्डाल जातिको घर वा गाउँ; पख्यान।
50492 पक्का ना. कुनै काम वा विषयप्रति गरिएको वा भएको सङ्कल्प निधो अठोट, निश्चय।
50493 पक्का ना. वि. २. पाकेको; पाको।
50494 पक्का ना. ३. होसियार, सिपालु।
50495 पक्का ना. ४. बलियो, मजबुत ( घर इत्यादि)।
50496 पक्की ना. कुनै काम वा विषयबारे गरिएको वा भएको खसोखास निधो, पूरै आधारयुक्त निर्णय।
50497 पक्की वि. पाको, अनुभवी।
50498 पक्की वि. २. स्थायित्व प्राप्त गरेको स्थायी निय।
50499 पक्की वि. ३ रङ नखुइलिने, रङ नजाने।
50500 पक्की वि. ४. बलियो, मजबु।