Dictionary

All Word

50551 पक्व वि. ५. पूर्ण रूपले विकसित, पुष्ट।
50552 पक्व वि. ६. फुलेको वा रौँ कालोबाट सेतो भएको, ना. ७. पकाइएको खानेकुरो, पक्वान्न।
50553 पक्वता ना. पक्क हुनाको भाव वा अवस्था, पाको अवस्था, पाकोपन।
50554 पक्वान्न ना. पकाइएको अन्न, पकाइएको खानेकुरो।
50555 पक्वान्न ना. २. आगामा पकाइएको खानेकुरो ( भात, रोटी आदि)।
50556 पक्वाशय ना. खाएको कुरो पेटमा गएर पाक्ने थैलो, पाकस्थली, पाकाशय, आँ।
50557 पक्ष ना. . उड्ने जीवजन्तुहरूको शरीरका दुवैपट्टि रहेका, उड्न मद्दत गर्ने प्रायः भुत्लावाल अङ्ग पखेटा।
50558 पक्ष ना. २. ढोकाका फग्लेंटा वा खापा द्वार।
50559 पक्ष ना. ३. कुनै वस्तुका दायाँ-बायाँ रहने अवयव, पार्श्व।
50560 पक्ष ना. ४. कुनै वस्तुको आधा भाग।
50561 पक्ष ना. ५. प्रतिपदादेखि औँसी वा पूर्णिमासम्मका पन्ध्र दिन, चान्द्रमासको आधा महिना।
50562 पक्ष ना. ६. कुनै विषयका अनेक तत्त्व वा दल।
50563 पक्ष ना. ७. झगडा वा विवाद गर्नेहरूमध्ये कुनै एक व्यक्ति वा दल।
50564 पक्ष ना. ८. सहायक वा समान वर्गको जमा।
50565 पक्ष ना. . बाणका फेदमा लागेको प्वाँख।
50566 पक्ष ना. १०. नदीको किनारा; तट।
50567 पक्ष ना. ११. जमिनको भिरालो भाग, पाखो।
50568 पक्ष ना. १२. छानाका दुई भिराला पाटा ना. यो. १३ तिर तर्फ, पट्टि।
50569 पक्षग्रहण ना. कुनै विषयका अनेक पक्षमध्ये एक पक्षतिर लाग्ने काम, पक्षपा।
50570 पक्षग्रहण ना. २. एकै महिनाका शुक्ल र कृष्ण दुवै पक्षमा लागेको ग्रहण।
50571 पक्षद्वार ना. मूलढोकादेखि बाहेकको अर्को ढोका, जस्केलो; पार्श्वद्वार।
50572 पक्षधर ना. विभिन्न पक्षमध्ये एक पक्षतिर लाग्ने व्यक्ति, पक्षपाती।
50573 पक्षपात ना. औचित्य वा न्यायको विवेक नगरी कुनै एक पक्षमा मात्र लाग्ने प्रवृत्ति; एक पक्षको समर्थन, तरफदारी, पनपच्छे।
50574 पक्षपालिता ना. पक्षपातको प्रवृत्ति वा अवस्था, तरफदारी, पक्षग्रहण।
50575 पक्षपाती वि. पनपच्छेमा लाग्ने, पक्षपात गर्ने; तरफदारी।
50576 पक्षपोषण वि. कुनै पक्षको समर्थन; तरफदारी।
50577 पक्षपोषण वि. ना. २. विवादमा आफ्ना पक्षका कुराको पुष्टि गर्ने काम।
50578 पक्षवात ना. शरीरको दायाँ वा बायाँ आधा अङ्ग नचल्ने वा निश्चेष्ट हुने एक रोग; लकुवा, पक्षाघा।
50579 पक्षाघात ना. शरीरको दायाँ वा बायाँ अड्ग चेतनहीन हुने एक किसिमको वातरोग, वायुविकार वा रक्तचापको कारणबाट शरीरको दायाँ वा बायाँ भाग निश्चेष्ट हुने क्रिया, पक्षवा।
50580 पक्षान्तर ना. अर्को पक्ष दोस्रो पक्ष भिन्न पक्ष, अलग पक्ष।
50581 पक्षान्तर ना. २. पक्षमा आएको वा आउने परिवर्तन।
50582 पक्षाभास ना. हेत्वाभासयुक्त तर्क, सिद्धान्तको आभास हुने क्रिया।
50583 पक्षिणी ना. दुई दिनका बिचको रा।
50584 पक्षिणी ना. २. पूर्णिमा।
50585 पक्षिणी ना. ३. पोथी चरो, चरी।
50586 पक्षी ना. आकाशमा उड्ने, पखेटा भएको प्राणी, चरो, पङ्खी।
50587 पक्षी ना. २. पक्ष लिने व्यक्ति, तरफदार।
50588 पक्षी ना. वि. ३. पक्षसम्बन्धी, पक्षको।
50589 पक्षी ना. ४. पखेटा हुने।
50590 पक्षीराज ना. विष्णुको वाहन मानिएको एक पक्षी, गरुड।
50591 पक्षीविज्ञान ना. पक्षीका हरेक पक्ष वा विषयको विवेचना वा विश्लेषण गरिएको शास्त्र, पक्षीशास्त्र।
50592 पक्षीशाला ना. चिडियाखाना।
50593 पक्षीशास्त्र ना. पक्षीविज्ञान।
50594 पक्षीसिंह ना. चिलको टाउको र सिंहको शरीर भएको कल्पित पशु।
50595 पक्षीय वि. पक्षसम्बन्धी ; पक्षको।
50596 पक्षीय वि. ना. २. कुनै शब्दका पछाडि रहेर कुनै पक्षतर्फ लागेको भन्ने बुझाउने शब्द ( उग्रपक्षीय, मध्यमपक्षीय इ.)।
50597 पक्ष्म ना. आँखाका परेला।
50598 पक्ष्म ना. २. फूलको केसर।
50599 पक्ष्म ना. ३. पखेटा।
50600 पक्ष्म ना. ४. प्वाँख।