Dictionary

All Word

50601 पक्ष्म ना. ५. भुत्ला।
50602 पक्ष्मयूका ना. चमजम्रो।
50603 पक्ष्मल वि. लामा र राम्रा परेला भएको, झमझमपरेले।
50604 पक्ष्य वि. कुनै एक पक्षमा लागेको; तरफदार, पक्षी।
50605 पक्ष्य वि. २. कुनै एक पक्षको।
50606 पख् वि.बो. कसैलाई तर्साएर वा दागा धरेर भनिने शब्द, पखेस्।
50607 पख् वि.बो. (उदा.- पख तँलाई नचुटी कहाँ छाड्छु !)।
50608 पख्नु अ. क्र. पर्खनु कुर्नु।
50609 पख क्रि.वि. पक्षमा याममा, ताक ना. २. दिनभित्रको कुनै समय बुझाउने र शब्दका पछाडि गाँसिएर त्यसका आसपासमा भन्ने बुझाउने शब्द (बिहानीपख, साँझपख आदि)।
50610 पख क्रि.वि. ३. समय, बेला।
50611 पख क्रि.वि. ४. पक्ष।
50612 पखबाज/पखाबाज ना. सानो मृदङ्गजस्तो बाजा; पखाबाज।
50613 पखबाजी ना. पखबाज बजाउने कलाकार।
50614 पखाल्नु स.क्रि. फोहोर मैला आदिलाई पानीले सफा गर्नु धुनु वा खकाल्नु।
50615 पखाल्नु स.क्रि. २. कसैका कुरा काट्नु, बदनाम गर्नु।
50616 पखाल्नु स.क्रि. ३. अवशेष मेटाउनु, बिउसमेत नरहने गरी सखाप पार्नु।
50617 पखालपुखुल ना. पखाल्ने र खकाल्ने काम, धुने वा सफा गर्ने काम।
50618 पखालपुखुल ना. २. दहीमा पानी हालेर बनाइएको महीजस्तो पातलो वस्तु पखाले, दहीमहीको अवशेष।
50619 पखाला ना. ज्यादै पातलो दिसा।
50620 पखाला ना. २. त्यस्तो दिसा लाग्ने रोग डायरिया।
50621 पखालाइ ना. पखाल्ने क्रिया वा प्रक्रिया; प्रक्षालन।
50622 पखालिनु क.क्रि. पखाल्ने काम गरिनु, खकालिनु।
50623 पखाले ना. दहीमा पानी हालेर पातलो पारिएको पेय, विनामसलाको राइता।
50624 पखिनी ना. असभ्य (स्त्री); पखेनी।
50625 पखिनी ना. २. पाखापर्वतमा रहने स्त्री, पाखेकी स्वास्नी।
50626 पखुवा वि. पाखासँग सम्बन्धित पाखामा पाइने वा रहेको ना. २. भोजपुर जिल्लाअन्तर्गत तीनतले भन्ने ठाउँको जकमा रहेको एक तीर्थस्थल।
50627 पखेटा ना. चराचुरुङ्गीका शरीरको दायाँ र बायाँ रहने, उड्दा फिंजिने र साधारण अवस्थामा जिउमै लेप्सिने, विशेष प्रकारको अङ्ग, पक्षीको उड्ने काममा सहायक अङ्ग।
50628 पखेटा ना. २. पार्श्व।
50629 पखेटा ना. ३. दुईपाखे छानु भएको घरका छानाको कुनै एक पाखो।
50630 पखेटा ना. ४. पहाडका दुईतिरका पाखामध्ये कुनै एक पाखो।
50631 पखेटा लाग्नु टु. हराउनु।
50632 पखेटा लाग्नु टु. २. उड्न सक्ने हुनु, सक्षम हुनु।
50633 पखेटो ना. चराका दुई पखेटामध्येको एक।
50634 पखेटो ना. २. भिरालो परेको जमिन पखेरो।
50635 पखेनी वि. हे. पाखिनी।
50636 पखेरा ना. पखेरो।
50637 पखेरा पखेरी ना. सानाठुला पाखाहरूको समूह।
50638 पखेरी ना. भिरालो परेको सानो खालको पखेरो।
50639 पखेरी ना. २. पखेरो (गीत, लोकगीत, कविता आदिमा प्रयुक्त)।
50640 पखेरु ना. चरो, पक्षी।
50641 पखेरु ना. २. आत्मा।
50642 पखेरु ना. ३. प्राण; हंस।
50643 पखेरो ना. भिरालो परेको पहाडी जमिन, पाखो।
50644 पखेस् वि.बो. कसैलाई दागा धरेर भनिने शब्द, लाखेस्।
50645 पखेस् वि.बो. (उदा.- पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ )।
50646 पख्यान ना. पाखेहरूको बस्ती, पाखे गाउँ।
50647 पख्यान ना. २. पाखो, पखेरो।
50648 पखनु अ.क्रि. थकाइ, सुस्ती आदि हटेर शरीर चङ्गा हुँदै जानु, फुर्ती वा जाँगर पलाउनु।
50649 पखाइ ना. पखने भाव, क्रिया वा प्रक्रिया।
50650 पखाहट ना. पखने क्रिया वा अवस्था, पखाइ।